एजेन्सी । रियाल म्याड्रिडका स्टार खेलाडी मार्सेलोले ला लिगा खेल्न अब धेरै पर्खिन नसक्ने बताएका छन् ।
कोरोना भाइरस महामारीपछि पुनः सुरु हुने ला लिगा खेल्नका लागि आफू आँतुर भएको उनले बताए ।
उनले थपे, “यो अवस्था यसअघि हामीले बिताउँदै आएको भन्दा फरक थियो । हामीले यसलाई सकारात्मकता लिनुपर्दछ र अब हामीले सहज दिनचर्याको प्रयोग गर्दै आएका छौं । अहिले अवस्था पहिले जस्तो सहज छैन, तर सबै कुरा राम्रो छ ।”
मार्सेलोले रियल मड्रिडको टोली पूर्ण स्वास्थ रहेको बताए । लामो समय बलसँग समय बिताउन नपाए पनि छोटो समयमै भए पनि टोली उपाधिका लागि प्रतिस्पर्धा गर्न तयार रहेको उनले बताए ।