वायर्नको जितमा लेवान्डोस्कीको दुई गोल

  • जेठ १८, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

एजेन्सी । रोबर्टो लेवान्डोस्कीको दुई गोलको सहयोगमा जर्मन बुन्डेसलिगा फुटबलमा वायर्न म्युनिखले सहज जित हात पारेको छ । शीर्ष स्थानको वायर्नले शनिबार राति भएको खेलमा फोर्टुना डुसलडोर्फलाई ५–० गोल अन्तरले हराएको हो । घरेलु मैदानमा वायर्नले खेलको १५ औँ मिनेटमा डुसलडोर्फकाले गरेको आत्मघाती गोलबाट अग्रता बनाएको थियो । 

२९ औँ मिनेटमा बेन्जामिन पाभर्डले गोल गर्दा वायर्नले आफ्नो अग्रता दोब्बर पार्यो । ४३ औँ मिनेटमा लेवान्डोस्कीले गोल गर्दै वायर्नलाई ३–० गोलको अग्रता दिलाए । पहिलो हाफमा ३–० को अग्रता बनाएको वायर्नले दोस्रो हाफमा थप दुई गोल गरेको थियो ।  खेलको ५० औँ मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै वायर्नलाई ४–० गोलको अग्रता दिलाए । त्यसको दुई मिनेट पछि नै अल्फान्सो डेभिसले गोल गर्दै बायर्नलाई ५–० को फराकिलो जित दिलाए ।

जितसँगै वायर्नले शीर्ष स्थानमा १० अंकको अग्रता बनाएको छ । वायर्नले २९ खेलबाट ६७ अंक जोडेको छ । एक खेल कम खेलेको डर्टमण्डको ५७ अंक रहेको छ ।  डुसलडोर्फ २७ अंकसहित १३ औं स्थानमा रहेको छ ।

बर्तमान गठवन्धन पुर् ...

विराटनगर । गृहमन्त्री रमेश लेखकले काँग्रेस एमालेको गठबन ...

म युँ खोलाको पुल भाँ ...

 इलाम/ इलामको फिक्कल–नयाँ बजार सडक खण्ड ...

माइपोखरीमा ४० हजार म ...

 इलाम/ विश्व रामसार सूचीमा सूचीकृत धार्मिक तथ ...

प्रदेशस्तरीय एसईई आइ ...

सुनसरी/ धरानमा सम्पन्न एसईई आइडल सिजन ५ मा प्रदेशभरिबाट ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved