स्वास्थ्य सामग्री सहित आवश्यक सहयोगका लागि धरान उपमहानगरपालिकाको प्रदेश सरकारलाई आग्रह

  • जेठ ९, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । कोरोनाको संक्रमित बढ्दै गए पछि आन्तरिक स्रोत र साधनले नभ्याउने भन्दै आवश्यक सहयोग तथा समन्वयका लागि धरान उपमहानगरपालिकाले प्रदेश सरकार सहित स्वास्थ्य मन्त्रालयलाई आग्रह गरेको छ ।

धरान उपमहानगर क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्य तथा संघीय संसदहरु मार्फत प्रदेश नम्बर १ का मुख्यमन्त्री र स्वास्थ्य मन्त्रालयलाई कोरोना संक्रमणबाट बच्न र बचाउदै आवश्यक सहयोगका लागि आग्रह गरेको हो । नगर प्रमुख तिलक राईले प्रदेश सभा सदस्य चन्द्र प्रसाद श्रेष्ठलाई आग्रह पत्र बुझाएका हुन् ।

पत्रमा कोभिड १९ को रोकथाम, नियन्त्रण तथा उपचारको लागि आवश्यक पर्याप्त स्वास्थ्य जनशक्ति, सुरक्षाकर्मी, स्वास्थ्य सामग्री तथा आवश्यक बन्दोबस्तीका सामाग्री तथा श्रोत समेतको अभाव रहेकाले आवश्यक सहयोगका लागि आग्रह गरिएको छ ।

धरान उपमहानगरपालिकाले विभिन्न निकाय सँग समन्वय गरी कार्य गरिरहे पनि रोगको संक्रमण फैलिन नदिन नगरको सिमा नाका र आवश्यक क्षेत्र सिल गर्ने कार्य तथा बाहिरी मुलुकबाट भित्रिने मानीसहरुलाई ल्याउने र क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्न कोभिड १९ पोजिटिभ देखिएको बिरामीको कन्ट्रयाक्ट ट्रेसिङ र पिसिआर परिक्षण गर्ने कार्य गर्न धरानमा समस्या बढ्दै गएको छ ।

पछिल्लो समय धरानमा पनि कोराना संक्रमित भेटिए पछि आवश्यक तयारीका लागि आन्तरिक स्रोत र साधानले नपुग्ने भन्दै शंकास्पद व्यक्ति र परिक्षणबाट पत्ता लागेका बिरामीको उपचारको लागि अस्पताल लैजना आवश्यक सुरक्षा सामग्र िसहित डेडिकेटेड एम्बुलेन्सको व्यवस्थापनको कार्य, डिसइन्फेक्सन गर्ने कार्य, दुर्घटनावश कोभिड १९ पोजिटिभ देखिएको कुनै बिरामीको मृत्यु भएका सुरक्षित दाह संस्कार स्थल सम्म लैजाने वाहन र तालिम प्राप्त जनशक्तिको व्यवस्थापनका लागि समेत धरान उपमहानगरपालिकाले सहयोगका लागि आग्रह गरेको छ ।

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved