उधमशिल सहकारी द्वारा ६५ जना कर्मचारीको कोरोना बीमा "कोरोना संक्रमण पुष्टि भए १ लाख पाउने"

  • जेठ ५, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान – धरान १० सैनिक चोकमा अवस्थित उधमशिल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो संस्थाको ६५ जना कर्मचारीहरूको कोरोना बीमा गरेको छ । कर्मचारी कसैलाई कोरोनाको संक्रमण पुष्टि भए क्षतिपुर्ती बापत १ लाख पाउने सहकारीका अध्यक्ष डा। योगेन्द्र राईले बताए ।

 संस्थाले संचालक समिती, लेखा समिती, नियमित कर्मचारी, बजार प्रतिनिधी गरी ६५ जनाको कर्मचारी कोरोना भाइरस कोभिड १९ बीमा गरिएको छ । अध्यक्ष राईले भने, बीमा अर्न्तगत यदि कसैलाई एक वर्ष भित्र कोरोनाको संक्रमण देखिए क्षतिपुर्ती स्वरूप १ लाख पाउनेछ ।

हाललाई एक वर्षको मान्यता भएपनि महामारी बढ्दै गए अर्को वर्षका लागी समेत निरन्तरता दिइनेछ । बीमाको लागी संचालक समितीको बैठक बसी निर्णय गरेको उनले खुलाए ।

 कोरोना भाइरसबाट उत्पन्न हुनसक्ने जोखिमको आर्थिक सुरक्षण गर्ने उद्देश्यका साथ सामुहिक बीमा अर्न्तगत एक वर्षसम्म मान्यता हुने गरि बीमा गरिएको सहकारीका प्रबन्धक जितबहादुर राउतले जानकारी गराए ।

लकडाउनको अवस्थामा समेत ग्राहकहरूलाई आर्थिक समस्या नहोस भनि सहकारीले हप्तामा दुई दिन आइतबार र बुधबार विहान ११ देखि २ बजेसम्म सेवा दिइरहेका छा ।

प्रबन्धक राउतले भने, यसबाट संस्थामा कार्यरत कर्मचारीहरूमा जोखिमबाट सुरक्षाको लागी तथा सेवा दिनका लागी प्रोत्साहन गर्नका लागी बीमा गरिएको हो । धरानको सहकारी मध्ये यसरी बीमा गर्ने आफ्नो सहकारी पहिलो रहेको उनले दाबी गरे ।

रोङ गाउँपालिकाको ‘गु ...

इलाम/ हर निर्वाचनमा किसानका समस्या समाधान गर्ने भन ...

साउदी अरबमा अलपत्र प ...

काठमाडौं/  प्रतिनिधिसभाको मंगलबारको बैठकमा ने ...

३० दिनभित्र अनुभूति ...

विराटनगर/ गृहमन्त्री रमेश लेखकले कोशी प्रदेशका सुर ...

युवतीको बलात्कारपछि ...

काठमाडौं/  काठमाडौंको बागबजारस्थित एक गेस्ट ह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved