धरान /विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण स्थगित गरिएको २०७६ को एसईई परीक्षा नगराउन निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) ले आग्रह गरेको छ ।
प्याब्सनले मंगलबार विज्ञप्ति जारी गर्दै कोभिड–१९ ले गर्दा परीक्षा सञ्चालन गर्ने अवस्था नभएको भन्दै माध्यमिक शिक्षा परीक्षा (एसई) को ग्रेड निर्धारण आन्तरिक परीक्षाबाटै गर्न आग्रह गरेको हो ।
प्याब्सन द्वारा जारी विज्ञप्तीमा, यस वर्षको परिक्षामा सामेल हुने विद्यार्थीहरूका लागी मात्रै लागु हुनेगरी विद्यालयले गरेको आन्तरिक मूल्यांकनलाई नै राष्ट्रिय परीक्षा बोर्डले प्रमाणीकरण गरी ग्रेड सिट र प्रमाणपत्र दिने व्यवस्था गर्न उपयुक्त हुने भन्दै, कानुनी वाधा अड्चन हटाइ आन्तरिक मूल्यांकनका आधारमा प्रमाणिकरण गर्न प्याब्सनले नेपाल सरकारलाई अनुरोध गरेको छ ।