काठमाण्डौ । इङ्ल्यान्डको‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता स्थगित भएको छ । इङ्ल्यान्ड र वेल्स क्रिकेट बोर्डले कोरोना भाइरसको संक्रमणका कारण प्रतियोगिता गर्न नसक्ने भन्दै बुधबार बसेको बैठकले प्रतियोगिता स्थगित गर्ने निर्णय गरेको जनाइएको हो ।
प्रतियोगिता अब अर्को वर्षमात्र हुने बोर्डले जनाएको हो । जुलाईमा तय भएको प्रतियोगिता कोरोनाका कारण २०२१ का लागि सारिएको हो । बुधबार बसेको बैठकले प्रतियोगिता यस वर्ष आयोजना गर्न नसकिने बताएको बीबीसीमा उल्लेख छ ।
एक इनिङ्समा १०० बल मात्र खेलिने प्रतियोगिता जुलाई १७ देखि १६ अगष्टसम्म हुने तय भएको थियो ।
प्रतियोगिताका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलिका लेग स्पिनर सन्दीप लामिछानेले गत कात्तिकमा भएको ड्राफ्टमा ओभल इन्भिसिबल्सले आवद्ध गरेको थियो ।
सन्दीपलाई एक लाख पाउन्ड ओभलले आबद्ध गरेको थियो । सन्दीप विदेशी फ्रेन्चाइज् क्रिकेट लिगमा आबद्ध भएको यो अहिलेसम्मकै महंगो मूल्य हो ।
- बाह्रखरीडटकमबाट साभार