सन्दिपले खेल्ने ‘द हन्ड्रेड’स्थगित

  • वैशाख १९, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

काठमाण्डौ । इङ्‌ल्यान्डको‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता स्थगित भएको छ । इङ्‌ल्यान्ड र वेल्स क्रिकेट बोर्डले कोरोना भाइरसको संक्रमणका कारण प्रतियोगिता गर्न नसक्ने भन्दै बुधबार बसेको बैठकले प्रतियोगिता स्थगित गर्ने निर्णय गरेको जनाइएको हो । 

प्रतियोगिता अब अर्को वर्षमात्र हुने बोर्डले जनाएको हो । जुलाईमा तय भएको प्रतियोगिता कोरोनाका कारण २०२१ का लागि सारिएको हो । बुधबार बसेको बैठकले प्रतियोगिता यस वर्ष आयोजना गर्न नसकिने बताएको बीबीसीमा उल्लेख छ । 

ad
ad
ad

 

एक इनिङ्समा १०० बल मात्र खेलिने प्रतियोगिता जुलाई १७ देखि १६ अगष्टसम्म हुने तय भएको थियो । 

प्रतियोगिताका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलिका लेग स्पिनर सन्दीप लामिछानेले गत कात्तिकमा भएको ड्राफ्टमा ओभल इन्भिसिबल्सले आवद्ध गरेको थियो । 

सन्दीपलाई एक लाख पाउन्ड ओभलले आबद्ध गरेको थियो । सन्दीप विदेशी फ्रेन्चाइज् क्रिकेट लिगमा आबद्ध भएको यो अहिलेसम्मकै महंगो मूल्य हो ।

- बाह्रखरीडटकमबाट साभार

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved