ब्युटिसीयन को हो ? हामीले सजीलो गरि के बुझ्दै आएका छौ भने ब्युटिसियन भनेको ब्युटिपार्लारमा काम गर्ने मान्छे हो । तर त्यतिमा मात्र ब्युटिसियनलाई बुझ्दा अन्याय हुन्छ । ब्युटिसियन भनेको खासगरि महिलाहरुको सौन्र्दयका डाक्टरहरु हुन भन्दा फरक पर्दैन । किनभने ब्युटिसियनहरुले गर्ने सेवा भनेको छाला,कपाल तथा मनोविज्ञानसँग प्रतक्ष्य सरोकार राख्ने हुन्छन् । खास ब्युटिसियनले महिलाहरुको छाला,कपाल तथा मनोविज्ञानको उपचार गर्ने गर्छन । बाहिरी देशहरुमा हरेक महिलाको फेमेली ब्युटिसियनहरु राखिएको हुन्छ । उनीहरु आफ्नो सौन्र्दयको बारेमा डाक्टरभन्दा अगाडी ब्युटिसियनसँग परामर्श लिन्छन । ब्युटिसियनले उसको समस्या हेरेर
विभिन्न कालका केरल सरकारहरूले जमिनको न्यायपूर्ण प्रयोगको थालनी गर्दै सामाजिक र आर्थिक सुधारहरूलाई संस्थागत गर्दै आएको छ। सामाजिक सुरक्षामा पहुँच बढाउन स्वास्थ्य सेवा तथा शैक्षिक कार्यक्रमलाई तीव्र बनाएको छ। ‘भारतको केरल, विकासोन्मुख देशहरूमा नै नदेखिएका एक भिन्न विलक्षणयुक्त राज्य हा। केरलको जनसंख्या क्यालिफोर्नियाको जत्तिकै छ र प्रतिव्यक्ति वार्षिक आय ३०० डलर भन्दा कम छ। तर यसको शिशु मृत्यु दर एकदम न्यून छ, यसको साक्षरता दर पृथ्वीमा नै सबभन्दा उच्च छ। यद्यपि यसको अधिकांश भूमि धानबालीले शोभायमान छ, तथ्याङ्कले केरलको सामाजिक विकासको सगरमाथाको शिखरमा पुगेको छ।’ (बिल म्याकिब्ब
के तपाईं सत्य सुन्न चाहनुहुन्छ? हुन त अमेरिकीहरूका लागि सत्य त्यति मन नपर्न सक्छ। अधिकांश चिनियाँ जनताले अमेरिकी उदार लोकतन्त्रलाई एक मजाक मान्छन्। हुन त अति नै थोरै प्रतिशत चिनियाँहरु अमेरिकाको प्रशंशा गर्नेपनि छन्। तर ९४५ चिनियाँले वर्तमान सरकारलाई समर्थन गर्दछन्। यो कुरा हार्वर्ड विश्वविद्यालयको क्यानेडी स्कूल अफ पोलिटिक्सको सर्वेक्षणले देखाएको छ। अमेरिका र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै चीनमा अमेरिकी प्रजातन्त्रबारेमा प्रचारहरु भइरहेका छन्। ती प्रचारहरुले विभिन्नकालमा चिनियाँ जनतालाई भिन्न भिन्न प्रभाव पारेका छन्। १९७९ देखि १९८९ सम्म चिनियाँहरूले संयुक्त राज्य अमेरिकालाई प्रश
उठान यो लेखएघार नोभेम्बरकथा सङ्ग्रहमा सङ्कलित कथाहरूमा प्रस्तुत सामाजिक पर्यावरणको विश्लेषणमा केन्द्रित छ । यस लेखमा एघार नोभेम्बरका कथाहरू र समाजको सम्बन्धलाई केलाउने प्रयास गरिएको छ । यस सङ्ग्रहमा सङ्कलितअधिकांश कथाहरूले‘लाहुरे–जीवन’ को अँध्यारो पाटोलाई देखाएका छन् । विपन्नताका कारण विदेशी सेनामा भर्ती हुन बाध्य नेपाली नागरिकहरूको सामाजिक पर्यावरण र तिनका पीडालाई उजागर गर्ने यी कथाहरूले तिनका सङ्घर्ष र विवशतालाई यथार्थपरक ढङ्गमा प्रस्तुत गरेका छन् । कतिपय कथामा सहरिया सामाजिक पर्यावरणको चित्रण गरिएको छ । विपन्न समुदायका बालबालिकाहरूको दयनीय र कारुणिक जीवनको चित्रण, न
२१ औं शताब्दीको विश्व राजनीतिमा के भइरहेको छ ? केही अपवाद बाहेक सबै राष्ट्रिय चुनावका मतदाताहरुमा यस अघि कहिल्यै नदेखिएका दलीय आसक्तता र सैद्धान्तिक ध्रुवीकरण देखिएको छ। अचेल हरुवाहरुले आफु विजेता भएको दावि गर्नु वा विपक्षीले चुनाव धाँधली गरेर आएको परिणाम स्वीकार्य हुन नसक्ने भन्ने घटनाहरु आमजस्तै भएका छन्। भर्खर निवर्तमान हुन लागेका राष्ट्रपति डोनाल्ड ट्रम्प अहिले संयुक्त राज्य अमेरिकामा हास्यास्पद खेल खेल्दैछन्। राष्ट्रपति चुनिएका बिडेन र डेमोक्र्याटिक पार्टीबाट चुनावी धाँधली भएको अलिकति पनि प्रमाण फेला परेकाछैनन्। तथापी मेरील्याण्डका रिपब्लिकन गभर्नर ल्यारी होगनले खुलेआम चुनौति दिदैंछन्। य
नेपालीहरूले मनाउने दोस्रो ठूलो हिन्दूपर्व तिहार हो । यो पर्व कार्तिककृष्ण त्रयोदशीबाट शुरू भएर कार्तिकशुक्ल द्वितीयासम्म जम्मा पाँचदिन मनाइने र यस पर्वका अवसरमा यमराजको पूजाआजा गरिने हुनाले यसलाई यमपञ्चक पनि भनिन्छ । यस चाडमा किन यमराजको पूजा हुन्छ भन्ने सम्बन्धमा एउटा पौराणिक कथा पाइन्छ, जसअनुसार एकपटक दूतहरूले यमराजलाई रोगी, बृद्ध र अकालमा मृत्यु हुनेहरूलाई ल्याउनु नपरेमा राम्रो हुने विचार व्यक्त गरेछन् भने यमराजले पनि उक्त समयमा घर सफासुग्घर राखी उनको पूजाआजा गरेमा मानिसहरूको अकाल मृत्यु हुने छैन भन्ने कुरा बताएछन् । यता यमराजका दूतहरू काग र कुकुर समेत भएकाले तिहारमा तिनीहरूकोसमेत पूजाआजा ग
पछिल्लो समय विपी कोइराला स्वास्थ्य विज्ञानको विषयमा धेरै टिकाटिप्णीहरु आउन थालेका छन् । खासगरि अस्पताल सेवाका पक्षमा कमिकमजोरी भएको,विरामीले उपचार नपाएको,अनियमितता बढेको जस्ता विषयहरुले प्रतिष्ठानमाथ विभिन्न प्रश्नहरु खडा गरेको छ । केही समय अगाडी नागरिक स्तरमा समेत यसको खबरदारी गर्ने काम भएको छ । यसै विषयमा सेरोफेरोमा रहेर कोशीपत्र दैनिकले प्रतिष्ठानका निर्देशक प्राडा गौरिशंकर शाहसँग कुराकानी गरेको छ ।प्रस्तुत छ कुराकानीको अंश विपी कोइराला स्वास्थ्य वि१ान प्रतिष्ठान आर्थिक तथा प्रशासनिक रुपमा निकै कमजोर भयो भन्ने सर्बत्र हल्ला छ बास्तविकता त्यस्तै हो ? विगत केही महिना देखि कोरोना महामारीको
दक्षिण एशियाकै उत्कृष्ट स्वास्थ्य संस्थाहरूमा गणना गरिने धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा व्याप्त बेथिति विरुद्ध अहिले सामाजिक सञ्जालहरूमा विरोधका स्वरहरू सुनिन थालेका छन् । विशेष गरी कोभिड–१९ अस्पतालको उपचार पद्धति र व्यवस्थापकीय त्रुटिहरू विरुद्ध धरानेहरू जुर्मुराउन थालेका छन् र उनीहरूले आक्रोश पोखिरहेका छन् । त्यसैको परिणाम हुनुपर्छ, बिहीबार (कात्तिक १३ गते) धरानका नागरिक समाज, राजनीतिक दलहरू तथा विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूको छलफलले १ सय १ सदस्यीय ‘वीपी प्रतिष्ठान सुधार दबाब समूह’ गठन गरेको छ, जसको नेतृत्व सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष गि
देशको कुल क्षेत्रफलको करिब २४ प्रतिसत भू–भागमा फैलिएका संरक्षित क्षेत्रको तालुक निकाय निकुञ्ज तथा वन्यजन्तु संरक्षण बिभाग सरकारी मजाकको शिकार भएको छ । देशका १२ वटा राष्ट्रिय निकुञ्ज, एक वन्यजन्तु आरक्ष, एक शिकार आरक्ष, ६ संरक्षित क्षेत्र र १३ वटा मध्यवर्ती क्षेत्र हेर्ने तालुक निकाय राष्ट्रिय निकुञ्ज बिभागमा एक जना महानिर्देशक र दुइजना उपमहानिर्देशक गरी तीन जना सहसचिवको दरबन्दी रहेको छ । तर अहिले उक्त बिभागमा एक जना पनि सहसचिव नरहने गरी खटन पटन भएको छ । बिगतमा नेसनल पार्कस एण्ड वाइल्डलाईफ उपसमूहबाट मात्र उपमहानिर्देशक र महानिर्देशक बन्न सक्ने ब्यवस्था थियो । तर बिचमा त्यो ब्यवस्थाको हत्
देश अहिले कोरोनाको कहरबाट आक्रान्त छ । आर्थिक श्रोतहरु संकुचित हुँदै गएका छन् । आयात भन्दा निर्यात बढ्दो क्रममा छ । कृषि उत्पादन एबं उत्पादकत्व घट्दो अवस्थामा छ । विदेशी मुद्रा एबं अर्थोपार्जनको लागि तुलनात्मक फाइदाको क्षेत्र पर्यटन ब्यवसाय सबैभन्दा बढी प्रभावित छ । पर्यटन व्यवसायमा संलग्न खासगरी निजि क्षेत्र देश बन्दाबन्दि संगसंगै घरभित्रै खुम्चिएको अवस्थामा छ । पर्यटन पेशासंग आवद्ध कैंयौं कामदारहरुको रोजगार गुमिसकेको छ । होटल र यातायात लगायत पर्यटनको लागि अत्यावश्यक सेवा तथा सुबिधाहरु सबैजसो बन्द छन् । पर्यटनसंग प्रत्यक्ष वा परोक्षरुपमा जोडिएका पर्यटकीय गन्तब्य स्थलका स्थानीय युवाहर