स्थानीय

    Showing 491-500 of 5,190 items.
  • मुनबिम एकेडेमीको २१ औ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रुपमा सम्पन्न

    धरान/सुनसरीको बराहक्षेत्र ५ मा रहेको मुनबिम एकेडेमीले विद्यालयको २१ औ वार्षिकोत्सव तथा अभिभावको दिवस भव्य रुपमा सम्पन्न गरेको छ।विद्यालयले दुई दिन अभिभावक दिवस मनाएको छ।  दोस्रो दिन विद्यालयका फाउण्डर तथा शिक्षक यज्ञ बहादुर सुब्वाको सभाध्यक्षता र प्याब्सन बराहक्षेत्रका अध्यक्ष खेमराज राईको प्रमुख आतिथ्यमा कार्यक्रम राखिएको थियो। कार्यक्रमका प्रमुख अतिथि खेमराज राईले विद्यार्थीले तयार पारेको रोबटिकद्वारा कार्यक्रमको उदघाटन गरेका थिए। दोस्रो दिनको कार्यक्रम कक्षा ४देखि कक्षा १० सम्मको कार्यक्रम राखिएको विद्यालयका सहायक प्रिन्सिपल विदुर चौलागाईले बताए। कार्यक्रममा विद्यार्थीहरुले राष्ट्र

    • प्रकाशित मितिः चैत १, २०८२
    • 454 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बिद्यार्थीहरुद्बारा बलात्*कार र हत्याको दोषीलाई कडा कारवाहीको माग गर्दै वराहक्षेत्र विरोध प्रदर्शन

    वराहक्षेत्र/ सप्तकोशी बहुमुखी क्याम्पसका बिद्यार्थीहरुले सुर्खेतमा बालिका इनिशा बिकको बलात्कारपछि हत्या भएको जघन्य घटनामा संलग्न दोषीहरूलाई कानुनको दायरामा ल्याई कडा कारवाहीको माग गर्दै आईतवार वराहक्षेत्रको चक्रघट्टीमा विरोध प्रदर्शन गरेका छन् । ‘बलात्कार र हत्याका विरुद्ध हाम्रो आवाज’ मूल नारा सहित सडकमा उत्रिएका प्रदर्शनकारी विद्यार्थीहरूले दोषीलाई कडाभन्दा कडा कारबाही गर्न र पीडितलाई न्याय दिलाउन माग गरेका थिए । प्रदर्शनका क्रममा सहभागीहरूले इनिशा बिकको बलात्कारपछि हत्या भएको जघन्य घटनामा संलग्न दोषीहरूलाई कानुनको दायरामा ल्याई कडा कारवाहीको माग गर्दै नाराबाजि समेत गरेका

    • प्रकाशित मितिः चैत १, २०८२
    • 312 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • याक्थुङ चलचित्रकर्मी संघको केन्द्रिय महाधिवेशन धरानमा हुने

    पानबारी/ मान्छे एक व्यक्ति तर पहिचान र नाम भने फरक फरक रुपले परिचित छन, धरानका नविन सुब्बा व मेनाङ्बो । चलचित्र क्षेत्रमा पनि अभिनय गरेर अहिले याक्थुङ चलचित्रकर्मी संघको केन्द्रिय अध्यक्ष समेत छन् । उनी लगभग १ दर्जनभन्दा बढी सामाजिक संघ संस्थाको जिम्मेवारी पदमा समेत जिम्मेवारी पदमा रहेर क्रियाशील रहेका छन् । उनी हाल मेन्याङ्बो कल्याणकारी संघको केन्द्रिय अध्यक्ष लगायत धेरै सामाजिक संघ संस्थाहरुमा आवद्ध भएर क्रियाशील रहेका छन् । साथै धरान उपमहानगरपालिका अन्र्तगतका सहकारीहरुको नगर अध्यक्ष रहेका छन् । सामाजिक कार्य बाहेक विजयपुर वचत तथा क्रण सहकारी सहकारी लिमिटेडका अध्यक्ष र संयम स्टोर धरा

    • प्रकाशित मितिः चैत १, २०८२
    • 796 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बौद्ध दाह संस्कार स्थलमा प्रदेशस्तरीय दोस्रो मोलम (प्रणिधान) सम्मेलनको आयोजना

    धरान/ चारधाम निर्माण अभियानलाई थप गति दिन तथा विश्व शान्तिको कामनासहित विश्व शान्ति पूजा तथा मोलम (प्रणिधान) समारोह आयोजना गरिने भएको छ । धर्मगुरु लाटुन रिन्पोछेको अगुवाइमा सञ्चालन हुने उक्त धार्मिक कार्यक्रम चैत्र १ देखि ४ गतेसम्म धरान–८ स्थित बौद्ध दाहसंस्कार स्थल चारधाम पर्यटन केन्द्रमा हुने कार्यक्रम रहेको आयोजकले जनाएको छ । कार्यक्रमअन्तर्गत दैनिक पूजा, दिवा भोज तथा धार्मिक प्रवचन सञ्चालन गरिनेछ भने चैत्र १ गते सारनाथ धामको शिलान्यास समेत गरिने तालिका रहेको छ । समापनका दिन विशेष अभिषेक तथा शान्ति पूजा गरिनेछ । प्रदेशस्तरीय दोस्रो मोलम (प्रणिधान) सम्मेलन समेत सम्पन्न भइसकेको

    • प्रकाशित मितिः फागुन ३०, २०८२
    • 264 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पत्रकारमाथि आक्रमण गर्ने मुख्य आरोपी १५ दिनपछि प्रहरी नियन्त्रणमा

    झापा/  झापा क्षेत्र नम्बर ५ मा चुनावी समाचार संकलन गर्दै गर्दा पत्रकारमाथि साङ्घातिक आक्रमण गरेको आरोपमा मुख्य आरोपी युवराज पाठक पक्राउ परेका छन्। कमल गाउँपालिका–६ का ४५ वर्षीय पाठकलाई ‘अभद्र व्यवहार’ मुद्दामा जिल्ला प्रशासन कार्यालय झापाबाट जारी पक्राउ पुर्जीका आधारमा शुक्रवार इलाका प्रहरी कार्यालय दमक र झिलझिलेको संयुक्त टोलीले शिवसताक्षी नगरपालिका–४ बाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको छ। गत फागुन १४ गते नेकपा एमालेको निर्वाचन क्षेत्रमा घरदैलो कार्यक्रमको समाचार संकलन गर्दै गरेका पत्रकार

    • प्रकाशित मितिः फागुन ३०, २०८२
    • 321 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • श्रम संस्कृति पार्टीमा समानुपातिक ‘रोइलो’: दुई उम्मेदवार आफैं पछि हटे

    धरान/ समानुपातिक सांसद बन्ने आकांक्षीहरूको संख्या बढ्दै जाँदा श्रम संस्कृति पार्टीभित्र विवाद चर्किएको बेला दुई उम्मेदवारले भने बन्दसूचीबाट आफ्नो नाम फिर्ता लिने घोषणा गरेका छन्। समानुपातिक बन्दसूचीमा रहेका जीवन बिष्ट र मीना सिंगकले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूहरूले नाम फिर्ता लिने निर्णय सार्वजनिक गरेका हुन्। खस–आर्य पुरुषतर्फ बन्दसूचीको पहिलो नम्बरमा रहेका बिष्टले गोर्खा लाहुरे समुदायको संसदमा प्रतिनिधित्व होस् भन्ने उद्देश्यले आफूले नाम फिर्ता लिएको बताएका छन्। उनले पुरुषतर्फ भूपू गोर्खा क्याप्टेन पूर्ण लिम्बूको नाम बन्दसूचीबाट पठाइदिन पार्टीलाई आग्रहसमेत गरेका छन्। त्यसैग

    • प्रकाशित मितिः फागुन ३०, २०८२
    • 314 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नारी दिवसमा धरानका छात्रालाई महिनावारी स्वास्थ्यबारे सचेतना

    धरान/ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा धरान वितरक संघले धरानस्थित श्री शारदा बालिका नमुना माध्यमिक विद्यालयका छात्राहरूलाई महिनावारी स्वास्थ्य तथा सरसफाइ सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्नुका साथै सेनिटरी प्याड वितरण गरेको छ। कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्राहरूलाई लक्षित गरी आयोजित कार्यक्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (बीपीकेआईएचएस) का प्रसूति तथा स्त्रीरोग विभागकी एसोसिएट प्रोफेसर डा. ज्योत्सना यादवले महिनावारी स्वास्थ्य (Menstruation Health and Hygiene) सम्बन्धी जानकारीमूलक प्रशिक्षण दिनुभएको थियो। कार्यक्रम धरान वितरक संघका अध्यक्ष विजय मानन्धरको अध्यक्षतामा सम्

    • प्रकाशित मितिः फागुन २९, २०८२
    • 364 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुर्खेतकी बालिकालाई न्यायको माग गर्दै धरानमा ‘खबरदारी र्‍याली’

    धरान/ सुर्खेतमा एक निर्दोष बालिकामाथि भएको बलात्कार तथा हत्या घटनाको विरोधमा धरानमा ‘खबरदारी र्‍याली’ आयोजना गरिने भएको छ। उक्त कार्यक्रम भोलि फागुन २९ गते शुक्रबार आयोजना हुने कार्यक्रम संयोजक स्मित कुमार खत्रीले जानकारी दिएका छन्। उनका अनुसार र्‍याली दिउँसो ३:०० बजेदेखि ६:०० बजेसम्म सञ्चालन हुनेछ। र्‍याली धरान उपमहानगरपालिकाको कार्यालय परिसरबाट सुरु भई भानुचोकसम्म पुग्नेछ। भानुचोकमा पुगेर कोण सभा आयोजना गरिने तथा समाजमा बढ्दै गएको बलात्कार र हत्या जस्ता जघन्य अपराधविरुद्ध आवाज उठाइने कार्यक्रम रहेको खत्रीले बताए। त्यसपछि साँझ ६:३० बजे दीप प्रज्वलन कार्यक्रम स

    • प्रकाशित मितिः फागुन २८, २०८२
    • 343 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • टिका र प्रमाण पत्र पदान गरि सशस्त्रले गर्यो निर्वाचन प्रहरीको बिदाई

    कैलाली/  सुदुर पश्चिम प्रदेशमा सशस्त्र प्रहरी बल, नेपालले आज निर्वाचन प्रहरीलाई विधिवत रुपमा बिदाई गरेको छ ।   सशस्त्र प्रहरी बल, नेपाल नं. ७ बैद्यनाथ बाहिनी मुख्यालयले प्रदेशका सबै जिल्लाहरुमा गरि जम्मा १५१६ जना निर्वाचन प्रहरीको बिदाई गरिएको जनाएको छ ।    फाल्गुण २१ गते सम्पन्न भएको निर्वाचन सुरक्षामा सुदुर पश्चिम प्रदेशको सबै जिल्लाहरुमा गरि १५१६ जना निर्वाचन प्रहरीहरु सशस्त्र प्रहरी बल, नेपाल मार्फत परिचालन भएका थिए । निर्वाचन प्रहरीहरुलाई निर्वाचनका बेला सशस्त्र प्रहरी कर्मचारीहरु संगै परिचालन गरिएको थियो ।    प्रदेशका सम्बन्धित कार्यालयका

    • प्रकाशित मितिः फागुन २८, २०८२
    • 277 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वराहक्षेत्रमा नगरपालिका स्थापना दिवसको अवसरमा रक्तदान

    वराहक्षेत्र/  वराहक्षेत्र नगरपालिकाले आपनो दशौं स्थापना दिवसको अवसरमा रक्तदा कार्यक्रम आयोजना गरेको छ । चक्रघट्टी स्थित नगरपालिकाको कार्यालय परिसरमा रक्तदान कार्यक्रम आयोजना भएको शिविरमा १ सय ३९ पिन्ट रगत संक्कल भएको नगरपालिकाका प्रशाशन शाखा प्रमुख मातृका तिवारीले जानकारी दिए । बिहिवार बिहान नगरपालिकाको आयोजना र नेपाल रेडक्रश सोसाईटी सुनसरीको प्राबिधिक सहयोग तथा समनव्यमा उक्त रक्तदान कार्यक्रम आयोजना भएको थियो । नेपाल रेडक्रस सोईसाटीको रक्त संचार केन्द्र तथा रगतको अभाब भई रहेको र यसले विरामिहरुलाई समस्या बनाई राखेको हुदा रक्त दान जीवन दान भन्ने मुल नारालाई आत्मसाथ गरि नगरपालिकाले

    • प्रकाशित मितिः फागुन २८, २०८२
    • 320 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved