धरान/ एम्स एकेडेमीले आप्mनै विद्यालयका विद्यार्थीहरूबीच वक्तृत्वकला प्रतियाबेगिता आयोजना गरेको छ । शुक्रबार सम्पन्न प्रतियोगितामा पुष्पा विश्वकर्मा, रवनीश न्यौपाने र विशाल कालिकोटे क्रमशः पहिलो, दोस्रो र तेस्रो भएका छन् । यसैगरी मन्दिप लिम्बू र रूपसाना राईले सान्त्वना स्थान प्राप्त गरेका छन् । एम्स एकेडेमीमा विभिन्न सङ्कायमा अध्ययनरत् विद्यार्थीहरूले भाग लिएको प्रतियोगितामा निर्णायकका रूपमा राजेश विद्रोही, भोजराज श्रेष्ठ र शान्ति लिम्बू थिए । त्यस क्रममा निर्णायक विद्रोहीले प्रतियोगिताका नियमहरूबारे विद्यार्थीलाई जानकारी गराएका थिए । सो प्रतियोगितामा २२ जना विद्यार्थीले भाग लिएका थिए । उ
धरान / धरान उपमहानगरपालिकाले धरानको जंगलक्षेत्रमा फोहोर फाल्न पाउने आधार तथा प्रमाणहरु भए नभएको विषयमा सोधपुछ गर्न डिभिजन वन कार्यालय सुनसरीले शव डिभिजन वन कार्यालय पाँचकन्यालाई पत्राचारमार्फत निर्देश गरेको छ । वन ऐन तथा वातावरण ऐनले नगरपालिकाले वन क्षेत्रमा फोहोर फाल्न नपाउने भएनि धरान उपमहानगरपालिकाले धरानको वन क्षेत्रमा फोहोर फालिरहेको भन्दै सो विषयमा स्पष्टीकरण लिन डिभिजन वन कार्यालय सुनसरीले सव डिभिजन वन कार्यालय पाँचकन्या धरानलाई निर्देशनात्मक पत्र पठाएको हो । पत्रमा डिभिजन वन कार्यालय सुनसरीका अधिकृत भीमबहादुर कालिकोटेले हस्ताक्षर गरेका छन् । उनले डिभिजन वन कार्यालय पाँचकन्यालाइ शहरी क्
धरान/ खानेपानीलाई मात्रै अर्जुनदृष्टि बनाएर समस्या समाधानमा लागेका धरानका मेयर हर्कराज राईको अभियानलाई स्थानीय सरकारको वैधानिक मान्ने कि अवैधानिक भन्ने विषयले धरानका स्थानीय अन्यौलमा छन् । स्थानीय सरकार संचालन ऐन २०७४ ले तोकेको मापदण्ड र विधि विपरित अभियान संचालन भएकाले त्यसलाई अवैधानिक हो भन्ने एक पक्ष स्थानीयहरु छन् भने अभियानमा संलग्न रहेका स्थानीयहरु मेयर आफै संलग्न रहेर परियोजनाहरु संचालन भएकाले वैधानिक नै हो भन्नेमा छन् । तर उपमहानगरपालिकाका कर्मचारी, बुद्धिजिवी, कानुनविदहरु यसलाई वैधानिक मान्न नसकिने तर्क गरिरहेका छन् । खानेपानी समस्या समाधानलाई प्रमुख एजेण्डा बनाएर दोस्रो स्थानीय
धरान । सम्झौता भएर सञ्चालनमा आइसक्दा पनि फोहोर व्यवस्थापनमा भने अझै समस्या नै छ । अहिले पनि धरान उपमहानगर उपमहानगरपालिका र इटहरी उपहानगरपालिकाले फोहोर चारकोशे झाडीमा फाल्दै आएका छन् । के कति फाहोर फालिन्छ भन्ने विषयमा यकिन तथ्यांक नभए पनि प्रदेश नं. १ का यी उपमहानगरपालिकाले चारकोशे झाडीलाई अव्यवस्थित रुपमा डस्विनको रुपमा प्रयोग गरेको पाइएको छ । यी दुई उपमहानगरपालिकाले जगलमा करिब ७० टन फोहोर फाल्ने गरेका छन् । यसमध्ये धरानमा दैनिक ३७ टन र इटहरमा ३३ टन उठ्ने गरेको बताइन्छ । यसले धरान र इटहरी आसपासका गाउँका खेतिहरुलाई समस्या बनाउने मात्र हैन मानव स्वास्थ्यलाई समेत प्रतिकुल असर पार्ने गरेको छ । जं
जिराेपाेइन्ट । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले समय समयमा सामाजिक सञ्जाल फेशबुक स्टाटसबाट दिने गरेको अभिव्यक्ति विवादस्पाद हुने गरेका छन् ।दोस्रो निर्वाचनबाट स्वतन्त्र उमेद्वारबाट निर्वाचित भएर मेयर बनेका मेयर साम्पाङको पछिल्लो अभिव्यक्ति झनै विवादास्पद बनेको छ ।सामाजिक सञ्जालमा लेखेकै कुरामा विवादमा आइरहने मेयर साम्पाङ केही समय अगाडि काठमाण्डौको फोहोर व्यवस्थापनमा बोलेका कुरामा विवादमा आएका थिए । पछिल्लो समय उनले फेरि एउटा कानुनलाई समेत प्रभावित पार्ने खालेको अभिव्यक्ति सामाजिक सञ्जालमा पोष्ट गरेपछि अहिले सबैको चर्चाको विषय बनेको छ । बुधबार साँझ उनले आफ्नो सामाजिक सञ्जालमा श्रम
धरान । केही समय यता धरान १४ विजयपुरमा रहेका ऐतिहासिक मठमन्दिरका इतिहास नामेट हुने खतरा बढेर गएको छ । मन्दिरको पुननिर्माण, मन्दिरका जीर्ण भागको मर्मत लगायतका काम गर्दा ऐतिहासिकता झल्किने मठ मन्दिरहरुको स्वरुप नै परिवर्तन भएर इतिहास नामेट हुन थालेका हुन् । यस्ता ऐतिहासिक परातात्विक वस्तुको संरक्षण हुन नसक्दा ऐतिहास नै नामेट हुने खतरा बढेको धरान १४ का स्थानीयरु बताउछन् । पिण्डश्वर मन्दिरमा करिब दुईसय बर्ष अगाडिको जोडी घण्टी रहेका छन्, यस्तै मन्दिरका मूर्तिहरु पनि सोही अवधिका रहेको त्यहा उल्लेखित मितिबाट प्रष्ट हुन्छ । तर अहिले संरक्षण हुन नसक्दा घण्टी र मूर्ति नै जीर्ण बन्दै गएको अवस्था रहेको स
धरान । धरान उपमहानगरपालिका प्रदेश नं. १ मा स्वच्छ र सफा सहरको रुपमा लिएपनि यही सहरको फोहोरकै कारण धेरैले दुःख समेत पाएका छन् । धरानलाई भौगोलिक रुपले समेत साथ दिएकोले धरानमा थुप्रिएका फाहोर धरान आपसासका बस्तीहरुमा समस्या हुने गरेको छ । केही बर्ष अघि सुनसरीको बराहक्षेत्र नगरपालिकामा पर्ने भरौलका कृषकहरुले ट्याक्टरमा फोहोर ल्याएर उपमहानगरपालिकाको प्रांगरण अगाडि थुपारिदिएका थिए । धरानबासीले फालेको फोहोरले कृषि उत्पादनमा ह्रास आएको, स्वास्थ्यमा प्रतिकूल असर गरेको भन्दै उनीहरुले व्यांग्यात्मक शैलीमा उपमहानगरपालिकाको प्रांगरण अगाडि एक ट्याक्टर फोहोर फालेका थिए । धरानमा फोहोर समस्या नभए पनि फोहोर व्
धरान । परिवारको जेठो छोरो नै क्यान्सर पीडित हुँदा धरान ११ सुनौलो टोलस्थित सुकुम्बासी बस्तीका एक परिवारको बिचल्ली भएको छ । जायजेथा नहुँदा उनीहरुले छोराको उपचार गर्न सकेका छैनन् । बुवा जितबहादुर थापा मगरले परिवारको सहारा जेठो छोरोलाई क्यान्सर लागेपछि आर्थिक सहयोग गरिदिन याचना गरेका छन् । चिकित्सकका अनुसार घुँडाभित्र हड्डीमा क्यान्सर भएका हर्कबहादुरको उपचारका लागि स्टिल लगाउनुपर्ने हुन्छ । स्टिल लगाउनका लागि मात्रै ५ लाखदेखि ७ लाख रुपैयाँसम्म खर्च लाग्छ । तर मगर परिवारलाई सामान्य खर्च जुटाउन पनि धौधौ छ । धरान ११ स्थित सुनौलो सक्षम महिला समूहकी अध्यक्ष सहारा गुरुङले पीडित हर्कका लागि सहयो
धरान । विगतदेखि नै धरानको फोहोर व्यवस्थापन धरान १५ मा रहेको बाझगरा सामुदायिक वन क्षेत्रमा हुने गरेको छ । धरानको चारकोशे झाडीभित्र पर्ने सो क्षेत्रमा फोहोरको राम्रोसँग व्यवस्थापन नहुँदा विभिन्न समस्या आएको भन्दै वनमा फोहोर फाल्दा समसय भएको भन्दै अब भने फाल्न नमिल्ने अवस्था आएको बाझगरा सामुदायिक वनले जनाएको छ । बाझगरा सामुदायिक वनका उपाध्यक्ष कुमार भारतीले वनमा फालिएको फोहोराले जनस्वास्थ्यमा समेत असर बनाएको बताए । उनले भने–‘वनमा बनाइएको डम्पिङ साइटको उचित व्यवस्थापन नहुँदा दुर्गन्ध फैलने, फोहोर डढाउदा निस्कने दुषित धुवाले राजमार्गसम्म असर गर्ने, सोही कारण वनमा डढेलो फैलने र रुखहरु म
धरान । धरानमा पहिलोपटक मापदण्ड पुरागरी २ करोड लगानीमा लन्ज एण्ड बार संञ्चालनमा आउने भएको छ । समयको माग र पर्यटकको आवश्यकता अनुसार २ करोड लगानीमा धरान १५ मा बगरकोटमा रहेको एमएच बार वि क्युले एम .एच लन्ज एण्ड बार संञ्चालनमा ल्याउन लागेको हो । संञ्चालक जीवन उसुक मेन्याङ्बोले स्थानीय सरकारको सम्पूर्ण मापदण्ड पुरा गरेर रात्रीकालीन ब्यवसायलाई प्रबद्र्धन गर्दै धरानमा पर्यटक भित्र्याउने उदेश्यले एम.एच. लन्ज एण्ड बार दशैलाई लक्षित गरी सञ्चालनमा ल्याउन लागेको बताएका छन् । अहिलेको आर्थिक संकटको स्थितिमा समेत सम्भावना बोकेर सञ्चालन गर्न लागेको उनले बताए । उनले भने–‘ठूलो लगानी लगाएर धरानमा व