विराटनगर / पूर्वी नेपालको १४ वटा जिल्ला समेटेर बनेको १ नम्बर प्रदेशको पाँच वर्षे कार्यकालमा सरकारले के के काम गर्यो भन्ने चासो सबैलाई छ । कतिपयले प्रदेश संरचनाको कामै छैन पनि भन्न थालेका छन् । केन्द्रीकृत शासन व्यवस्था हुँदा केन्द्रीकृत नीति र केन्द्रीकृत विकास निर्माण गर्ने भएको कारण शासनमा पनि विकेन्द्रीत नीति र साधन, स्रोत तथा विकासमा पनि विकेन्द्रीत गर्ने उद्देश्यका साथ संघीय सरकारहरुको स्थापना गरिएको हो । प्रदेश सरकारहरुले जनतामा जागेको विकास र समृद्धिको उत्कट चाहनालाई पूरा गर्नुपर्ने चुनौती स्वीकार गरेका थिए । तर, सोही अनुसार विकास निर्माणको काम हुन भने सकेन । यद्यपि प्रदेश १ लाई स
धरान / अत्यधिक बढेको चिसोसँगै लागेको बाक्लो हुस्सुका कारण जनजीवन नै प्रभावित भएको छ । सडककै ढाक्ने गरी लागेको हुस्सुका कारण सर्वसाधारणले घर बाहिर निस्एिका छैनन् । जसका कारण सबै क्षेत्रमा चहलपहल कम भएको छ । यसै क्रममा सधै अत्याधिक चहलपहल हुने धरान १४ विजयपुरका मठमन्दिरमा समेत चिसोका कारण भक्तजनहरुको चहलपहल देखिएन । सधै चहलपहल हुने धरान उपमहानगरपालिका वडा नंं १४ विजयपुरमा रहेका मठमन्दिरमा बुधबार खासै चहलपहल देखिएन । बाक्लो हुस्सुसँगै बढेको चिसोका कारण मन्दिरमा पूजाआजा गर्न जानेहरु पूजाआजा तथा दर्शन गर्न नगएकै कारण मन्दिरमा चहलपहल कम भएको हो । विजयपुरको दन्तकाली मन्दिर, पिण्डेश्वर मन्दिर
देशका पहाडी भूभागमा पनि चिसो बढिरहेको छ भने तराईका धेरै स्थानमा बिहानको समयमा बाक्लो हुस्सु कुहिरो लाग्न थालेको छ । हिमाली भेगका केही स्थानमा हल्का हिमपात पनि हुन थालेको छ । हिमाली क्षेत्रमा हिमपात र तराईमा बाक्लो हुस्सुका कारण दैनिक जनजीवन कष्टकर हुन थालेको छ । यसले गर्दा सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्ने अवस्था देखिएको छ । यस्तो अवस्थामा आवश्यक सावधानी तथा सतर्कता अपनाउन आवश्यक छ । तराईमा कठ्याङ्ग्रिँदो जाडोले जनजीवन कष्टकर भएको छ । शीतलहरसँगै चिसो अत्यधिक बढेपछि तराई–मधेशका धेरै स्थानीय तहले विद्यालय बन्द गर्ने निर्णय गरेका छन् । स्थानीय तहहरूको निर्णयबाट मधेश प्रदेशका धेरै सा
धरान / महाभारतकालीन इतिहास र किरातकालीन सभ्यता बोकेको प्रदेश १ को मुख्य पर्यटकीय तथा आवासीय सहर धरानले स्थापनाको ६२ औं वर्ष र बस्ती बसेको १ सय २९ वर्षको अवसरमा धरान उत्सव मनाउँदैछ । सार्वजनिक विदा घोषणा गरी धरान उत्सवलाई भव्यता दिन धरान १२ स्थित पब्लिक हाइस्कुलमा समारोह आयोजना गरेको छ । समारोह स्थलमा धरानका पहिचान बोकेका सीप, कृषि उत्पादन र सास्कृतिक परिकारका स्टल लगाइएको छ । धरान १२ पब्लिक माविमा सञ्चालन भएको धरान उत्सवको उद्घाटन प्रतिनिधिसभा सदस्य अशोक राईले गरेका थिए । र्यालीमा पूर्वान्चल इन्जिनियरिङ क्याम्पसको मेकानिकल तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीले निर्माण गरेको &rsqu
देशका ठूला शहरहरूमा सडक बालबालिकाको उद्धार र संरक्षण जटिल समस्याको रूपमा देखिएको छ । प्रदेश १ का ठूला शहरहरूमा पनि यो समस्या देखिन्छ । प्रदेश नं. १ का विराटनगर, दमक, बिर्तामोड, इटहरी, धरानजस्ता ठूला शहरहरूमा पनि सडक बालबालिकाको व्यवस्थापन समस्याको रूपमा देखिएको छ । यो नयाँ समस्या भने होइन । वर्षौंदेखि यो समस्या यथावत् छ । सडक बालबालिका र सडक मानवहरूको उद्धार र संरक्षणका लागि थुप्रै सामाजिक तथा गैरसरकारी संस्थाहरू सञ्चालन भए पनि यो समस्या वर्षौंदेखि यथावत् छ । यो सबैका लागि चिन्ताको विषय बनेको छ । सामाजिक संस्थाहरूले निरन्तर उद्धार कार्य गर्दासमेत समस्या समाधान हुन सकेको छैन । बरु झन्–झन्
धरान/धरान १६ मा रहेको युएन कलेजले त्रिविद्वारा सञ्चालित बिएचएम दोस्रो र चौथो सेमेस्टरमा उतिर्र्ण विद्यार्थीहरुलाई मंगलबार सम्मान गरेको छ । होटेल म्यानेजमेन्ट संकायमा प्रदेश १ मै महत्वपूर्ण योगदान दिँदै आएको युएनकलेजले स्थापना कालदेखि नै निरन्तर प्रदेश टप गर्दै आइरहेको छ । कलेजले यस वर्षको फाइनल परिक्षामा ३.८५ जिपिए ल्याई द्वितीय स्थान ल्याएकी छात्रा जानुका राईलाई नगद १५ हजारसहित सम्मानपत्रले सम्मान गरिएको छ । यसैगरि बिएचएम दोस्रो सेमेस्टरमा प्रथम हुने दिपेश लुङ्फुङ्वा (३.८१ जिपिए), दोस्रो हुने राश्ना गुरुङ (३.८१) जिपिए र तेस्रो अर्नेश कटुवाल (३.७४ जिपिए) लाई समेत नगद पुरस्कार सहित सम्मानपत्रले
धरान/पर्यटकीय गन्तव्यको रुपमा विकाश हुँदै आएको सुनसरीको बराहक्षेत्र ५ स्थित अमाह सिमसारलाई जैविक विविधता अध्ययन केन्द्रको रुपमा विकाश गरिने भएको छ । सिमसार क्षेत्रमा पाइने विविधतालाई अध्ययन गर्न बृहत विकाश गुरुयोजना अन्तर्गत अमाह सिमसार जैविक विविधता अध्ययन केन्द्र नामाकरण गरि डिपिआर नै तयार भइसकेको छ । जलाधार क्षेत्र रहेको अमाहमा ५० करोड भन्दा बढिको लगानीमा सिमसार क्षेत्रमा जैविक विविधताको अध्ययन केन्द्र निमार्णको काम सुरु भएको छ । प्रदेश नम्बर १ कै ठुलो क्षेत्रमा फैलिएको सिमसार क्षेत्रमा अहिले पिकनिक खेल्न, तालमा बोटिङ गर्न आउने आन्तरिक पर्यटकहरुको सङ्ख्या पनि दिनानुदिन बढ्दै गएको छ ।
धरान/धरान स्थापना दिवसको अवसर पारेर धरानमा तीनदिने धरान उत्सव मनाइदैन । उत्सवको पहिलो दिन सार्वजनिक विदा दिइएको छ । धरान उपमहानगरपालिकाले मंगलबार सार्वजनिक सूचना जारी गरेर तीनदिनसम्म धरान उत्सव मनाउने र पहिलो दिन विदा दिने जनाएको हो । धरान उपमहानगरपालिकाको कार्यपालिकाको पौष ११ गते बसेको कार्यापालिका बैठकले उद्घाटनको अवसरमा विदा दिने निर्णय गरेको थियो । उत्सव धरान १३ पब्लिक माविको खेल मैदानमा हुने छ । उत्सवलाई भव्य र सभ्य तरिकाले सम्पन्न गर्न सबै पक्ष लागेको मूल आयोजक समितिका सदस्य सचिव भक्तिराज शर्माले बताए । उनले भने–‘तीन दिने धरान उत्सव धरान १२ को पब्लिक मावि स्कुलको खेल मैदानम
तेह्रथुम / तेह्रथुम र संखुवासभाको जिल्लाको संगम स्थलमा रहेको पाथीभरा मन्दिरमा तीर्थालुसँगै पर्यटकहरु बढ्न थालेका छन् । ताप्लेजुङमा रहेको पाथीभरा मन्दिरको शाखाको रुपमा यो स्थानमा पर्यटक र तीर्थालु वर्षभरि आउने गरे पनि जाडोमा हिउँ पर्ने सिजन र गुराँस फुल्ने सिजनमा पर्यटकको चाप बढ्ने गरेको छ । चारैतिर हिमालको मनोरम दृश्यहरुसँगै पहाडको टुप्पोमा रहेको यो मन्दिरको छुट्टै धार्मिक महत्व रहेको छ । गुरासको राजधानीसँगै रहेको यो पाथीभरा मन्दिरमा दर्शन गरे मनकामना पूरा हुने विश्वास रहेको छ । आन्तरिक पर्यटन प्रवद्र्धनकै लागि भएपनि यो क्षेत्रमा आएको महालक्ष्मी नगरपालिका धनकुटाका मनकुमार खत्री बताउँछन् ।
विपन्न र गरीब नागरिकहरूको जीवनमा आमुल परिवर्तन ल्याउने घोषित उद्देश्य बोकेर २०५२ फागुन १ गते तत्कालीन नेकपा (माओवादी) ले सशस्त्र सङ्घर्ष प्रारम्भ गरेको थियो । करीब १० वर्षसम्म चलेको माओवादी द्वन्द्वमा हजारौँ सर्वसाधारण शहीद भए । कयौँ घाइते भए र कयौँ अहिले पनि वेपत्ता छन् । उनीहरूकै अदम्य साहस र समर्पणका कारण देशमा राजनीतिक व्यवस्था परिवर्तन भयो । उनीहरू जस्तै नागरिकको वलिदानका कारण देशमा सङ्घीय गणतन्त्र स्थापना भएको छ । यो सकारात्मक विषय हो तर सर्वसाधारण नागरिकहरूको जीवन भने अहिले पनि जस्ताको त्यस्तै छ । उनीहरूको जीवनमा कुनै सकारात्मक परिवर्तन आउन सकेको छैन । त्यसैले त भनिँदैछ – व्यवस्था