धरान/ चिकित्सा शिक्षा आयोगले तोकेभन्दा बढी शुल्क लिएको विरुद्धमा नोबेल मेडिकल कलेजमा विगत केही दिन अघि देखि आन्दोलनमा उत्रिएका विद्यार्थीहरु माथि सुरक्षाकर्मीद्वारा आक्रमण भए पछि कलेज परिषर दिनभर तनावग्रस्त बनेको छ । गत विहिबार जिल्ला प्रशासन कार्यालयमा भएको सहमति विपरीत कक्षा सञ्चालन गरेपछि आइतबार रिले अनसन बस्न गएका विद्यार्थीहरु माथि सुरक्षाकर्मीले आक्रमण गरेका थिए । रिले अनसन बस्न गएका विद्यार्थीलाई सुरक्षाकर्मीले आक्रामण गरे पछि दुवै पक्ष बिच झडप भएको थियो । झडपका क्रममा अस्पतालमा खटिएका सुरक्षाकर्मीको तर्फबाट भएको प्रहारबाट केही विद्यार्थीहरु समेत घाइते भएको विद्यार्थी नेता विरेन
धरान/ धरान-१२, चतरा लाइनमा रहेको सुनाखरी एकेडेमीले शुक्रबार आफ्ना विद्यार्थीहरूलाई प्रतिवेदन लेखनसम्बन्धी प्रशिक्षण दिएको छ ।सो प्रशिक्षण कार्यक्रममा सुनाखरीमा कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरू सहभागी थिए । उनीहरूलाई उपप्राध्यापक एवम् पत्रकार राजेश विद्रोहीले प्रशिक्षण दिएका हुन् । प्रशिक्षणमा सहभागी विद्यार्थीहरूलाई शनिबार कुनै कृषि फर्ममा अवलोकन भ्रमणमा लगिने र त्यसै भ्रमणसम्बन्धी प्रतिवेदन लेख्न लगाइने विद्यालयका प्राचार्य मिलन राईले बताए । प्रतिवेदन लेखनसम्बन्धी प्रयोगात्मक ज्ञान दिँदै विद्यार्थीहरूलाई पाठ्यक्रम बाहिरका विषयमा पनि जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको प्रा
धरान/ धरान ८ का सिताराम मल्ल १३ वर्ष अघि आफन्तलाई झारफुक गर्न टिका प्रसाद विश्वकर्माको शिवसेवा केन्द्रमा पुगेका थिए । आफुलाई महामानव बताउँदै अलौकिक शक्ति रहेको दाबी गरेका विश्वकर्माबाट प्रभावित भएर उनले लाखौं रुपैया चढाए । विश्वकर्माको प्रभावमा परेर उनले करिब १४ लाख रुपैया सिध्याए । अहिले विश्वकर्माको ठगि धन्दा रहेको थाहा पाए पछि न्यायका लागि भौतारिएका छन् । त्यसै गरी धरान १६ की सरिता लामिछाने पनि आफू बिरामी भएर विश्वकर्माकोमा झारफुक गर्ने क्रममा पुगेकी थिइन् । उनी पनि विभिन्न बहानामा ठगीएकी छिन् । धरान १० का पटेल सिंह पनि आफ्नो श्रीमती बिरामी भएर झारफुक गर्ने क्रममा विश्वकर्माबाट ठगीएको
धरान । नेपालकी चर्चित पप गायीका शिवानी मोक्तानले शुक्रवार धरान १५ स्थित वगरकोटमा प्रस्तुती दिने भएकी छिन् । खुकुरी म्युजिक नेसनको सहयोगमा उनलाई एमएच लाउन्ज एण्ड वारले वगरकोटमा ल्याएको हो । नाइटलाइफको लागि पुर्वकै चर्चित स्थलको रुपमा विकसित वन्दै गइरहेको वगरकोटको पर्यटन प्रर्वद्धन गर्नका लागि राष्ट्रिय कलाकार सिवानि मोक्तानलाई प्रस्तुतिका लागि ल्याइएको वगरकोट व्यवसायी मञ्चका अध्यक्ष एवं एम एच लाउन्जका प्रोपराइटर जिवन मन्या¨वोले वताए । उनले भने, ‘वगरकोटमा रमाइलो गर्न आउनेहरुलाई मध्यनजर गरेर हरेक महिना चर्चित कलाकारहरु ल्याउने गरेका छौ, केहि समय अघि पनि एमएचले सविन राई एण्ड द फर
धरान/ चारकोशे जंगलको घेरा बाहिर प्रमुख पर्यटकीय गन्तव्यको प्रचार गर्न नसक्दा धरानको पर्यटनले गति लिन नसकेको पर्यटन व्यवसायीहरु बताउँछन् । धरानको समृद्धिको आधार पर्यटनलाई मानेर अघि बढ्ने हो भने, यी सबै चिजको एकिकृत प्याकेज बनाइ प्रचार गर्नुपर्नेमा उनीहरु जोड दिन्छन् । स्थापनाको एक सय २१ औं वर्षको अवसरमा मंगलबार देखि जारी तिन दिने धरान डे को दोस्रो दिन आयोजित पर्यटन प्रवद्र्धनमा भुमिका विषयक अन्तरक्रियामा पर्यटनकर्मी एलिना मगरले पूर्वाधारलाई पर्यटनमा जोडेर उपार्जनको माध्यम बनाउन आवश्यक रहेको बताईन् । उनले भनिन्, ‘जबसम्म धरान आर्थिक रुपले सबल ह“ुदैन तबसम्म समृद्धि हुन सक्दैन ।&r
धरान/ एक सय २१ औँ धरान स्थापना दिवसको अवसरमा बुधबार धरानमा सरसफाइ अभियान सञ्चालन गरिएको छ । वडा समितिहरूको समन्वयमा धरानका २० वटै वडामा सरसफाइ अभियान सञ्चालन गरिएको हो । यसै क्रममा धरान–१५ मा पनि अभियान सञ्चालन गरिएको थियो । उनीहरू फोहोर टिप्दै झोलामा हालिरहेका थिए । आफ्नो ठाउँ आफैँ सफा गर्नुपर्छ भन्ने जनचेतना पैmल्याउन कार्यक्रम सञ्चालन गरिएको वडाध्यक्ष नरेश इवारम लिम्बूले बताए । ‘धरान स्थापना दिवसको अवसरमा कार्यक्रम गरेका हौँ ।’ उनले भने । वडाध्यक्ष लिम्बूको नेतृत्वमा भएको कार्यक्रममा विभिन्न टोल विकास संस्थाका पदाधिकारी र सदस्यहरू सहभागी भएको तुलसी, भीष्म, चण्डेश्वरी
सुनसरी/ नेपाल खेलकुद महासंघ इटहरीको नगर कमिटीमा ढुण्डीराज गुरागाई चयन भएका छन् । गत सोमबार भएको एक भेलाले इटहरी ६ का व्यवसायी तथा भलिबल खेलाडी गुरागाईको अध्यक्षतामा समिति गठन गरेको हो । भेलाले गुरागाईको अध्यक्षमा ६१ सदस्यीय कार्य समिति बनाएको छ । समितिको उपाध्यक्षमा सुजन चौधरी र सचिवमा रोहित कोइराला चयन भएका छन् । नेपाल खेलकुद महासंघको प्रथम नगर भेलामा प्रमुख आतिथ्य नेकपा एमालेका नगर अध्यक्ष यामकुमार सुब्बाको रहेको थियो । इटहरीका विभिन्न वार्ड अध्यक्षहरूको सहभागितामा भएको कार्यक्रममा नेपाल खेलकुद महासंघका स्थायी कमिटी सदस्यले शपथ ग्रहण गराएका थिए । सबै वार्डबाट प्रतिनिधित्व हुने गरी काम
धरान । चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क माग गरेको भन्दै आन्दोलनरत विद्यार्थीहरुले विराटनगर स्थित नोबेल मेडिकल कलेजमा तालाबन्दी गरेका छन् । आयोगले तोकेको शुल्क भन्दा बढी रुपैया मागेको भन्दै अनेरास्ववियु मोरङको नेतृत्वमा एमबीबीएस अध्ययनरत विद्यार्थी तथा अन्य विद्यार्थी संगठनहरुले मंगलबार कलेजमा तालाबन्दी गरेका हुन् । विगत केही दिन देखी निरन्तर आन्दोलनमा रहेका विद्यार्थीहरुले मंगलबार कलेजका प्रिन्सीपल रामहरी घिमिरेलाई अल्टीमेटम सहितको ज्ञापन पत्र बुझाएका थिए । विद्यार्थी नेता तुलसी घिमिरेले भने, ‘हिजो हामीले अल्टिमेटम सहीतको ज्ञापन पत्र कलेजलाई बुझाएको थियौ वार्ताको लागी अहिल
आज बिजयपुरको ईतिहास लाई छोडेर धरान शहर स्थापना भएको प्रसङ्ग लाई जोडेर ुधरान डेु मनाउने स्थानिय सरकारले निर्णय गरेको छ। यो खुसिको कुरा हो धरानवासीहरुका लागि । सम्माननिय प्रधानमन्त्री ज्युको प्रमुख आतिथ्यतामा हुने भएको हुँदा यसले धरानको महत्व बढाएको महसुस गर्न सकिन्छ। हामी धराने जनताले तिरेको कर बाट भुक्तानी हुने गरि सम्माननिय प्रधानमन्त्री शेरबहादुर देउवा धरान आउदै हुनुहुन्छ। उहाको स्वागतमा हामी सबै आतुर छौ तर बिडम्बना धरान शहर यति खेर नेपाली झण्डा र धरानको लोगो अङ्कित झण्डाले झकिझकाउ हुन पर्ने थियो तर आज नेपाली काङ्ग्रेसको झण्डाले मुल सडक रंगिन छ। हो उहाँ नेपाली काङ्ग्रेसको सभापति पनि हुनुहु
धरान/ पुस्तकको सिद्धान्तलाई अभ्यासमा जोड दिदैं धरान–१५ स्थित हिबिस्कस इङ्ग्लिस बोर्डिङ स्कुलले साईन्स ल्याब सुरु गरेको छ ।स्कुलले ८ लाख रुपैयाको लागतमा सुरु गरेको ल्याबमा फिजिक्स, केमेष्ट्रि र बायोलोजी सम्बन्धी पुस्तकमा आधारित अभ्यास गराईने गरेको स्कुलका कोअर्डिनेटर विजय सिंह थेवेले बताए । स्कुलले कक्षा ४ देखि कक्षा ११ सम्मका विद्यार्थीलाई ल्याबमा अभ्यास गराउँदै पढाउन सुरु गरेको हो । उनका अनुसार ल्याबमा अहिले ६ वटा माईक्रोस्कोप सहित अन्य आवश्यक उपकरण राखिएको छ । त्यसमध्ये अँध्यारो कोठामा पनि विद्युतबाट चल्ने उपकरण पनि राखिएको उनले बताए । विद्यार्थीलाई सानैदेखि अभ्यासमुलक सिकाईमा जो