धरान / लगानीमा प्रवर्धन गर्ने उद्देश्यले सुनसरी उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको एक्स्पोको तयार पूरा भएको आयोजक सुनसरी उद्योग वाणिज्य संघले जानकारी दिएको छ ।बुधबार एक्सो हुने स्थल धरान १६ स्टेडियममा पत्रकार सम्मेलको आयोजना गरी तयारी पूरा भएको जानकारी दिएको हो । एक्सोको बिहीबार साढे १२ बजे प्रदेश नं. १ का मुख्यमन्त्री हिक्मत कार्कीले गर्ने भएका छन् । स्थानीय स्तरको उत्पादनलाई प्रवर्धन गर्ने मुख्य उद्देश्य राखेर ‘धरान एक्स्पो २०७९’ को आयोजना गर्न लागिएको सुनसरी उद्योग वाणिज्य सघका अध्यक्ष विजय श्रेष्ठले जानकारी दिए । देशकोसंक्रमणकालीन अवस्थालाई चिर्दै लगानी गर्न
धरान /सुनसरीको व्यापारिक प्रवर्धन गर्ने उद्देश्यका साथ फागुन ११ बाट सुरु हुन लागेको धरान एक्स्पो २०७९ को तयारी अन्तिम चरणमा पुगेको छ । सुनसरी उद्योग वाणिज्य संघको आयोजनमा हुन लागेको एक्स्पोलाई धरान उपमहानगरपालिका र प्रदेश १ सरकारले सहयोग गरेको छ । दश दिनसम्म सञ्चालन हुने एक्स्पो धरान रंगशाला छेउमा रहेको खाली मैदानमा डोम प्रविधिको सहयोगमा निर्माण गरिएको अस्थायी संरचनामा सञ्चालन हुनेछ । प्रदेश १ का स्थानीयलाई बदलिदो प्रविधि, उत्पादन र बजारीकरणको अनुभव गराउन, सुनसरी क्षेत्रका रैथाने उत्पादनलाई व्यावसायीकरण, प्रवर्धन गर्न र विभिन्न क्षेत्रका व्यवसायी, उद्यमी, व्यापारीहरुका माझ अनुभव आदानप्
मोरङ / प्रायः जसो व्यक्तिगत स्वार्थमा निहीत भएर प्रश्न सोध्ने प्रदेश सांसदहरुले सोमबार भएको बैठकमा भने जनजीविकाको सवाललाई प्राथमिकतामा उठान गर्दै समस्या समाधान गर्नेतर्फ सरकार केन्द्रित हुनुपर्ने सुझाव दिए । उनीहरुले कृषकले भोगेका समस्या र स्वास्थ्य सेवामा सर्वसाधारणले भोग्नुपरेका कुरालाई बैठकको शून्यमा प्राथमिकताका साथ उठान गरेका हुन् । खासगरी संसदभित्रै पनि बोल्ने मौका पाउँदा सांसद अरु नै विषयमा टिकाटिप्पणीमा आफ्नो धेरै समय खर्चिन गरेका छन् । तर सोमबार प्रदेश १ को संसदमा सांसदहरुले जनजीविकाको सवाललाई गम्भीर रुपमा उठाए । प्रदेश १ का प्रदेशसभा सदस्यले रसायनिक मलको अभाव र किसानको स
बिर्तामोड/झापाको बिर्तामोडमा एक युवाले आत्मदहको प्रयास गरेका छन् । आज मंगलबार करिब ४ बजेतिर झापा विर्तामोड ७ घर भएका विजय चौधरीले आत्मदाहको प्रयास गरेको वर्तामोड इलाका प्रहरी कार्यालयले जनाएको छ । आत्मदाहबाट उनको शरीरको पछाडिको भाग जलेको छ । तत्काल उद्धार गरिएकोले अवस्था सामान्य रहेको, प्रहरीले बताएको छ । अहिले उनको विएण्डसी अस्पताल विर्तामोडमा उपचार भइरहेको पनि प्रहरीले जानकारी दिएको छ । दुई साताअघि इलामका प्रेम आचार्यको काठमाडौंमा आत्मदाहबाट मृत्यु भइ सकेको छ । के कारणले चौधरीले आत्महदको प्रयास गरेका हुन् भन्ने कुरा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिए ।
सिद्धिचरण राजमार्ग मिर्चैया–कटारी–घुर्मी सडकखण्डका नागरिक धुवाँ धुलोबाट पीडित भएको समाचार प्रकाशमा आएको छ । सो सडकखण्डको स्तरोन्नति नहुँदा त्यहाँका नागरिकलाई लुगा र खाद्य सामग्री जोगाउन समस्या भएको छ । यति मात्र होइन, खेतबारीका अन्नबाली तथा तरकारी जोगाउन पनि समस्या भएको कुरा समाारमा उल्लेख छ । धुवाँ धुलोका कारण त्यहाँका नागरिकले स्वच्छ हावामा श्वास फेर्न पनि पाएका छैनन् । यसबाट त्यहाँका नागरिकमा श्वास–प्रश्वाससम्बन्धी समस्या देखिन थालेको छ । सडक स्तरोन्नति हुन नसक्दा स्थानीयको जनजीवनमै नकारात्मक प्रभाव पर्न थालेको छ । धुलोले ढाकेर बालीनाली नसप्रिने समस्या किसानले भोगिरहेका छ
धरान / प्रदेश १ स्तरीय अल्फाबिटा अन्तर कलेज महिला पुरुष बास्केटबलको प्रतियोगितामा पुरुष तर्फ धरान मेघा हिमालयन कलेज, धरान सिटी कलेज, राष्ट्रिय जनसेवक कलेज इटहरी र आदर्श स्कुल अफ म्यानेजमेन्ट बिर्तामोड सेमिफाइनल प्रवेश गरेका छन् । सोमबार भएको क्वाटरफाइनल खेलमा राष्ट्रिय जनसेवकले युएन नवोदयलाई ५४– ३० अंकले र आदर्श स्कुल बिर्तामोडले इन्जिनियर क्याम्पस धरानलाई ४२ –२२ अंकले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेका हुन् । खेलमा राष्ट्रिय जनसेवक र युएन कलेजले प्रत्येक क्वाटरमा १२–६, १३–८, १२–५ र १७–११ अंक जोडेका थिए । यसै गरि दोस्रो खेलमा अदर्श स्कुल बिर्ताम
धरान / व्यस्त जीवनशैली, अस्वस्थ खानपिनसँगै व्यायमको अभावका कारण दिनप्रतिदिन शारीरिक तथा मानसिक रोगीको संख्या बढ्दै गएपछि धरान उपमहानगरपालिकाका वडाहरुले स्वास्थ्य जीवनयापनको लागि धमाधम व्यायामशाला निर्माण गर्न थालेका छन् ।धरान उपमहानगरपालिका वडा नं. १३ बाट सुरु भएको यो अभियान त्यसपछि धरान १८, धरान १४, धरान ७ मा खुल्ला व्यायामशाला निर्माण भएका छन् । पछिल्लो समय धरान १६ ले समेत व्यायामशाला निर्माण गरेको छ ।धरान उपमहानगरपालिका वडा नं. १६ ले धरान रंगशालाको गेट अगाडि व्यायामशाला निर्माण गरेको हो । व्यामशालाको उद्घाटन धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई साम्पाङले गरेका छन् । स्वस्थ जी
विजयपुर / धरान बजारको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएपछि धरान उपमहानगरपालिकाले यसको व्यवस्थापन गर्न एकतर्फी प्रणाली लागू गरेको छ ।धरानमा दैनिक बढ्दै गएको सवारी साधनको चापलाई मध्यनजर गर्दै यसको नियन्त्रण गर्दै अस्तव्यस्त ट्राफिक व्यवस्थापनका लागि धरानमा एकतर्फी प्रणाली सोमबारबाट गरेको होे । लागू गर्नुभन्दा पहिला धरानको भानुचौकमा एक कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रमपश्चात धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङ, जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानका प्रमुख प्रहरी निरीषक श्यामकुमार बस्नेत, इलाका प्रशासन कार्यालय धरानका प्रमुख चुडाराज भट्टराई, सशस्त्र प्रहरी टोली, जनपथ प्रहरी ट
विजयपुर / धरान उपमहानगरपालिका वडा नं. १७ को एक घरमा ग्याँस विस्फोट हुँदा आठ जना घाइते भएका छन् । धरान १७ रेल्वेस्थित आदर्श चौकमा सोमबार करिब ५ बजेतिर ग्याँस विस्फोट भएको थियो ।स्थानीय सविता राईको घरमा ग्याँस विस्फोट भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । राईको घरमा डेरा गरी बस्ने अञ्जना राईले ल्याएको कोशी ग्यास जोड्ने क्रममा ग्याँस लिक भएको थियो । कोशी कम्पनीको सो ग्याँस जोड्ने क्रममा विस्फोट भएको हुनसक्ने इलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्लले जानकारी दिएका छन् । स्थानीयका अनुसार ग्याँस लिक भएपछि बनाइदिन कोशी ग्याँसका कर्मचारीलाई अन्जनाले आग्रह गरेपछि कर्मचारी अनिश कार्की र ब
धरान / खेलकुदकाे विकासमा सरकारले बजेट छुट्याएको छ तर खेलकुदका गतिविधि चलायमान बनाउँदै आएका क्लबहरुले भने सरकारी स्तरबाट पर्याप्त बजेट नआएको गुनासो पोख्दै आएका छन् । वर्सौँदेखि खेलकुदलाई चलायमान बनाउँदै लगेका क्लबहरुले अहिले पनि रकम जुटाएर प्रतियोगिताको आयोजना गर्ने गरेका छन् । यसको प्रत्यक्ष उदाहरण हो धरान फुटबल क्लब । करिब तीन दशक अघि क्लब गठन गरेर पूर्वमा फुटबलको जग बसाल्ने काम गरेको क्लबले अहिले पनि सहयोग मागेरै बुढासुब्बा गोल्डकप सञ्चालन गर्नुपर्ने अवस्था रहेको छ । कोरोना तथा स्थानीय निर्वाचनका कारण दुई बर्ष प्रतियोगिता गर्न नसकेको अन्तर्राष्ट्रिय अमन्त्रण बुढासुब्बा गोल्डकपले