धरान / धरानका सामाजिक व्यक्तित्व तथा धरान सरोकार समाज काठमाडौंका अध्यक्ष प्रभुप्रसाद श्रेष्ठको निधन भएको छ । काठमाडौंमा रहेका धरानेहरु जुटाएर धरानको विकास निर्माणमा हातेमालो गर्ने उद्देश्यले स्थापित धरान सरोकार समाजका अध्यक्ष रहेका श्रेष्ठले धरानको विकास निर्माणका लागि राजधानीमा बसेर उल्लेख्य काम गरेका थिए । उनले धरानको विकास, निर्माणमा सहयोग पुरयाउन धरान सरोकार समाज गठन गरेका थिए । मृगौला रोगबाट पीडित उनको सोमबार दिउँसो निधन भएको छ । धरान–२ पुरानो बजारस्थित आफ्नै निवासमा मृगौलाको डायलासिस गराइरहेका उनी घरमै लडेपछि उनको टाउकोमा चोट लागेको र धरानस्थित बीपी कोइरा
वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकामा जारी दोस्रो संस्करणको वडा स्तरीय वराहक्षेत्र मेयर लिग कप रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता अन्तर्गत आइतबार भएको पहिलो खेलमा वडा नं ९ बिजयी भएको छ । वडा नं ९ ले वडा नं ४ लाई शुन्यका बिरुद्ब ६ गोलको अन्तरले पराजित गरेको थियो । दुई खेलमा लगातार जित निकाल्लेको वडा नं ९ ले प्रतियोगितामा ६ अंङ्क जोडेको छ । त्यस्तै दुई खेलमा पराजित बनेको वडा नं ४ ले अङ्क जोड्न सकेको छैन । खेलमा उत्कृष्ट प्रदशन गर्दै दुई गोल गरेका वडा नं ९ का सुरेशकुमार लिम्बु म्यान अफ द म्याच घोषित भए । उनले नगद २ हजार १ सय सहित ट्रफि प्राप्त गरेका थिए । त्यस्तै आइतबारनै भएको दोस्रो खेल
विराटनगर,/ पछिल्लो समयमा धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको आन्दोलनले यहाँको स्वास्थ्य उपचार र शैक्षिक कार्यक्रम अलपत्र परेको भन्दैं सुनसरी जिल्लाबाट निर्वाचित नेकपा एमाले सम्बद्ध प्रदेशसभा सदस्यहरुले कोशी प्रदेशका मुख्यमन्त्रीलाई ध्यानाकर्षण गराएका छन्न् । आइतबार मुख्यमन्त्री केदार कार्कीलाई ध्यानाकर्षण पत्र बुझाउदैं यहाँ भएको आन्तरिक समस्या सुल्झाउन संघीय सरकार र पदाधिकारीसँग आवश्यक समन्वय र सहजिकरण गर्न आग्रह गरेका हुन । स्वास्थ्य विज्ञानको क्षेत्रमा उच्च शिक्षा अध्ययन अध्यापन अनुसन्धान तथा स्वास्थ्य उपाचारको लागि धेरै महत्त्वपूर्ण संस्था हुँदाहुँदै पनि सो संस्था व
धरान/ महिलाहरुलाई पछिल्लो समय स्तन क्यान्सरको समस्या अत्याधिक देखिन थालेकोप्रति चिन्ता व्यक्त गर्दै चिकित्सकहरुले हेलचेक्र्याई नगर्न सुझाव दिएका छन् । लियो क्लब अफ घोपाको आयोजनामा धरान १७ को स्वास्थ्य केन्द्रमा स्तन क्यान्सरसम्बन्धी सचेतना कार्यक्रममा चिकित्सकले यस्तो सुझाव दिएका हुन् । स्तन क्यान्सर विशेष गरेर महिलामा हुने रोग हो । यो रोग लागेपनि धेरै महिलाहरुलाई रोगको विषयमा थाहा नहुँदा धेरै महिलाहरुले ज्यान गुमाउनु परेको छ । तर शुरुमै यसको उपचारसँगै आत्मबल बढाउन सके यो रोग सामान्य भएको चिकित्सकरुले बताएका छन् । सो अवसरमा बोल्दै स्तन रोग विशेषज्ञ डा. शारदा खड्काले समयमै जाँच गराउन न
धरान/ आज विश्व क्यान्सर दिवस । प्रत्येक बर्ष यस दिन नेपालमा कुनै न कुनै प्रकारको सचेतनात्मक कार्यक्रम हुने गरेको छ । यसै क्रममा धरान साइकिलिङ क्लबले भने विराटनगरसम्मको सचेतनात्मक र्यालीको आयोजना गरेका छन् । धरान साइकिलङ क्लबमा आवद्ध तथा अवुद्र्ध निवारण संघका पदाधिकारी, बीपी कोइराला स्वास्थ्य विज्ञानका चिकित्सक तथा नर्सलगायतको टोली विराटनगर प्रस्थान गरेको हो । विहान ८ बजे यो टोली धरानबाट विराटनगरतर्फ प्रस्थान गरेको हो । साशासिक खेलको रुपमा साकइलिङ प्रतियोगिताको आयोजना गर्दै आएको क्लबले प्रतिष्पर्धात्मक प्रतियोगिता आयोजना भने गरकेो होइन । प्रत्येक बर्ष फेब्रअरी ४ मा आयोजना हुने विश्
विराटनगर/ विराटनगरमा सुकुम्बासीको घर निर्माणमा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले श्रमदान गरेका छन् । मोरङ क्षेत्र नम्बर ५ का सांसद योगेन्द्र मण्डलले सुरु गरेको विराटनगर १६ दरैयाका सुकुम्बासी शिव राईको घर निर्माण अभियानमा शुक्रबार मुख्यमन्त्री कार्कीले श्रमदान गरेका हुन् । आर्थिक अभावका कारण राईका तीन छोराछोरीसहित पाँच जनाको परिवार झुपडीमा बस्दै आएको थियो । उनका लागि शुक्रबार सांसद मण्डलको पहलमा जस्तापाताले छाएको अस्थायी घर निर्माण भएको हो । घर निर्माण सामग्री जीवन विकास लघुवित्त वित्तीय संस्था कटहरीले उपलब्ध गराएको थियो । घरमा ओछ्याउन म्याट्रेस, त्रिपाल, कम्बल,भाडावर्तन र खाद्
वराहक्षेत्र/ वराहक्षेत्रको समग्र बिकासका लागि प्रदेस सरकार, संघीय सरकार तथा सरोकारवाला अन्य निकायहरुसंग सहकार्य एव समन्वय गरेर नगरपालिकाले काम गरि राखेको नगर प्रमुख रमेस कार्कीले बताएका छन् । नगरपालिका ठुला योजनासंगै बिकासका पुर्वाधारकालागि संघिय तथा प्रदेशका माननीय सांसदज्यु मन्त्रालय एव् निकायहरुसम्म पुग्ने स्थानीय सरकारकालागि पुलको काम गरि राखेको नगर प्रमुख कार्कीको भनाइ छ । विश्ब वातावरण दिवसको अवसरमा पर्यटकीय क्षेत्र अमाह सिमसारमा आयोजना भएको कार्यक्रममा नगर प्रमुख कार्कीले भने, ‘हामी स्थानीय सरकारका जनप्रतिनिधिहरु नगरपालिकाको बिकासका लागि लागि परेका छौ । संघीय तथा प्रदेश सर
सुनसरी/ उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) सुनसरीले हिसान शिक्षा पत्रकारिता पुरस्कारबाट सुनसरीका तीन जना पत्रकारलाई सम्मान गरेको छ । इटहरी स्थित कस्तुरी कलेजमा हिसान स्पोर्टस मिट २०८० को समापनको अवशर पारेर हिसान सुनसरीले पत्रकारिताको माध्यमबाट शैक्षिक जागरण तथा सचेतना विकास गर्न योगदान पुर्याएको भन्दै पत्रकार अर्जुन सुवेदी, भोजराज श्रेष्ठ र जयकृष्ण यादवलाई जनही नगद १० हजार पुरस्कार सहित सम्मान तथा पुरस्कृत गरेको हो । सुबेदी कान्तिपुर टेलिभिजनका सुनसरी संवाददाता हुन भने श्रेष्ठ ब्लष्टटाईम्स दैनिकका कार्यकारी सम्पादक हुन । यादव गोरखापत्र दैनिकका इनरुवा संवादद
वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकामा जारी दोस्रो संस्करणको वडा स्तरीय वराहक्षेत्र मेयर लिग कप रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता अन्तर्गत शनिबार वडा नं ६ र वडा नं ७ को बिच भएको पहिलो खेल बराबरीमा टुङ्गिएको छ । दुवै टिमबाट निर्धारित र अतिरिक्त समयमा एक– एक गोल भए पछि दुबै टिमले १–१ अङ्क बाँडेका थिए । प्रतियोगितामा दुई खेलमा एक खेलमा पराजित र एक खेलमा बराबरी खेलेको वडा नं ६ ले १ अंङ्क जोडेको छ । त्यस्तै दुई खेलमा एउटा खेलमा जित र एउटा खेलमा वराबरी खेलेको वडा नं ७ ले प्रतियोगितामा ४ अङ्क जोडेको छ । खेलमा उत्कृष्ट प्रदशन गरेका वडा नं ६ का गोल रक्षक आयुव बजगाई म्यान अफ द म्याच घोषित
झापा/ कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बालबालिकाको स्वास्थ्य र शिक्षालाई प्रदेश सरकारले प्राथमिकतामा राखेर काम गरेको बताएका छन् । साना सडक, मन्दिर र सामुदायिक भवनको योजना काटेर १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार गर्ने व्यवस्था मिलाएको बताउदै उनले भने, ‘मैले दश वर्षमुनीका बालबालिकाको निशुल्क उपचारको व्यवस्था गरेर अपराध गरेको छु भन्ने लागेको छैन, धेरै योजना काटिएको भन्दै विरोध हुने गरेको छ, बालबालिकाहरुको निशुल्क उपचार गर्ने व्यवस्था मिलाउनु मेरो अपराध हो ?’ शनिवार झापाको कमल गाँउपालिकालाई बालमैत्री शाषनयुक्त पालिका घोषणा गर्दै सामाजिक विकास मन्त्री समेत रहेका