सुनसरी । सुनसरीमा सबै भन्दा बढी इटहरीमा कोरोना संक्रमीत थपिदै गएका छन । शुक्रबार आज थपिएका ८ जना संगै इटहरीमा २ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार संक्रमण पुष्टि हुनेहरुमा इटहरी १२ का ४१ वर्षीय पुरुष, इलाका प्रहरी कार्यलय इटहरीका २९ वर्षीय पुरुष, शसस्त्र प्रहरी वल पकलीका २७ वर्ष देखि ३६ वर्षीय उमेर समुहका पुरुष रहेको इटहरी अस्पतालले जनाएको छ ।
धरान । बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानकि एक नर्सकि ४ महिने छोरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । धरानमा आज ४ महिने शिशु सहित अन्य ३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो संगै धरानमा संक्रमितको संख्या २ सय पुगेको छ । शुक्रबार आज कोरोना पुष्टि भएका हरुमा धरान ११ का ८५ वर्षीय पुरुष र अर्को धरान ११ ठेगाना लेखिएको अहिले सम्म सम्पर्कमा नआएको एक ३७ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले जानकारी दिए ।
विराटनगर, भदौ १८ / कोरोना भाइरसको बढ्दो संक्रमण र जोखिमलाई मध्यनजर गरी प्रदेश १ सरकारले विराटनगरमा थप एक हजार बेड बराबरको आइसोलेसन केन्द्र सञ्चालन गर्ने निर्णय गरेको छ । आज प्रदेश स्तरिय सिसिएमसीको भर्चुअल बैठकले विराटनगरका कम्तिमा एक हजार बेड हुने गरी आइसोलेसन केन्द्र बनाउने निर्णय गरेको हो । सिसिएमसिको भर्चुअल बैठकमा मुख्यमन्त्री शेरधन राईले एक हजार बेड क्षमताको थप आइसोलेसन केन्द्र यथाशिघ्र निर्माण गर्ने गरी अगाडि बढ्न एवं प्रदेश भित्र हालसम्म आइसोलेनको प्रयोगको अवस्था सहित विस्तृत विवरण तयार गर्न निर्देशन गर्नुभएको छ । आइसोलेसन निर्माणको जिम्मा सामाजिक विकास मन्त्रालयलाई जिम्मेवारी प्रदान
धरान भदौ १८ / धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारको क्रममा उनिहरुको मृत्यु भएको हो । बिहिबार दिउसो प्रतिष्ठानका कोभिड अस्पतालमा भर्ना भएका राजविराज ७ सप्तरीका ५० वर्षिय पुरूष र सोही स्थानकै ७७ वर्षिय पुरुषको दिउसो मृत्यु भएको हो । साथै उहाका अनुशार भदौ ७ गते प्रतिष्ठानको मेडिसिन वार्डमा भर्ना भएका उनको कोरोना पोजेटिभ देखिएपछी भदौ ८ गते देखी कोभिड अस्पतालको आइसियुमा उपचार भइरहेका थियो । प्रदेश नम्बर २ का दूइ जना सक्रमितको धरानमा ४५ मिनेटको फरकमा मृत्यु भएको छ । १.२०वजे प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ती भएका ५० वर्षिय पुरूषको आज दिउँसो २ बजे मृत्
काठमाडौ २०७७ भदौ १८ बिहीबार १६:२२:५४ प्रकाशित / आज थप १२ सय २८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगै नेपालमा संक्रमितको संख्या ४२ हजार ८ सय ७७ जना पुगेको छ । नेपालमा मृतकको संख्या २५७ जना पुगेको छ । पछिल्लो २४ घण्टामा थप ९ सय १७ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या २४ हजार २०७ जना रहेका छन् । बिहीबार काठमाडौंमा ३५७, ललितपुरमा ४६ र भक्त
धरान । सुनसरीमा कोरोना संक्रमितको संख्या ८ सय ५२ पुगेका छन् । उनीहरु मध्ये ३ सय ९४ जना निको भएर घर फर्किसकेका छन् भने ४ सय ५२ जना अझै उपचारमै रहेका छन् । जनस्वास्थ्य कार्यालय सुनसरीका अनुसार विगत २४ घण्टामा सुनसरीमा २४ जना कोरोना संक्रमित थपिएका छन् । कोरोना संक्रमण पुष्टि हुने हरुमा धरान उपमहानगरपालिकाका १९ जना, बर्जु गाउँपालिकाका २ जना इटहरी उपमहानगरपालिकाका २ जना र भोक्राहा गाउँपालिकाका १ जना रहेका छन् । जिल्लामा निषेधाज्ञा खुकुलो भएकाले कोरोनाको जोखिममा रहेका शहरहरुमा संक्रमितको संख्या बढ्न सक्ने स्वास्थ्यकर्मीहरुको भनाई छ ।
धरान । बुधबार साँझ १७ जना सहित विहिबार बिहान भेटिएका २ जना गरि धरानमा चौबिस घण्टामा १९ जनामा थप कोरोना संक्रमण पुष्टि भएको छ । धरानमा बुधवार साँझ ११ जना फुस्रे क्याम्पका नेपाली सेना र ५ जना भारतीय सेना सहित १७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने विहिरबार दुई जनामा कोरोना संक्रमण पुष्टि भएको धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले बताए । उनका अनुसार बुधबार पुष्टि भएका कोरोना संक्रमितहरुको भदौ १५ गते एन्फा क्वारेनटाइनमा पिसिआर परिक्षण गरिएको थियो । ९३ जनाको पिसिआर परीक्षणमा १७ जनाको रिपोर्ट पोजिटिभ आएको थियो । यसै गरी धरान ११ को किसान पथ निवासी एक जना ५७ बर्षीया मह
सुनसरी भदौ १७/ वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक डिनमा प्राध्यापक डाक्टर शिवेन्द्र झा नियुक्त भएका छन् । झालाई प्रतिष्ठानको नियमावली, २०५५ को नियम २०.४ को उपनियम (१) बमोजिम प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर ज्ञानेन्द्र गिरिले बुधबार शिवेन्द्र झालाई डीन नियुक्त गरेका हुन् । प्रतिष्डानका शिक्षाध्यक्ष प्राध्यपाक डाक्टर गुरुप्रसाद खनालको सिफारिशमा फरेन्सिक विभाग प्रमुख समेत रहेका प्राडा झा शैक्षिक डिनको रुपमा उपकुलपतिले नियुक्त गरेको प्रतिष्ठानका प्रवक्ता प्राध्यपक डाक्टर निदेश सापकोटाले जानकारी दिए । प्रवक्ता सापकोटाका अनुसार प्राडा झा संकाय तर्फका परीक्षा बाहेक सम्पू
इटहरी । कोरोना भाइरसको संक्रमित नभेटिएको इटहरीको चार वटा वडाहरू मध्ये २ वडामा संक्रमण फैलिएसंगै सो क्षेत्रहरू उच्च जोखिममा परेको छ । यस अघि इटहरीको वार्ड नं ३ , १० , १३ र १५ मा एक जना पनि संक्रमण देखिएको थियन। तर इटहरीको वार्ड नं १३ मा एकै दिन ११ जना पुरूष र वार्ड नं १० को दुइ पुरूषमा कोरोना पोजेटिभ देखिएपछि दुवै वडाहरू संक्रमणको उच्च जोखिममा परेका हुन । बुधबार एकै दिन इटहरीमा ५८ जनामा संक्रमण पुष्टि भएसंगै लामो समयदेखि भाइरसबाट जोगिदै आएको ४ वटा वडाहरूमध्ये १३ र १० पनि जोखिममा परेका छन् । अन्य वडाहरुमा संक्रमण फैलिए पनि एक जनापनि संक्रमित पुष्टि नभएको इटहरीको वडा नं १३ मा बुधबार एकैदिन ११ ज
धनकुटा, १७ भदौं / धनकुटामा जारी निषेधाज्ञा केही खुकुलो बनाउँदै भदौं २२ गते राति १२.०० बजेसम्मलाई थप गरिएको छ । भदौं ११ गतेदेखि जारी गरिएको निषेधाज्ञा तेस्रो पटक थप गरिएको हो । कोरोना भाइरसको परिक्षण गर्ने क्रममा भदौ १३ गते कोभिड–१९ को पिसिआर परिक्षणको नतिजा अनुसार धनकुटामा १३ जना प्रहरी सहित १९ जनामा संक्रमण देखिएको थियो । उनीहरुको कन्ट्राक्ट ट्रेसिङमा रहेकाहरुको पिसिआर परिक्षण रिपोर्ट आउन बाँकी रहेकाले पाँच दिनको लागि निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी केशव प्रसाद विमलीले बताए । निषेधाज्ञाको समय थप गरिएसँगै केही खुकुलो पनि पारिएको छ । १९ जना संक्रमितहरु भने अहिले धनकुटाको औद्य