मोरङ / विराटनगर–३ कञ्चनबारीस्थित आर्या न्यूरो हस्पिटलमा पहिलो पटक ‘पाईका एन्युरीज्म क्लिपिङ’ को सफल शल्यक्रिया भएको छ । मुटुमा आरएचडि रियूम्याटिक हर्ट डिजिटको कारणले मस्तिष्कभित्र हुने पाईका एन्युरीज्म क्लिपिङको आर्या न्यूरो हस्पिटलमा पहिलो पटक सफल शल्यक्रिया भएको हो । झापाको हल्दीबारी गाउँपालिका –१ गोलधापस्थित ३३ वर्षीया मन्जु कटुवालको मस्तिष्कको पछाडी भागमा रहेको पाईका एन्युरीज्म क्लिपिङको सफल शल्यक्रिया भएको अस्पतालका डाइरेक्टर दिनेश ठाकुरलले जानकारी दिए । तीन हप्ता अगाडी टाउँको दुखेर पिडा भएपछि कटुवाल झापाको मेची र पाथीभारा हस्पिटल गएकी थिइन् । सो हस्पिटलमा उपचार
धरान / न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटल द्धारा सञ्चालित न्युरो हेल्थ कलेजका नयाँ आगन्तुक विद्यार्थीहरुलाई स्वाग र अध्ययन सकेका विद्यार्थीहरुलाई विदाई गरिएको छ । न्युरो अस्पतालका अध्यक्ष तथा बरिष्ठ न्युरोलोजिष्ट डा.बिरेन्द्र कमार विष्ट, कोशी अस्पतालका मेडिकल सुपरिडेन्ट डा.रविन राज सिंह,न्युरो अस्पतालका अपरेशनल डाइरेक्टर राजेश भट्टराई लगायत कलेजका शिक्षक, शिक्षिकाको उपस्थितिमा बिधार्थीहरुसँग बधाई तथा शुभकामना साटासाट गरेका थिए । सिटिइभिटी अन्तगर्त स्टाफ नर्स तथा हेल्थ असिस्टेन्ट पढाई हुदै आएको न्युरो हेल्थ कलेज प्राविधिक शिक्षा तर्फ पुर्वान्चलमा उत्कृष्ट नतिजा ल्याउने कलेजको
विराटनगर / प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले मोरङको सुन्दरहरैंचा नगरपालिका–१० बरपिपल टोल निवासि बाटुली विश्वकर्माको निःशुल्क उपचार गराइदिएका छन् । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालकसमेत रहेका डा.शर्माले मुटुमा रगत जमेको र मस्तिष्कको नसामा समस्या देखिएकी विश्वकमाको आर्थीक अबस्था कमजोर भएकि विपन्न परिवारकी ५५ वर्षीया विकलाई नोबेल अस्पताल ल्याई निःशुल्क उपचार गराइदिएका छन । मुटुरोगले सताएकि बाटुलि उपचार गर्ने पैसा जुटाउन नसके पछि पीडा सहेर घरमै थलिएर बसेको अबस्थामा देखेपछि उनको उपाचार गर्ने शर्मा अस्पताल भर्ना गरेका हुन । विक सुकुना खोला बगरमा ऐलानी जग्गामा टाटीको झुपडीमा एक्ल
धरान / त्रिद्वेशीय व्यापारिक सडक जोगबनी किमाथांका सडकको निर्माण काम सुस्त गतिमा बढ्दा यातायात व्यवसायी, व्यापारी तथा सर्वसाधारणलाई सास्ती हुदै आएको छ । समयमै काम नसक्दा अहिले यो बाटो सम्पन्न गर्न सम्बन्धित पक्षसमेत गम्भीर बनेका छन् भने यातायात व्यवसायी, उद्योगी तथा सर्वसाधारणले सडक चाडो सम्पन्न गर्न सम्बन्धित पक्षसँग आग्रह गर्दै आएका छन् । जोगबनीदेखि किमाथांकासम्म यो सडकको दूरी ३९० किमी हो । विराटनगरको रानीदेखि धरानसम्मको ४९ किलोमिटरमध्ये सुनसरी दुहवी, इटहरीको बजार एरियाबाहेक तराहरासम्म निर्माण भइसकेको छ । यस्तै सेउतीपुलदेखि धरान ८ तीन कुने सम्मको सडक निर्माण कार्य भइरहेको छ भने तराहरा
धरान / धरान ८ वरगाछी महिला समूहले निम्न आय भएका सर्वसाधारणलाई लक्षित गरी निःशुल्क आँखा चेकजाँच शिविरको आयोजना गरेको छ ।शनिबार धरान ८ नरसिंह मिनिी माकेर्टमा धरान सूर्य आइ केयरको प्राविधिक सहयोगमा निःशुल्क आँखाचेकजाँच, औषधि वितरण र चश्माको चेकजाँच समेत गरेको छ । सूर्य आइ केयरकी आँखा विशेषज्ञ डा. इच्छा जोशीसहितको ६ जनाको टिमले शिविरमा आएकाहरुलाई चेकजाँच गरेका थिए । शिविरबाट १ सय ४५ जनाले सेवा लिएको समूहकी अध्यक्ष चन्द्रकला प्रधानले बताइन् । उनका अनुसार चेक जाँच गराउन बाँकी रहेका ४५ जनालाई सूर्य आइकेयरले आफ्नै केन्द्रमा चेकजाँच गराउने भएको छ । निम्न आय भएकाहरुलाई लक्षित गरी शिविरको आय
धरान / धरान १६ मा रहको नवोदय विद्या मन्दिरको प्राङ्गणमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा.प्रशान्त शाहद्वारा निःशुल्क मुटुरोग परीक्षण सम्पन्न गरिएको छ । सो अवसरमा ६२ जनाले परीक्षण गराएका थिए । वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मुटुरोग विशेषज्ञ डा.प्रशान्त शाहले स्कुलका अभिभावक लगायतको मुटुरोग परिक्षण गरेका हुन् । परिवर्तनका लागि सामाजिक अभियान धरानको आयोजना र नवोदय विद्या मन्दिर बोर्डिङ स्कुल र यु.एन. कलेजको सहकार्यमा ६० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकलाई लक्षित गरेर निःशुल्क मुटु परीक्षण गरिएको थियो । सो अवसर।मा मुटुरोग परीक्षणका साथै सुगर परिक्षण गरिएको थियो । स
धरान / राजधानीस्थित भारतीय राजदुतावासबा रक्षा सहचरी कर्णेल अमितकुमार शर्माले वीर नारी पदक प्राप्त गर्ने भूपू सैनिकहरुको सूचीबोर्ड उद्घाटन गरेका छन् । रक्षा सहचरी शर्माले गत बिहीबार धरानस्थित पेन्सन वितरण कार्यालयमा सूचीबोर्ड उद्घाटनसँगै ह्वियलचियर, राष्ट्रपति प्रमाणपत्र, वाकिङ एड लगायत वीर नारीहरुलाई सम्मान गरेका थिए । युद्धका क्रममा बैरीहरुलाई परास्त गर्ने वीर सैनिकहरुको पहिलो पटक पेन्सन वितरण कार्यालय धरानले कार्यालय हाताभित्र सूची बोर्ड तयार गरेको छ । सो कोे शर्माले औपचारिक रुपमा समुद्घाटन गरेका हुन् । सो अवसरमा उनले सूचीबोर्डमा परेका वीर सैनिकहरुलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
धनकुटा / मुलघाटको उखु भन्ने वित्तिकै नेपालमै रसिलो उखुको रुपमा लिइन्छ । नीजि सवारी साधनमा होस् वा यात्रुवाहक बसमा यात्रा गर्ने जो कोहीले तमोर नदी छेउमा विक्री गर्न राखिएको उखु खरिद गर्छन् र कोसेलीको रुपमा लाने गर्छन् । तमोर नदी छेउमा रहेको प्रहरी चेकपोष्ट नजिक उखु विक्री व्यापारीहरु ग्राहकको पर्खाइमा बसेका हुन्छन् । कुनै पनि सवारी साधन त्यहाँ रोक्यो कि उखु विक्री गर्न उनीहरुहरुबीच हानाथाप हुने गर्छ । सवारी साधन रोक्ने वित्तिकै उनीहरु झ्याल झ्यालमा उखु बोकेर आउँछन् र उखु खरिद गर्न यात्रुहरुलाई आग्रह गर्छन् । तेह्रथुम जिरिखिम्तीका उमेश गौतमले धरान पुगेर फर्किइसकेपछि तेह्रथुम जादा मुलघाटमा
मोरङ / कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आगमी आर्थिक वर्षको बजेट तर्जुमा गर्दा रोजगारी सिर्जना गर्ने, राजस्व वृद्धि हुने र सौन्दर्यकरण हुने योजना तर्फ ध्यान दिन स्थानीय तहका जनप्रतिनिधिहरुलाई निर्देशन दिएका छन् । मङ्गलबार गाउँपालिका राष्ट्रिय महासंघ नेपालको कोशी प्रदेशको दोस्रो अधिवेशनको उद्घाटन गर्दै सो कुरा बताएका हुन् । मुख्यमन्त्री कार्कीले पहुँचका आधारमा विकासको बजेटलाई जथाभावी रुपमा सडक, पुल र भवन जस्ता अनुत्पादक क्षेत्रमा खर्च गर्न नहुने बताए । अहिलेकै गतिमा सडक, पुल र भवन निर्माणमा बजेट खर्च गर्दै जाने हो भने आगमी तीन वर्षमा तिनको मर्मत सम्भारका लागि बजेटको आकारला
इलाम / इलामका ग्रामीण क्षेत्रको मुख्य आम्दानीको श्रोत अदुवा खेती हो । धेरै जसो किसानले घर खर्च चलाउनका लागि अदुवा खेती गर्ने गरेका छन् । अहिले सम्म खेती गरेका कतिपय किसानले प्राविधिक ज्ञान पाउन सकेका छैनन् । खेतीको ज्ञान नभएको कारण अदुवा खेती गर्ने किसानले सोचे अनुसारको आम्दानी लिन सकेका छैनन् । पछिल्लो समय अदुवा खेतीमा किरा लाग्ने र गानो कुहिने गरेको कारण अदुवा खेतीमा किसानको आकर्षण घट्ने गरेको पाईएको छ । अदुवामा गानो कुहिने रोग देखा परेपछि इलाम सहित पूर्वी नेपालका धेरै जिल्लाका कृषकहरू समस्यामा परेका छन् ।आम्दानीको श्रोतका रूपमा रहेको अदुवा खेती मर्न थाले सँगै खेती गर्ने किसान प