धरान/ सुनसरीको इनरुवामा ९१५ किलोभन्दा बढी गाँजा सहित चार जना पक्राउ परेका छन्। इनरुवा नगरपालिका–४ स्थित हनुमान मन्दिर नजिकै ज्ञानोदय टोलमा रहेको बुलबुल यादवको घरबाट प्रहरीले ९१५ किलो ६८० ग्राम गाँजा बरामद गरेको हो। लागूऔषध गाँजा बिक्री वितरण भइरहेको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले आईतबार बिहान १ः३० बजे बुलबुल यादवको घरमा खानतलासी गरेको थियो। सो क्रममा लुकाइछिपाइ राखिएको उक्त पदार्थ र प्र.१–०२–००१ प ९१९९ नम्बरको मोटरसाइकल फेला परेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा इनरुवा नगरपालिका–४ का ३६ वर्षीय बुलबुल यादव, २३
धरान/ सुनसरीको धरान–८ भोटेपुलस्थित कोशी लोकमार्गमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा धनकुटाका ३६ वर्षीय दीपेन्द्र राज राईको घटनास्थलमै मृत्यु भएको छ । बिहीबार दिउँसो करिब ३ः३० बजे धरानबाट इटहरीतर्फ जाँदै गरेको को १–०२–०५९ प ३०९३ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आएको प्र १–०२–००२ ख ०९५९ नम्बरको ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक धनकुटा नगरपालिका–९ बेलहराका राईको घटनास्थलमै मृत्यु भएको हो । घटनापछि इलाका प्रहरी कार्यालय धरानबाट प्रहरी निरीक्षक वबिन राईको कमान्डमा खटिएको टोलीले ट्रक र मोटरसाइकल नियन्त्रणमा लिएको छ । प्रहरीले
धरान/मोरङको विराटनगरस्थित कारागारमा लागुऔषध छिराउन खोज्ने दुई महिला पक्राउ परेका छन्। पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका–११ का मेलिना तामाङ र पूर्णिमा तामाङ रहेका छन्। बिहीबार दिउँसो १२ः३० बजे विराटनगर महानगरपालिका–८ हाटखोलास्थित कारागारको मुख्य गेटमा नियमित जाँच गर्ने क्रममा उनीहरूले वस्त्रको प्याडभित्र लुकाएर ल्याएको लागुऔषध फेला परेको हो। उनीहरूबाट हरियो रङका २४० थान र सुन्तला रङका २४० थान गरी कुल ४८० थान ट्याबलेट लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ। दुवै महिलालाई आवश्यक कारबाहीका लागि कारागारमा खटिएको नेपाल प्रहरीको टोलीलाई बुझाइएको छ।
धरान/ सुनसरीको धरानमा सार्वजनिक बसमा सवार एक जना यात्रु ब्राउन सुगर लागूऔषधसहित पक्राउ परेका छन्। बिहीबार बिहान ११ः२० बजे धरान उपमहानगरपालिका–८ भोटेपुलस्थित प्रहरीले चेकजाँच गर्ने क्रममा बराहक्षेत्र नगरपालिका–२ निवासी ५१ वर्षीय मिलन बस्नेत पक्राउ परेका हुन्। इटहरीबाट धरानतर्फ आउँदै गरेको सार्वजनिक बसमा सवार बस्नेतमाथि शंका लागेपछि खानतलासी गर्दा उनको साथबाट ३ ग्राम २२० मिलिग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले उक्त पदार्थसहित बस्नेतलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय धरानमा ल्याएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
धरान/सुनसरीको धरान–८ बरगाछी चोकमा सामान्य पारिवारिक विवादले झैझगडाको रूप लिएपछि चार जना प्रहरी नियन्त्रणमा परेका छन्। प्रहरीका अनुसार असोज २८ गते राति करिब ९ः१० बजे विकास राई, रिना राई, र २२ वर्षीय देवराज धामी र देवराजकी श्रीमतीबीच पारिवारिक विषयलाई लिएर विवाद भएको थियो। घटनाबारे जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी चौकी बरगाछीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धरानमा राखेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
धरान/ लागूऔषध मुद्दामा ६ महिना कैद र १ लाख ५ हजार रुपैयाँ जरिवाना फैसला भएका फरार प्रतिवादीलाई प्रहरीले धरानबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–५ निवासी ३४ वर्षीय अमृत भनिने अपिन तामाङ रहेका छन्। अदालतको फैसलापछि फरार रहेका तामाङलाई असोज २७ गते राति ११ः५५ बजे धरान–५ स्थित तल्लो देउराली चोकबाट अस्थायी प्रहरी चौकी देउरालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। जिल्ला अदालत सुनसरी, इनरुवाको २०८२ माघ २२ गतेको फैसलाअनुसार लागूऔषध मुद्दामा उनलाई ६ महिना कैद र १ लाख ५ हजार रुपैयाँ जरिवाना तोकिएको थियो। पक्राउ परेका तामाङलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी
धरान/ मोरङको केराबारी गाउँपालिका–८ मा रोटेपिङ खेल्ने क्रममा लडेर आठ वर्षीय बालक गम्भीर घाइते भएका छन् । स्थानीय दुर्गा मन्दिरमा रहेको रोटेपिङ खेल्ने क्रममा केराबारी–८ का चन्द्र खड्काका छोरा सार्थक खड्का शुक्रबार साँझ लडेर घाइते भएका हुन् । प्रहरीका अनुसार शुक्रबार साँझ करिब ५ बजे रोटेपिङबाट लडेका बालकको टाउको, छाती र अनुहारमा चोट लागेको छ । घाइते बालकलाई उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ होममा ल्याइएको छ । अस्पतालका अनुसार उनको अवस्था गम्भीर छ ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
धरान/ आगलागीलगायत विपद्का घटनाबाट हुने जनधनको क्षति न्यूनीकरण तथा आपत्कालीन प्रतिकार्यलाई प्रभावकारी बनाउने उद्देश्यले सुनसरीमा सुरक्षा निकायको संयुक्त नमुना अभ्यास गरिएको छ । नेपाली सेना श्री भगवतीदल गणको आयोजना तथा जिल्ला प्रशासन कार्यालय सुनसरीको समन्वयमा आज धरान उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्र परिसरमा आगलागी नियन्त्रण तथा उद्धारसम्बन्धी नमुना अभ्यास गरिएको हो । अभ्यास कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, धरान उपमहानगरपालिकाको दमकल टोली र नगर प्रहरीको संयुक्त टोलीले आगलागी नियन्त्रण, बारुणयन्त्रको प्रयोग, घाइतेको उद्धार र प्राथमिक उपचारल
झापा/ झापाको दमकस्थित बेलडाँगी शरणार्थी शिविरमा घरायसी विवादका क्रममा भएको कुटपिटमा तीन महिनाका शिशुको मृत्यु भएको छ। ससुराले बुहारीमाथि कुटपिट गर्ने क्रममा उनको काखमा रहेका शिशु घाइते भएका थिए। दमक नगरपालिका–३ स्थित शिविरको सेक्टर डी–२ मा बिहीबार दिउँसो करिब १ः२० बजे एकै परिवारका सदस्यबीच घरायसी विषयलाई लिएर विवाद भएको थियो। विवादका क्रममा ६८ वर्षीय मनबहादुर तामाङ, उनकी ६२ वर्षीया श्रीमती आशा तामाङ, ३४ वर्षीय छोरा फुर्बासिंह तामाङ र ३८ वर्षीया बुहारी बिमला भारतीबीच झगडा भएको प्रहरीले जनाएको छ। झगडाका क्रममा मनबहादुरले बुहारी बिमलामाथि कुटपिट गर्दा उनको काखमा रहेका तीन महिनाका
इनरुवा/ सुनसरी जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले च्यापेर पीडामा छटपटाइरहेकी एक महिलालाई तीन घण्टासम्म अस्पतालको सिँढी तथा प्यासेजमा राखेर स्वास्थ्य परीक्षण एवम् बेड भर्नासमेत नगरी फिर्ता पठाइएको घटना सार्वजनिक भएको छ । सुनसरीको कोशी गाउँपालिका वडा नं.–३ जमुवा निवासी शर्मिला सदा मुसहरलाई सुत्केरी व्यथाले च्यापेपछि उहाँका श्रीमान् देवकुमार सदा र जेठानी फगुनी सदाले सुत्केरी गराउन बुधबार राति जिल्ला अस्पताल इनरुवा ल्याउनुभएको थियो । श्रीमान देवकुमारका अनुसार शर्मिलालाई सुत्केरी व्यथाले च्यापेर छटपटाइरहेको अवस्थामा अस्पतालको भुइँतलामा छाडेर उहाँहरू अस्पतालको माथिल्लो तला