शिक्षा

    Showing १,३२१-१,३३० of १,९२४ items.
  • लाइसेन्स भाडामा लगाउदा फर्मासिस्ट पेशा बदनाम

    मोरङ/ दक्ष फर्मासिस्टहरु गुणस्तरिय स्वास्थ्य प्रणालीका खम्बा भएकोले कसैले पनि आफनो लाईसेन्स भाडामा लगाउन नहुने विज्ञ शिक्षक, अध्यनरत बिद्यार्थीहरुले गुनासो गरेका छन । मनमोहन प्राविधिक विश्वविद्यालयको मेडिकल एण्ड एप्लाईड हेल्थ साईन्स स्कुल अन्र्तगत स्नातक तहमा बीफार्मेसी अध्ययन गरिरहेका बिद्यार्थी र विज्ञ शिक्षकहरुले विश्व फर्मासिस्ट दिवसको अवसरमा आयोजित कार्यक्रममा लाइसेन्स भाडामा लगाएर औषधी बेचबिखन गर्दा सिँगो पेशा बदनाम भैरहेको गुनासो गरेका हुन । उनीहरुले देशमा दक्ष फर्मासिस्टहरुको माग उच्च भएकोले उच्च तहको शिक्षामा सबैको पहुँच हुनुपर्नेमा बताएका छन । फार्मासिस्ट तथा मनमोहन प्राविधिक

    • प्रकाशित मितिः असोज १०, २०८०
    • ७९४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • शिक्षक महासंघले गर्‍यो सहमती, राहत शिक्षक अझै आन्दोलनमा

    धरान/  विद्यालय शिक्षा सम्बन्धी संसदमा दर्ता भएको विधेयकमा असन्तुष्ट जनाउँदै आन्दोलनमा उत्रिएको नेपाल शिक्षक महासंघले सरकार सँग सहमति गरे पनि राहत शिक्षकहरुले आन्दोलनलाई निरन्तरता दिएका छन् । महासंघले गत शुक्रबार सरकार सँग ६ बुँदे सहमित गर्दै सम्पुर्ण आन्दोलनका कार्यक्रम फिर्ता लिएको थियो तर राहत शिक्षकहरुले भने शनिबार पनि आन्दोलनलाई निरन्तरता दिदै धर्नामै रहेका छन् । नेपाल राहत शिक्षक केन्द्रीय समितिको अगुवाईमा राहत शिक्षकहरुले शनिबार पनि काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शनमा उत्रिएका छन् ।महासंघले धोका दिएको भन्दै आफूहरुको माग पूरा नहुँदासम्म आन्दोलन जारी राख्ने राह

    • प्रकाशित मितिः असोज ७, २०८०
    • ७६० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • महानगरपालिकाद्वारा एकीकृत बालस्वास्थ्य शिविर सञ्चालन

    विराटनगर/  विराटनगर महानगरपालिकाले एकीकृत बालस्वास्थ्य शिविर सञ्चालनमा ल्याएको छ । महानगरले वडा नम्बर १९ स्थित वैजनाथपुर अस्पतालमा शुक्रबारदेखि एकीकृत बालस्वास्थ्य शिविर सञ्चालन ल्याएको हो । विराटनगर महानगरपालिकाकी कार्यबाहक मेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत, वडा नम्बर १९ का अध्यक्ष श्याम घिमिरेको उपस्थितिमा बालस्वास्थ्य शिविर सुरु गरिएको हो । पोषण स्थिति सुधार गर्दै बालबालिकाहरूमा बिरामीदर र मृत्युदर कमी ल्याउने उद्देश्यका साथ महानगरले बालस्वास्थ्य शिविर सुरु गरेको स्वास्थ्य महाशाखा प्रमुख हैदर अली

    • प्रकाशित मितिः असोज ५, २०८०
    • ७६८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सितोरियो करातेमा विद्यार्थीको आकर्षक

    धरान/  नेपालले सितोरियो करातेमा गरेको प्रगतिसँगै यस खेलप्रति रुचि राख्नेहरुको संख्या समेत बढ्दै गएको छ । यो खेल नेपालको लागि लोकप्रिय भएसँगै साना उमेरका बालबालिका तथा किशोर किशोरी समेत खेलतर्फ आकर्षित हुदै गएका हुन् । सितेरियो कराते खेलमा नेपालले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलहरुमा धेरै प्रगति गरेको पाइएको छ । यसको प्रतिनिधित्वको धरानबाट धेरै भएको पाइएको छ । पछिल्लो समय यो खेल लोकप्रिय खेलको रुपमा लिन सकिन्छ । अहिले धरानमा विद्यालय अध्ययन गर्ने बालबालिकादेखि किशोर किशोरीहरु समेत आकर्षित बन्दै गएका हुन् । यस खेलको विकासका लागि नेपाल सितेरियो करातेसँघ गठन भएको छ भने सरकार

    • प्रकाशित मितिः असोज ५, २०८०
    • ९४३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ठेकेदारलाई कारवाही गर

    हामीकहाँ ‘असारे विकास’ को प्रवृत्ति अघोषित परम्परा नै बन्न पुगेको छ । आर्थिक वर्षको अन्तिम महिना असार हो । काम हुन नसकी बजेट फिर्ता हुने बेला भएपछि पैसा सक्न अन्तिम समयमा हतार–हतार गरिने विकास निर्माणलाई असारे विकास भन्ने गरिन्छ । यस्तो काम हतारमा गरिने भएकाले गुणस्तरीय हुँदैन । हाम्रो देशमा असारे विकास परम्पराकै रूपमा स्थापित भएको छ । यस्ता विकास टिकाउ पनि हुँदैनन् । देशको कुनै एक क्षेत्रमा मात्र होइन, यस्तो प्रवृत्ति हरेक क्षेत्रमा देखिन्छ । ठूल्ठूला पुल, भवन र सडक संरचनाहरू यस्तै असारे विकासको शिकार हुने गरेका छन् ।     धरान–९ को सिद्ध

    • प्रकाशित मितिः असोज ५, २०८०
    • ८१३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • शिक्षकहरु आन्दोलनमा देशैभरी पठन–पाठन प्रभावित

    धरान/ सामुदायिक विद्यालयका शिक्षकशिक्षिकाहरु काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी हुँदा स्थानीय तहका विद्यालय बन्द भएका छन् । नेपाल शिक्षक महासंघ राष्ट्रिय समितीद्वारा घोषणा गरिएको काठमाण्डौं केन्द्रित आन्दोलनमा स्थानीय तहका शिक्षकहरु सहभागि हुन गए पछि विद्यालय बन्द भएका हुन् । शिक्षकहरु आन्दोलनमा उत्रिएसँगै सामुदायिक विद्यालयको पठनपाठन अस्तव्यस्त बनेको छ । आन्दोलनकै कारण सामुदायिक विद्यालयमा पठनपाठन प्रभावित भएको छ । विद्यार्थीहरु विद्यालय पुगेर फर्किएका छन् । संसदमा गत भदौ २७ गते विद्यालय शिक्षा विधेयक २०८० दर्ता भएपछि त्यसको विरोधमा शिक्षकहरु आन्दोलित भएका हुन् सरोकारवालासँग छलफल नै

    • प्रकाशित मितिः असोज ५, २०८०
    • ८८८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विद्यार्थीको क्षमता अभिवृद्धि गर्न चित्रकला प्रतियोगिता

    धरानः चित्रकलाको माध्यमबाट विद्यार्थीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले एकल विद्यालय नगर समितिले विद्यार्थीहरु सामेल गराएर चित्रकला प्रदर्शनीको आयोजना गरेको छ । यो समितिले समय समयमा यस्ता क्षमता भएका विद्यार्थीहरुको क्षमता अभिवृद्धि गर्न विभिन्न कार्यक्रमको आयोजना गर्ने गरेको छ । पछिल्लो समय यो समितिले विद्यार्थीहरुलाई सहभागी गराई चित्रकला प्रदर्शनको आयोजना गरेको छ । विद्यार्थीहरुको क्षमता अपार हुने र बालबालिकाको क्षमतालाई चित्रमार्फत प्रदर्शन गर्न सहयोग पु¥याउन पनि चित्रकला प्रतियोगिताको आयोजना गरिएको कार्यक्रम संयोजक सुदा सोनीले बताइन्। प्रतिष्पर्धामा धरान उपमनगरपालिकाभित्र रहेका

    • प्रकाशित मितिः असोज २, २०८०
    • ९३८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वीपीका चिकित्सक पनि आन्दोलित

    धरान/ धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुले आकस्मिक कक्षबाहेकका सबै सेवा ठप्प पारेर धर्नामा बसेका छन् । केही समय अगाडि हेटौडाको सञ्चो अस्पतालमा उपचारका एक विरामीको उपचारकै क्रममा मृत्यु भएको थियो । चिकित्सकको लापारबाहीका कारण मृत्यु भएको भन्दै मृतकका आफन्तले सोही अस्पतालका चिकित्सक डा. विकास थापा र डा. प्रशान्त विडारीमाथि गत भदौ २७ गते हातपात गरेका थिए । चिकित्सकहरु असुरक्षित भएको भन्दै सुरक्षित काम गर्ने वातावरण हुनुपर्ने भन्दै सेवा ठप्प पार्दै धर्ना दिएका हुन् । चिकित्सकमाथि भएको आक्रमणको घोर निन्दा गर्दै नेपाल चिकित्सक संघ केन्द्रीय कार्यालयको सर्कुलर अ

    • प्रकाशित मितिः असोज २, २०८०
    • ९०० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दुहबीमा तृतीय संस्करणको मिसेस तिज प्रतियोगिता हुने

     सुनसरी/  दुहबीमा नेपालीहरुको महान चाड हरितालिका तिजको पावन अबसरमा दुहबी नगरपालिकाका १२ ओटै वाडाका महिलाहरुलाइ लक्षित गरि महिलाहरुको क्षमता अभिबृधि गर्ने उदेश्यले दुहबी जेसिजको आयोजनामा तथा दुहवी नगरपालिकाको संयोजनमा तृतीय संस्करणको मिसेस तिज २०८०हुने भएको छ । संस्कृती जगेर्ना गर्न र भड्किलो हुँदै गएको तिज पर्वलाई बिकृती हुन बाट रोक्न साथै विवाहित महिलाको क्षमता अभिवृद्धि तथा अन्तर निहित प्रतिभाको प्रष्फुटन गराउन उद्धेश्यले दुहवी जेसीजले दुहबी न.पा. का १२ वटै वडाका महिला दिदीबहीनीहरु लाई एउटै छातामुनी भेला गराई तृतीय संस्करणको मिसेस तिज प्रतियोगिता २०८० यही असोज १ गते हुने दुहवी जेस

    • प्रकाशित मितिः भदौ ३१, २०८०
    • ७८९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • राजनीतिमा ‘सुवास’ छरेर अस्ताएका नेम्वाङ देशनै शोकमग्न, ढल्यो इलामको आशाको दियो

    इलाम/  संविधान सभाका अध्यक्ष, पूर्व सभामुख नेकपा एमाले उपाध्यक्ष तथा निर्वाचन क्षेत्र नं २ इलामका प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङको मृत्युले सिङ्गो देशनै शोकमग्न भएको छ । नेपाली राजनीतिमा भद्र र मृदुभाषी नेताको छवि स्थापित नेम्वाङको मृत्युले देशनै शोकमग्न बनेको हो । मंगलबार बालुवाटारस्थित आफ्नो निजी निवासमा हृदयाघात भएपछि उपचारका लागि महाराजस्थित शिक्षण अस्पताल पुर्‍याइएकामा त्यही नेम्वाङको निधन भएको थियो । नेम्वाङलाई राति १ बजे हृदयाघात भएको र उपचारका लागि त्रिवि शिक्षण अस्पताल पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए । नेम्वाङ घरभित्रकै शौचालयमा बेहोस अवस्थामा

    • प्रकाशित मितिः भदौ २६, २०८०
    • ९५७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved