धरान । सुनसरीको ईनरुवा नगरपालिका ४ स्टार होटल अगाडीबाट प्रहरीले मंगलबार साँझ ५ बजे जाली नोट सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान १९ का ६६ बर्षीय टेक बहादुर तामाङ, हरिनगर २ का २४ बर्षीय नजिम साफि र धरान १७ का महेन्द्र तामाङ रहेका छन् । जाली नोटको कारोबार गरिरहेको भन्ने बिशेष सुचनाको आधारमा प्रहरीले चेकजाँच गर्दा उनिहरुको साथबाट नेपाली जाली नोट १ हजार दरका ४ सय १५ थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । जाली नोट सहित पक्राउ परेका तीनै जनालाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २२ मुद्रा सम्वन्धि कसुर अन्तरगत मुद्धा दर्ता गरि थप अनुसन्धान भईरहेको जिल
धरान/ अझै पनि कोरोनाको संक्रमण कायमै रहँदा खुकुरी उद्योग व्यवसायीहरुले उत्पादन गरेको खुकुरी निर्यात हुन नसक्दा उद्योग बन्द गर्ने अवस्थामा पुगेका छन् ।०७२ सालमा भएको नाकाबन्दीमा थलिएको खुकुरी उद्योग बल्लतल्ल तङ्ग्रीन लागेको अवस्थामा पुनः अघिल्लो वर्ष देखि विश्व महामारीको रुपमा फैलिएको कोरोनाका कारण उत्पादन भएको खुकुरी विदेश निर्यात नहुँदा खुकुरी व्यवसायी झन पिडामा परेका छन् । नाकाबन्दीको समयमा उत्पादित खुकुरी निर्यात हुन नसक्दा पनि व्यवसायीले धैर्यता राखेका थिए । नाकाबन्दी खुले सँगै उत्साहित बनेका व्यवसायीले फेरी अर्को समस्या नआउँला भन्ने सोचेका थिए । तर पुनः कोरोनाको संक्रमणले पुरै बन्द
धरान । धरान उपमहानगरपालिकाले भूमिहिन दलित, भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई फारम वितरण गर्ने तयारी गरेको छ । धरान उपमहानगरपालिकाका नगर प्रमुख तिलक राईको अध्यक्षतामा भूमिहिन दलित, भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको पहिचान, लगत संकलन प्रमाणिकरण तथा नाप नक्शा गर्ने कार्यमा सहयोग र सहजिकरण गर्न बनेको भूमि सम्बन्धि समस्या समाधान सहजिकरण समितिको आज (सोमबार) बसेको बैठकले वडा वडामा फारम वितरण गर्ने तयारी गरेको हो । भूमिहिन दलित, भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न फारम वितरण गर्ने भएको छ । धरानको २० वटै वडामा कर्मचारी व्यवस्थापन गरिएको जनाएको छ । सहजिक
धरान / उत्कृष्ट कार्य गरे वापत एक नम्बर प्रदेश प्रहरी कार्यालयले प्रदान गर्दै आएको सर्वोत्कृष्ट प्रहरीको उपाधिबाट चैत्र महिनाको सर्वोत्कृष्ट प्रहरी (Police Of The Month) मन्दिप चौहान घोषित भएका छन् ।जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु दरवन्दीका प्रहरी निरक्षक चौहान चैत्र महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका हुन् । प्रहरीको कर्तव्य पुरा गर्दै उच्च मनोवल र साहसका साथ अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पु-याउनुको साथै “रेड पाण्डा” को चोरी शिकारी तथा अबैध कारोवार गर्नेहरुलाई पक्राउ तथा कानूनी कारवाहीको दायरामा ल्याउन महत्वपूर्ण भुमिका निर्वाह गरेको र आम नागरिकहरुमा सुर
धरान । सुनसरीको कोशी गाऊपालिका ४ स्थित जुद्धगंजबाट पेस्तोल सहित १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरी कन्चनरुप नगरपालिका – १ का २४ बर्षीय जमाल भन्ने तालिम मन्सुरी रहेका छन् । उनलाई गत राती साढे ९ बजे अस्थाई प्रहरी पोष्ट शिबचौकबाट खटिएको प्रहरी टोलीले १ थान कटुवा पेस्तोल र २ राउण्ड गोली सहित पक्राउ गरेको हो । मन्सुरी रोजा पर्व मनाउन ससुराली घर जुद्धगंजमा आएको अवस्थामा उनलाई बिशेष सुराकका आधारमा पक्राउ गरी उनि माथी खानतलासी गर्ने क्रममा हतियार र गोली फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । साथै उनि माथि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्या
इटहरी / विद्यालयमा भएको अनियमितता ढाकछोप गर्न प्रधानाध्यापक र लेखापाललाई निष्कासन गरे पछि इटहरी १९ भवानिपुर स्थित शहिद स्मृति आवसिय माध्यमिक बिद्यालयका विद्यार्थीहरु पनि आन्दोलित बनेका छन् । विद्यालय व्यवस्थापन समितीले नियम विपरित प्रधानाध्यापक शिवचन्द्र राई र लेखापाल लिलाराज काफ्लेलाई पदमुक्त गर्दै निष्कासन गरेको थियो । विद्यार्थीहरुले आइतबार विद्यालय परिषरमा व्यवस्थापन समिति बिरूद्ध नारावाजी गर्दै पद मुक्त गरिएका राई र काफ्लेलाइ सम्मानपुर्वक पुनः पदबहाली गरिनुपर्ने माग गरेका छन् । उनीहरुले विद्यालय स्थापना देखि अहिले सम्म भएका सम्पुर्ण आर्थिक कारोबारहरू तत्काल सार्वजनिक गरिनुपर्ने पनि
विराटनगर/ विराटनगर–१८ भेडियारीमा अवस्थित विराट राजाको दरबार क्षेत्रमा करिब २५ सय वर्ष पुराना भौतिक वस्तुहरु रहेको अध्ययनका क्रममा पत्ता लागेको छ । दरबार रहेको विश्वास गरिएको क्षेत्रमा भू–भौतिक सर्वे गर्दा करिब २५ सय वर्षभन्दा पुराना वस्तु रहेको खुल्न आएको हो । नेपाल सरकारको पुरातत्व विभाग र बेलायतको दुर्हाम विश्वविद्यालयको अध्ययन टोलीले विराट दरबार क्षेत्रको हालै सर्वे सम्पन्न गरेको हो । अध्ययन सिमितिले ३ मिटर जमिनमुनि सम्मको भू–भौतिक सर्वे गरेका हुन् ।विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले विस्तृत अध्ययन प्रतिवेदन आउन बाँकी रहेको भएपनि प्रारम्भिक चरणको नतिजाले दरबा
इटहरी / शहिदका छोराछोरी पढने सुनसरीको इटहरी उपमहानगर १९ भवानिपुर स्थित शहिद स्मृित आवसीय माध्यमिक बिद्यालयको अनियमितता बारे समाचार बाहिरिएपछि बिद्यालय प्रसाशनमा घटना ढाकछोप गर्न खोजिएको छ । बिद्यालय भित्र भएको आर्थिक अनियमिताता लुकाउन र नीतिगत भ्रस्टाचारलाइ ढाकछोप गर्न प्रधानाध्यापक शिव चन्द्र राई र लेखापाल लिलाराज काफ्लेलाइ शिक्षा नियमावली ऐन बिपरित बिद्यालय ब्यवस्थापन समितिले आ–आफ्नो जिम्मेवारबाट निश्कासन गरेको छ । अनियमितता लुकाउन बिना सुचना र बिना कसुर दादागिरी शैलिमा ब्यवस्थापन समितिले निश्कासन गरेको बिद्यालयका लेखापाल काफ्लेले बताए । उनी २०६७ साल देखि बिद्यालयमा लेखापाल
धरान/ दलीय प्रतिनिधीको विवादका कारण स्थगित भएको धरानको सुकुम्बासी लगत संकलन र फर्म भर्ने काम आइतबारबाट शुरु हुने भएको छ ।सुनसरीको बराहक्षेत्र तथा झापाका स्थानीय निकायहरुले लगत संकलन सम्पन्न गरी भूमिहीन सुकुम्बासीहरुलाई जग्गाको प्रमाणपत्र वितरण कार्य समेत शुरु गरि सकेका छन् । यता धरान उपमहानगरपालिकाले सुकुम्बासीहरुलाई घर नम्बर प्रदान गरिसकेको अवश्थामा पनि लगत संकलन गर्न सकेको थिएन । कार्यपालिका बैठकले गरे लगत संकलन गर्ने निर्णय गरे पनि नगर स्तरिय सहजीकरण समितीमा दलीय प्रतिनिधीका लागि विवाद हुँदा स्थगित भएको थियो ।एमालेको तर्फबाट आउने प्रतिनिधीको विषयमा विवाद समाधान भए पछि लगत संकलन आइतबारद
धरान /गौरबको आयोजना २ सय २० केभी कोशी कोरिडोर प्रसारण लाईन आयोजनाले धरानमा बनाउने सवस्टेशनको प्रक्रिया अघि बढेको छ ।नेपाल विद्युत प्राधिकरणले धरान १७ मा सबस्टेशनका लागि जग्गा खरिद गरि प्रारम्भीक वातावरणीय परिक्षणका लागि सम्झौताको तयारी गरेको छ । गत कार्तिक २० गते मन्त्रीपरिषदले धरानमा २२०÷३३ केभी क्षमताको विद्युत सब स्टेसन बनाउने निर्णय गरे पछि सवस्टेशन बनाउने योजना अघि बढेको हो । योजनाले धरान १७ सर्दु खोला पारि घोपा ४ घ मा पर्ने गरि २ विगाहा १४ कट्ठा जग्गा लिइसकेको छ । कोशी कोरिडोर प्रसारण लाईन विस्तार गरिएकै क्षेत्रमा पर्ने गरि सबस्टेशन बनाउन जग्गा खरिद गरिएको हो । सबस्टेशन प्रोजेक्ट