समाज

    Showing 571-580 of 6,962 items.
  • यूएन-नवोदय कलेजमा साइबर अपराध सम्बन्धी अभिमुखिकरण सम्पन्न

    धरान/ यूएन-नवोदय कलेजमा साइबर अपराध सम्बन्धी दुई दिने अभिमुखिकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। २०८२ साल माघ २७ र २८ गते सञ्चालन गरिएको उक्त कार्यक्रममा+२ तहका विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममा ईलाका प्रहरी कार्यालय धरानका इन्स्पेक्टर वविन राईले साइबर अपराधका प्रकार, सामाजिक सञ्जालको दुरुपयोग, अनलाइन ठगी, ह्याकिङ, साइबर बुलिङ तथा विद्युतीय कारोबार ऐन सम्बन्धी कानुनी व्यवस्थाबारे विस्तृत जानकारी दिएका थिए। उनले डिजिटल युगमा सचेत र जिम्मेवार प्रयोगकर्ता बन्न विद्यार्थीलाई आग्रह गरे। त्यसैगरी जिल्ला ट्राफिक कार्यालय सुनसरीका सव–इन्स्पेक्टर नारद प्रसाद दाह

    • प्रकाशित मितिः माघ २८, २०८२
    • 591 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पूर्वाञ्चल आर्किटेक्चरल प्रदर्शनीमा मोडर्न स्कुलका विद्यार्थी प्रथम

    धरान/ पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस (Eastern Region Campus), आईओई धरानमा Society of Architecture Students (SOAS) द्वारा आयोजित पूर्वाञ्चल आर्किटेक्चरल एक्जिबिसन “स्पर्श: Back to the Roots” मा इटहरीको मोडर्न प्रिपरेटरी सेकेन्डरी स्कुलका विद्यार्थीहरूले उत्कृष्ट सफलता हासिल गरेका छन्। विद्यालय तहअन्तर्गत आयोजित प्रतिस्पर्धामा कक्षा ७ की छात्रा सोयाशा भगत ले Live Art Competition मा प्रथम स्थान हासिल गर्न सफल भइन्। उनले आकर्षक कला प्रस्तुति मार्फत निर्णायकको मन जित्दै उपहार ह्याम्पर तथा नगद पुरस्कार प्राप्त गरिन्। त्यस्तै, कक्षा ६ का छात्र रोहन थापा ले Paper Craft Competition

    • प्रकाशित मितिः माघ २८, २०८२
    • 424 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • क्यान्सरसंग जुध्दै ममता उपचारमा सहयोग गरिदिन सबैसंग आग्रह

    धरान/ दोस्रो पटक क्यान्सरसंग लडिरहेकी ममता राई खड्काको यो दोस्रो किमो हो । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले उनलाई तेस्रो किमोका लागि फागुन ५ गते बोलाएको छ । तर खर्च उभावले थप उपचार अनिश्चित बनेको छ । मजदुर नेता भीमज्वाला राईसंगको कुराकानीमा आधारित  धरान १५ सगरमाथा लाइनकी ५२ वर्षिया ममता राई खड्कालाई २०८१ सालको लाग्दै ब्रेस्ट क्यान्सर देखा परेको थियो । नास्ट कलेजको बसका चालक श्रीमान शुक्र राईले उपचारका लागि कुनै कसुर बाँकी राखेनन् । ८ वटा किमो चल्यो । ८ वटा इन्जेक्सन दिइयो, दाहिने तर्फको ब्रेस्ट शल्याक्रिया भयो । २०८१ चैतमा उनलाई बीपी प्रतिष्ठानले डिस्चार्ज दियो । 

    • प्रकाशित मितिः माघ २७, २०८२
    • 338 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ओखलढुंगा आउदै गरेको बस तामाकोशीमा खस्यो ९ जनाको मृत्यु

    रामेछाप/ रामेछापको मन्थली नगरपालिका–६ भलुवाजोरस्थित त्रिबेणी नजिकै पर्ने लिलौटी क्षेत्रमा यात्रुबाहक बस दुर्घटना हुँदा नौं जनाको ज्यान गएको छ । काठमाडौंबाट ओखलढुङ्गातर्फ आउँदै गरेको प्रदेश०३–०१–००५ ख १९७५ नम्बरको अरनिको यात्रुबाहक बस मंगलबार बिहान अन्दाजी ११ बजे सडकबाट सिधै तामाकोशी नदीमा खसेको हो । दुर्घटनापछि स्थानीय बासिन्दा, सुरक्षाकर्मी तथा उद्धार टोलीको सहयोगमा घाइतेहरूको उद्धार कार्य भइरहेको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजनप्रसाद तिम्सिनाका अनुसार हालसम्म नौं जनाको शव तामाकोशीमा डुबेको बसबाट निकालिएको छ । १० जना भन्दा बढीलाई उद्दार गरि

    • प्रकाशित मितिः माघ २७, २०८२
    • 358 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • हङकङमा नेपाली व्यवसायीद्वारा जव लिंक कनेक्ट एप सार्वजनिक

    धरान/  हङकङमा नेपाली समुदायका व्यवसायीद्वारा विकसित जव लिंक कनेक्ट मोबाइल एपको बेटा संस्करण सोमबार औपचारिक रूपमा सार्वजनिक गरिएको छ। नेपाली समुदायले नै विकास गरेको सम्भवतः पहिलो मोबाइल एपका रूपमा चिनिएको जव लिंक कनेक्टले हङकङमा बढ्दो बेरोजगारी समस्याको समाधानतर्फ डिजिटल पहल थालेको छ। एपका संस्थापक डिके दाहालका अनुसार JobLink Connect ले कामदार र रोजगारदातालाई सिधै जोड्ने उद्देश्य राखेको छ। यसमार्फत कामदारले घरमै बसेर आफ्नो सिप र दक्षताका आधारमा काम खोज्न सक्नेछन् भने रोजगारदाताले पनि आवश्यक जनशक्ति सजिलै भेट्टाउन सक्नेछन्।   JobLink को अवधारणा CUHK EMBA अन्तर्गत MIT Hong Kong Innov

    • प्रकाशित मितिः माघ २७, २०८२
    • 640 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इटहरीमा ‘बालकला साहित्य महोत्सव फागुनमा

    धरान/  बालबालिकामा साहित्यप्रतिको अभिरुचि अभिवृद्धि गर्दै पठन संस्कृतिको विकास गर्ने उद्देश्यले इटहरीमा ‘इटहरी बालकला साहित्य महोत्सव–२०८२’ आयोजना हुने भएको छ। पाथिभरा माध्यमिक विद्यालय इटहरीले आगामी फागुन १ र २ गते महोत्सव आयोजना गर्न लागेको आज पत्रकार सम्मेलनको आयोजना गरि आयोजकले जानकारी दिएको छ । महोत्सवमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको प्रमुख आतिथ्यतामा सञ्चालन हुने कार्यक्रम संयोजक बिक्रम कुमार घिमिरेले बताए । महोत्सवमा राष्ट्रिय स्तरमा ख्यातिप्राप्त बालसाहित्यका सर्जकका साथै स्थानीय साहित्यकार, कवि, अभिभावक, शिक्षक तथा विद्यार्थीको सहभागिता रहने

    • प्रकाशित मितिः माघ २७, २०८२
    • 354 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मतदाताको मन जित्ने दौड : झापा–१ मा १५ उम्मेदवार आमनेसामने

    झापा/  फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा झापा निर्वाचन क्षेत्र नम्बर १ मा चुनावी सरगर्मी तीव्र बनेको छ। दलका शीर्ष नेता देखि नयाँ अनुहारसम्म मतदाताको मन जित्न घर–घरमा पुगिरहेका छन्। भारतसँग सिधा सीमा जोडिएको, व्यापारिक नाका र सामाजिक–वैचारिक विविधता बोकेको झापा–१ यसपटक पनि पूर्वी नेपालको राजनीतिक प्रयोगशालाका रूपमा देखिएको छ। यहाँको नतिजाले केवल स्थानीय प्रतिनिधित्व मात्र होइन, राष्ट्रिय राजनीतिमा समेत सन्देश दिने अपेक्षा गरिएको छ। मेचीनगर नगरपालिकाका १५ वडा, बुद्धशान्ति गाउँपालिकाका चार वडा र भद्रपुर नगरपालिकाका दुई वडा समेटिएको यस क्ष

    • प्रकाशित मितिः माघ २७, २०८२
    • 361 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान केन्द्रित सुनसरी–१ मा दल र स्वतन्त्र गरी २६ जनाबीच कडा प्रतिस्पर्धा

    धरान/  सुनसरी निर्वाचन क्षेत्र नं. १ बाट आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि २६ जना उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ। राजनीतिक दलका १९ जना र स्वतन्त्रतर्फ सात जना उम्मेदवार रहेको निर्वाचन कार्यालयका अधिकृत दिव्यराज घिमिरेले जानकारी दिए। निर्वाचन अधिकृत घिमिरेका अनुसार गत माघ ९ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरी २६ जनालाई निर्वाचन चिह्न प्रदान गरिएको थियो भने माघ १० गते उम्मेदवारलाई परिचयपत्र वितरण गरिएको थियो। आगामी निर्वाचनमा यस क्षेत्रमा नेकपा एमाले, नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी, श्रम संस्कृति पार्टी,

    • प्रकाशित मितिः माघ २७, २०८२
    • 360 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानसहितकाे सुनसरी १ मा एमालेले बनायो गोप्य प्रचार रणनीति

    धरान/ फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ मा आफ्ना सूर्यध्वजावाहक उमेदवार टिकाराम लिम्बूलाई विजयी गराउन नेकपा (एमाले) ले प्रचार रणनीति बनाएको छ । रणनीतिक योजनाहरु भने सार्वजनिक गरिएको छैन ।  सोमबार साँझ प्रचार कमिटीको पहिलो बैठक मार्फत कमिटीलाई विस्तार गर्दै प्रचार रणनीति तयार गरिएको हो । बैठकमा निर्वाचन परिचालन कमिटीका हाइकमाण्ड सदस्य तथा प्रचार तथा प्रकाशन समितिका संयोजक भीमज्वाला राईले फागुन २१ गतेसम्मको कामको सूचि (क्यालेण्डर) नै तयार पारेर सोही अनुसार प्रचारको कामलाई व्यवस्थित गर्नेगरी कामको रणनीतिक योजना बैठकमा प्रस्तुत गरेका हुन् ।  बैठकपछि

    • प्रकाशित मितिः माघ २६, २०८२
    • 536 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पाँच पटकको उपविजेतालाई धक्का, लालिगुराँस पहिलो सहभागितामै सेमिफाइनलमा

    धरान/धरान रंगशालामा जारी २६औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत सोमबार सम्पन्न क्वाटरफाइनल खेलमा पाँच पटकको उपविजेता आयोजक धरान फुटबल क्लबलाई टाइब्रेकरमा ५–४ गोलले पराजित गर्दै लालिगुराँस फुटबल क्लब पोखरा पहिलो सहभागितामै सेमिफाइनलमा प्रवेश गरेको छ। अत्यन्तै प्रतिस्पर्धात्मक बनेको खेलमा लालिगुराँस पोखराले सुदृढ डिफेन्स र संयमित खेल प्रदर्शन गर्दै घरेलु दर्शकले भरिएको रंगशालामा आयोजक धरानलाई स्तब्ध बनायो। घरेलु मैदानमा खेलेको धरान फुटबल क्लब ठूलो समर्थकको साथ हुँदाहुँदै पनि निर्णायक क्षणमा चुक्दा प्रतियोगिताबाट बाहिरिन बाध्य भयो। निर्धारित ९० मिनेटको

    • प्रकाशित मितिः माघ २६, २०८२
    • 433 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved