सुनसरी/ गरिमा विकास बैंकले आफ्नो १५ औं वार्षिकोत्सवको अवसरमा शाखाहरुमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । मंगलबार बैंकको प्रदेश १ का ५ वटा शाखा सहित देशभरिका २१ वटा शाखा कार्यालयले रत्तदान कार्यक्रमको आयोजना गरेको जनाएको छ । देशै भरीबाट ११ सय ५५ पिन्ट रगत संकलन भएको छ जस मध्ये प्रदेश १ का इटहरी, धरान, विराटनगर, उर्लाबारी र बिर्तामोड शाखाबाट जम्मा तीन सय ६० पिन्ट रगत संकलन भएको गरिमा विकास बैंकका प्रदेश १ प्रमुख मीन सुवेदीले जानकारी दिए । इटहरीमा सबै भन्दा बढी १ सय २ पिन्ट रगत संकलन भएको छ । बैंकको सामाजिक उत्तरदायित्वको सिद्धान्तअन्तर्गत रक्तदान कार्यक्रमको आयोजना गरिएको सुवेदीले बताए ।
धरान/ श्री पिण्डेश्वर बाबाधाम समितीको २४ औं वार्षिक साधारण सभाले पुनः विकाश बनेपालीको अध्यक्षतामा नयाँ कार्यसमिती चयन गरेको छ । सोमबार सम्पन्न साधारणसभाले अध्यक्षमा बनेपालीलाई पुनः चयन गर्दै १५ सदस्यीय नयाँ कार्यसमिती चयन गरेको छ । समितीका सदस्यहरुमा सुयोग पाख्रीन, सुधिर सिंह लिम्बु, नैनकला न्यौपाने, अम्बिका राई, दुर्गा काफ्ले, सुनिल अग्रवाल, हिरा राउत, सुशिल सुवेदी, सुजता राई, ब्रम्हज्ञ भट्टराई, लालन कुमार विश्वकर्मा, हेमन्त राई, पंकल घिमिरे, सुन्दर श्रेष्ठ रहेका छन् । बनेपालीका अनुसार मंसिर १३ गते हुने पदस्थापना कार्यक्रममा पदाधिकारी चयन गर्दै सपथ ग्रहण हुने भएको छ । समितीका संस्थापक
इटहरी/ अघिल्लो वर्ष नै निर्माण कार्य सम्पन्न भइसक्नुपर्ने इटहरीका तिन ठुला बिकाशका योजनाहरू अहिले सम्म कागजमै सिमित बनको छ । आर्थिक वर्ष ७४÷७५ को बजेट तथा नीति कार्यक्रममा परेको स्मार्ट पार्किङ र आकाशे पुल निर्माण लगायतका अरबौं रुपैया बराबरका ठुला बिकाशका योजनाहरू कार्यान्वयन नहुँदा कागजमै सिमित बनेको हो । पछिल्लो २ वर्ष कोरोना कहरका कारण रोकिएको अरबौं रुपैयाको लगानीका तिन ठुला योजनाहरू यो वर्षपनि कार्यान्वयनमा नआए पछि जनप्रतिनिधिहरू प्रति नगरवासी रुष्ट हुन थालेका छन् । नगरवासीले प्रश्न गर्दा राजनीतिक तरलता, कोरोना कहर र बजेट अभावको कारण देखाउदै जनप्रतिनिधिहरू तर्किने गरेका छन ।
धरान\ प्रदेश स्काउट कार्यालय, प्रदेश नम्बर १ ले धरान स्थित श्री शिक्षा निकेतन उच्च माविका स्काउट ट्रुपका छात्र छात्रालाई स्काउट पोशाक वितरण गरेको छ । नेपाल स्काउट धरान नगर तदर्थ समितीको संयोजनमा सोमबार एक कार्यक्रमको आयोजना गरि विद्यालयका १६ जना छात्र र १६ जना छात्रालाई स्काउट पोशाक वितरण गरेको हो । कार्यक्रमका स्काउटका नगर संयोजक अनुप तामाङ, प्रमुख अतिथी बिद्यालय व्यवस्थापन समिति अध्यक्ष रमेश राई र बिशेष अतिथि प्रदेश तदर्थ समिति सदस्य हेमन्त भण्डारी रहेका थिए । कार्यक्रममा स्थानीय तदर्थ समितिका सदस्यहरु सन्तोष कोईराला, अमित अग्रहरी, शिक्षा निकेतनका प्राचार्य उमेश गुराँगाई, स्काउटर रेवत
इटहरी । २०६४ साल चैत ५ गते सुनसरीको इटहरीका हार्डवेयर व्यवसायी कैलाश अग्रवाल र श्रीमती कान्तादेवीको हत्या भयो । हत्या भएको १४ वर्ष बितिसके पनि अभियुक्त अझै पत्ता लाग्न सकेका छैनन् । घरभित्रै सुनियोजित ढंगबाट भएको अग्रवाल दम्पत्ती हत्याकाण्ड बेला बेला चर्चामा आइरहन्छ । तर, पीडामा परेका आफन्तहरूले न्याय भने अझै पाएका छैनन । हत्याको समय इटहरीमा प्रहरी प्रमुखको रूपमा प्रहरी निरीक्षक बिश्वमणी पोख्रेल थिए । बिभिन्न काण्ड र विवादै विवादले इटहरीको यो हत्याकाण्ड अहिलेसम्म पनि ओझेलमा छ । घटनाको रहस्य र दोषी अझै पत्तो लागेको छैन ।२०७२ फागुन २० गते इटहरीकै एक बिपन्न परिवारमा हुर्किएकी १४ वर्षीया बालिका स
इटहरी/ नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले सुनसरीको देवानगञ्ज स्थित कौवाखोज छोटि भन्सारलाइ ठुलो भन्सारको रूपमा स्थापना गर्ने देखि नहर सञ्चालन सम्मको आश्वासन दिएका छन । आइतबार सुनसरीको देवानगंज गाउँपालिका स्थित प्रशासनिक भवन उदघाटन समारोहमा प्रधानमन्त्री देउवाले सुनसरी खोला सिँचाई आयोजना संचालन गर्न आगामी वर्षदेखि आवश्यक बजेट बिनियोजन गर्ने आश्वासन दिएका छन ।उनले कार्यक्रममा सम्बोधन गर्नु अघि देवानगञ्ज १ स्थित नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री स्वर्गिय विपी कोइरालाको सालिक अनावरण संगै विपी स्मृति भवनको समेत उदघाटन गरेका थिए । उनै कोइरालाको पालामा स्थापना भएक
धरान/ रोट्रयाक्ट क्लब अफ धरान घोपाले मंसिर २ गते देखि मंसिर ८ सम्म विश्व एन्टिमाइक्रोबियल जागरुकता सप्ताह मनाइरहेको छ । ‘आजको संसारमा एन्टिमाइक्रोबियल प्रतिरोध एक “लुकेको महामारी“ बन्न पुगेको छ, जसको संकमणको जोखिममा हामी सबै छौँ । त्यसैले एन्टिबायोटिक्सको सचेतनाका साथ प्रयोग गरौँ, आफ्नो भविष्य सुरक्षित गरौँ ।’ भन्ने नाराका साथ कार्यक्रम सप्ताह भरी एन्टिबायोटिकहरूको सदुपयोग कसरी गर्ने र यसको दुरुपयोगको जोखिमबाट बच्ने उपायहरुको बारेमा जनचेतना फैलाउने कार्यक्रम संचालन गरिरहेको छ । वि. पि. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकको बाल
रंगेली/ आर्थिक अभावका कारण मृगौलाको रोगबाट पिडित मोरङको रतुवामाई नगरपालिका १ स्थित बक्राह खोलाको किनारमा बस्दै आएका एक माझी परिवारले सहयोगको लागि आग्रह गरेको छ । बगरको ऐलानी जग्गामा बस्दै आएका छैतालु माझीले आफ्नी श्रीमती कृष्णदेवी माझीको उपचारका लागि आर्थिक सहयोगका लागि आग्रह गरेका छन् । आर्थिक अभावका कारण एउटा मृगौला खराब भए पछि हप्तामा दुई पटक गर्नु पर्ने डायलासिस समेत गर्न नसक्ने भए पछि सहयोगका लागि आग्रह गरेका हुन् । करिब ४ महिना अघि महिनावारीको समयमा धेरै रगत जान थाले पछि छैतालुले श्रीमतीलाई उपचारका लागि भारतका विभिन्न अस्पतालहरुमा पु¥याए । एक महिना अघि देखि पुनः बिरामी परेपछि ब
इटहरी/ इलाका प्रहरी कार्यालय इटहरीमा बिहीबार नव नियुक्त डिएसपि खगेन्द्र खडकाले कार्यभार सम्हालेका छन । उनले शहरमा अपराध नियन्त्रण तथा शान्ति सुरक्षा स्थापित गराउने सवालमा कुनै राजनीतिक दल वा कसैसंग सम्झौता नगरी कानुन अनुसार काम गर्ने प्रतिबद्धता जनाएका छन् । केहि वर्ष अघि इटहरी प्रहरीमै प्रहरी निरिक्षकको जिम्मेवारी सम्हालेर अन्तै सरुवा भएर गएका थिए । त्यो बेला पनि इटहरीमा फस्टाएको बेश्याबृति अन्त्य गर्न तत्कालिन डिएसपि बिनोद कुमार शर्मालाइ साथ दिएका थिए । इटहरीमा हुने अपराधिक गतिविधिहरूलाइ नजिकबाट नियाली सकेका डिएसपी खड्काले समाजमा हुने अनैतिक गतिविधिको अन्त्यसंगै सुरक्षाको हिसाबमा कटिव
धनकुटा/ पुर्वी पहाडी जिल्लाहरुमा लगाइएका गाँजा खेती पटक पटक प्रहरीले मासिदिने गर्छ । विशेष गरि धनकुटाको शहीदभुमि गाउँपालिकामा गाँजा खेती हुने गरेको छ । गाँजा खेतीलाई वैधानिक मान्ने कि अवैध मान्ने बहस चलिरहँदा धनकुटाका संघीय सांसद राजेन्द्र कुमार राईले जनता र राष्ट्रलाई समृद्ध बनाउन गाँजा खेति किसानलाई प्रोत्साहित गर्नु पर्नेमा जोड दिए । शहीदभूमि गाउँपालिकाका जनताको समृद्धिका लागि गाँजा खेति आवश्यक भएको बताउँदै धनकुटाबाट निर्वाचित संघीय सांसद राईले २०३० सालदेखि प्रतिबन्धित भएको गाँजा खेतिलाई कानून बनाएर पुनः खेतिका लागि किसानलाई उत्साहित गर्नुपर्नेमा जोड दिए । धनकुटा नगरपालिका र धनकुटा न