धरान/धरान–१८ स्थित माउन्ट हर्मोन एकेडेमीका विद्यार्थीहरू शुक्रबार साँझ शान्तियात्रामा सहभागी भएका छन् । केही दिनअघि टर्की र सिरियामा गएको विनाशकारी भूकम्पमा परी ज्यान गुमाएका हजारौँ नागरिकहरूको आत्माको चिर शान्तिको कामना गर्दै उनीहरूले हातमा बलेको मैनबत्ती बोकेर शान्तियात्रा गरेका हुन् । विद्यालय प्राङ्गणबाट सुरु भएको यात्रा बुद्धचोक, रत्नचोक हुँदै विद्यालयमै पुगेर टुङ्गिएको थियो । शुक्रबार नै सुरु भएको दुईदिने चौथो हर्मोनिज स्काउट क्याम्पको क्रममा उनीहरूले शान्तियात्रा गरेका हुन् । त्यसपछि सुरु भएको ‘क्याम्प फायर’ को उद्घाटन नेपाल स्काउटकी राष्ट्रिय प्रशिक्षक निर्मला अधिकार
धरान / धरान एक्स्पो २०७९ मा साहित्यले विशेष स्थान पाउने भएको छ । आयोजक सुनसरी उद्योग वाणिज्य संघले फागुन ११ देखि सुरु हुने प्रदर्शनीमा साहित्यलाई समेट्दै छुट्टै स्टलका रुपमा समावेश गर्ने निर्णय गरेको छ । सुनसरीको व्यावसायिक प्रवर्धन गर्ने मुख्य उद्देश्य राखिएको एक्स्पोका स्टल संयोजक विष्णु बरालका अनुसार प्रदर्शनीमा साहित्यको स्टल राखिने भएको हो । नेपालका विभिन्न स्थानमा आयोजना हुने प्रदर्शनीमा व्यावसायिक, व्यापारिक, औद्योगिक, कृषि, पर्यटन, खेलकुद, शिक्षा, स्वास्थ्य, वित्तीय संस्था लगायतका क्षेत्रले स्थान पाउने गरेको भए पनि साहित्यले प्राथमिकता नपाएको विषयलाई सम्वोधन गर्दै स्टलका रु
सुनसरी / प्रतिनिधिसभा सदस्य तथा सडक सुरक्षा एलायन्सका संयोजक योगेश भट्टराईले ट्राफिक सम्वन्धी कोर्ष स्कुल तह देखि नै अध्ययन गराउनु पर्नेमा जोड दिएका छन् । विहीबार इटहरीमा सडक सुरक्षा सम्वन्धी प्रदेश स्तरीय गोष्ठीलाई सम्वोधन गर्दै प्रतिनिधीसभा सदस्य भट्टराईंले ट्राफिक ज्ञान र सवारी चालक सम्वन्धी कोर्ष विद्यालयदेखि क्याम्पससम्म राख्नुपर्नेमा जोड दिए । विदेशमा विद्यार्थीलाई ट्राफिक ज्ञानबारे सचेत गर्ने गरिएकाले बताउदै नेपालमा पनि सडक सुरक्षा सम्वन्धी बिषयलाई सरकारका तीनै तहले प्राथमिकता दिनुपर्नेमा उनको जोड थियोे । पछिल्लो समय दुर्घटनाका घटनाले भयावह स्थिति सिर्जना भइरहेकाले पछिल्लो समय सड
धरान / धरानको भानुचोकमा शिवरात्रीको अवसर पारेर सुच्चा राई कल्याणकारी समाज सुनसरी र केन्द्रको संयुक्त आयोजनामा २३ औं वार्षिक उत्सवको अवसर पारेर रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।धरान ६ लोकतान्त्रिक चौतारीमा आयोजना गरिएको सो कार्यक्रममा ७० पिन्ट रगत सङ्कलन भएको थियो । सङ्कलन भएको रगतमध्ये ४२ पुरुष र २८ महिलाले रक्तदान गरेको सुच्चा राई कल्याणकारी समाजका केन्द्रीय उपाध्यक्ष विनोस राईले जानकारी दिए । आफ्नो जातिको उत्थानसँगै सामाजिक कार्यमा सक्रिय सुच्चा राई कल्याणकारी समाजले कोरोनाको समयमा धरान उपमहानगरपालिकालाई ६२ हजार आर्थिक सहयोग प्रदान गरेको थियो ।समाजमा सुनसरी अध्यक्ष श्रीकुम
इलाम / इलाममा निर्माणाधीन साना सहरी खानेपानी आयोजनामा निर्माण कम्पनीले गुणस्तरहीन संरचना निर्माण गरी भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धानमा पेस गर्न इलाममा हस्ताक्षर सङ्कलन भएको छ । खानेपानी निर्माण कम्पनी रमण कन्स्ट्रक्सन प्रालिले चरम भ्रष्टाचार गरेको भन्दै अख्तियारमा मुद्दा दर्ता गर्न एक सय २ हजार ५ भन्दा बढीको हस्ताक्षर सङ्कलन भएको छ । ठेकेदार कम्पनीले कमसल पाइप, कमसल मिटर जडान गरेको, ९० सेन्टिमिटर पाइप गाड्नुपर्नेमा त्यो नगरेको, निर्माण संरचना गुणस्तरहीन भएको, ठेक्का सम्झौता विपरीत पुरानै मुहानबाट मात्र पानी वितरण गरेको भन्दै हस्ताक्षर सुरु गरेका हुन् । खानेपानीको अभावलाई स
धरान / शनिबार महाशिवरात्री पर्व । हिन्दुहरुको प्रमुख चाडको रुपमा यस पर्वलाई लिने गरेको छ । फाल्गुण कृष्ण चतुदर्शीका दिन भनाइने यो पर्व शिवको उत्पत्ति भएको रातको नामबाट नामकरण भएको मानिन्छ । कालरात्री, मोहारात्री, सुखरात्री र शिवरात्री मध्ये एक पवित्र पर्वको रुपमा शिवरात्रीको वर्णन पुराणमा वर्णन गरिएको पाइएको छ । धर्म र आस्थाप्रति सर्वसाधारणको चासो र रुचि बढेकै कारण यस्ता पर्वहरु सर्वसाधारणले रुचिका साथ मनाउने प्रचलन छ । यसै क्रममा धरानको पिण्डेश्वर मन्दिरमा समेत बुधबार अत्यधिक भीड रहेको थियो ।महाशिवरात्री अथवा शिवरात्री हिन्दुहरूको प्रमुख चाड हो । यो भगवान् शिवको फाल्गुण कृष्ण चतुर्दशीका
विजयपुर/इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी नवराज मल्लले जनतासँग सहकार्य नगरी शान्ति सुरक्षा कायम गर्न चुनौति देखिएको बताएका छन् । डिएसपी बुद्ध श्रेष्ठको सरुवा भएपछि धरानको शान्ति सुरक्षाको जिम्मेवारी वहन गर्न इलाका प्रहरी कार्यालय धरान आएका डिएसपी मल्लले नेपालको जनसङ्ख्या अनुसार नेपाल प्रहरीको जनशक्तिले एक जना बराबर ३ सय ८३ जनालाई प्रहरीले हेर्नुपर्ने बताए । उनले भने– ‘नेपाल अधिराज्यभरि नेपाल पुलिसको जनशक्ति ८९ हजार ५ सय ४१ रहेको छ, प्रदेश १ मा भने एक जना प्रहरीले ४ सय ६८ जना हेर्नुपर्ने देखिन्छ, सुनसरीमा भने एकजना प्रहरीले ७ सय ६२ जनालाई हेर्नुपर्ने अवस्था रहेको छ ।’
मोरङ / बचत गरेको रकम दिनुपर्ने माग राख्दै तुलसी सहकारीका सदस्यहरूले सहकारी सञ्चालक र अध्यक्षको घर घेरेपछि प्रहरीले त्यसका सञ्चालकलाई पक्राउ गरेको छ । तुलसी बहुमुखी सहकारी संस्थाका दुईजना सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको हो । विराटनगर २ मा रहेका सहकारी संस्थाका उपाध्यक्ष्ँ अनिता गौतम र सविच सविना न्यौपानेलाई प्रहरीले विहीबार नियन्त्रणमा लिएको हो ।संस्थाका अध्यक्ष फरार रहको मोरङ प्रहरीले जनाएको छ । बचतकर्ताको रकम फिर्ता दिन नसकेका कारण पछिल्लो १५ दिनयता सहकारीमा आन्दोलन चलिरहेको छ । संस्थाका अध्यक्ष फरार रहेका कारण उपाध्यक्ष र सचिवलाई नियन्त्रणमा लिएर कारोबार मिलाउन मौका दिइएको प्रहर
तेह्रथुम / तेह्रथुमको लालीगुराँस नगरपालिका ३ बसन्तपुरमा निर्माण भएको चोत्लुङ पार्क अहिले लिम्बु जातिको संस्कारमा आधारित मुन्धुमको अध्ययन थलोको रुपमा विकास हुँदै गएको पाइएको छ ।यो लिम्बू जातिको संस्कारमा आधारित अन्तर्राष्ट्रियस्तरको सांस्कृतिक पार्क निर्माण गरिएको छ । विशेषगरी लिम्बू जातिको जन्म, मृत्यु, विवाह, उधौली उभौलीजस्ता मौलिक र जातीय पहिचानसँग सम्बन्धित क्रियाकलाप पार्क परिसरमा गर्न थालिएको छ ।लालीगुराँस नगरपालिका बसन्तपुरका स्थानीय बासिन्दा कृष्ण खुवाङले लिम्बुहरु प्रकृतिपूक भएकोले यो पार्क पनि सोही अनुरुप निर्मिाण गरिएको बताए । उनले भने–‘लिम्बु जाति प्रकृतिलाई पूजा
धरान / धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले ज्येष्ठ नागरिकलाई लक्षित गरी छुट्टै ढंगले सेवा दिन थालेको छ । प्रतिष्ठानले फागुन १ गतेदेखि ज्येष्ठ नागरिकलाई लक्षित गरी हरेक बिहीबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म जेरियाट्रिक क्लिनिक सञ्चालनमा ल्याएको हो । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकी प्रवक्ता डा. अञ्जु प्रधानले जेष्ठ नागरिकलाई हरेक प्रकारका उपचारमा सहजता ल्याउनकै लागि नेपालमै पहिलो पटक धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यो सेवा सञ्चालन गरिएको बताइन् । प्रवक्ता डा. प्रधानले भनिन्–‘ ज्येष्ठ नागरिकहरुलाई उमेरका कार