समाज

    Showing 4,211-4,220 of 6,734 items.
  • धरान १४ मा चर्च निर्माण:धार्मिक सहिष्णुता खल्बिलिने भन्दै सम्बन्धित पक्षको ध्यानाकर्षण

    धरान/ धार्मिक पर्यटकीय स्थल विजयपुरको गोपाल मन्दिर अगाडि चर्च निर्मार्ण भएपछि धार्मिक सहिष्णुता खल्बिलिन सक्ने भन्दै विजयपुर क्षेत्र धार्मिक समन्वय समितिले धरान उपमहानगरपालिकालाई ध्यानाकर्षण गराएको छ । समतिले शुक्रबार धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई, उपमेयर अइन्द्रविक्रम बेघा र प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईको ध्यानकर्षण गराइएको हो । उनीहरुले धरानको १४ नं. वडामा पर्ने विजयपुर क्षेत्र सनातन हिन्दु धार्मिक एवम् पौराणिक रूपमा अन्त्यन्तै महत्वपुर्ण क्षेत्र भएको बताउँदै यस्तो पौराणिक पुरातात्विक एवम् धार्मिक महत्व बोकेको क्षेत्रमा धार्मिक सहिष्णुतामा खलल पुग्ने गरि बालगोपाल म

    • प्रकाशित मितिः असार २३, २०८०
    • 1,675 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी प्रदेश सरकार विरुद्ध सर्वोच्चमा रिट दायर,आइतबार पेशी

    विराटनगर । कोशी प्र्रदेशमा असंबैधानीक तरिकाबाट सरकार गठन गरिएको भन्दै नेकपा एमालेका संसदीय दलका नेता हिक्मत कार्कीले सर्बोच्च अदालतमा रिट दर्ता गराएका छन् ।कोशी प्रदेशमा सरकार गठनका लागि बहालवाला सभामुखको समेत हस्ताक्षर राखेर गरिएको दावीलाई प्रदेश प्रमुखले स्वीकार गर्दैै उद्धब थापालाई मुख्यमन्त्री नियुक्त गरिएको भन्दै चर्को आलोचना हुदै आएको छ । नेपाली कांग्रेस,माओबादी केन्द्र तथा नेकपा एमालेले संविधानको ब्यबस्था विपरित भएको भन्दै चर्को आलोचना गदैै आएका छन् । संविधानविदले पनि सरकार बनाउने र भत्काउने खेलमा सभामुख लाग्नु संविधान विपरित भएको बताउदै आएका छन् ।एमाले ससंदीय दलका नेता हिक्मत कार्कीले

    • प्रकाशित मितिः असार २२, २०८०
    • 814 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ब्राउन सुगर सहित ३ जना पक्राउ

    बिराटनगर/ मोरङ र उदयपुरको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहिबार मोरङको रंगेली नगरपालिका-७ मा लागुऔषध विक्री बितरण भईरहेको छ भन्ने बिषेश सुचनाको आधारमा कोशी प्रदेश लागुऔषध नियन्त्रण ब्युरो र ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले उनिहरुलाइ पक्राउ गरेको हो । पक्राउ पर्नेमा रंगेली-६ का २४ बर्षीय शेफ खान र २८ बर्षीय दिपेश अग्रवाललाई समेतलाई ५० ग्राम ७ सय ५० मिलिग्राम ब्राउन सुगर र डिजिटल तराजु १ थान सहित पक्राउ गरेको हो । यसै गरी उदयपुरको त्रियुगा नगरपालिका-३ स्थित जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहर

    • प्रकाशित मितिः असार २२, २०८०
    • 838 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • च्यारिटी सो गरेर क्यान्सर पीडितलाई सहयोग

    धरान/ दुई जना क्यान्सर पीडित बालकलाई सहयोग गर्न धरानमा नेपाली ऐतिहासिक कथानक चलचित्र १२ नेपाली एक चिहान नामक च्यारिटी सो को आयोजना गरिएको छ । धरान ८ का एक बालक र इनरुवा नगरपालिकाका एक गरी दुई जना बोनमेरो क्यान्सर पीडितलाई बालकलाई सहयोग गर्न च्यारिटी सो को आयोजना गरिएको हो । धरान १९ स्थित अपांग तथा असहाय पुनस्र्थापना केन्द्रको आयोजनामा चलचित्र निर्माता निर्देशक अरुण प्रधानले सहयोग गर्ने उद्देश्यले च्यारिटी सोको आयोजना गरिएको निर्माता निर्देशक प्रधानले जानकारी दिए । उनले सानो अभियानको रुपमा आफूहरुले थालनी मात्र गरेको बताउदै क्यान्सर निको हुनका लागि वोनमेरो परिवर्तन गर्नुपर्ने र त्यसका ला

    • प्रकाशित मितिः असार २२, २०८०
    • 912 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सभामुखको हस्ताक्षर विरुद्ध अदालत जाने तयारी

    सुनसरी/ सत्ता गठबन्धनले कोशी प्रदेशमा सरकार बनाउन सभामुखलाइ समर्थनमा हस्ताक्षर गर्न लगाएको विरुद्ध नेकपा एमाले र राप्रपा अदालत जाने भएका छन् । सत्ता गठबन्धनले बिहीबार नेपाली कांग्रेस कोशी संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री नियुक्त गर्न दाबी पेश गर्दा सभामुख बाबुराम गौतमको हस्ताक्षर सहित ४७ जनाको समर्थन पेश गरेको थियो । यसबारे एमाले र राप्रपा गठबन्धनका नेताहरूले कानुनी परामर्श गरिरहेको बताएका छन् । सविधानले प्रदेश सभामा बराबरी मत भएमा मात्रै सभामुखले निर्णायक मत दिने अनुमती दिएको छ। तर, गठबन्धनले सभामुखलाई पनि सरकार बनाउने संख्यामा प्रयोग गरेपछि विवाद बढेको छ। राप्रपा कोशी सं

    • प्रकाशित मितिः असार २२, २०८०
    • 764 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मोरङको जहदा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा

    विराटनगर/  मोरङको जहदा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ । बिहीबार गाउँपालिकामा भएको एक कार्यक्रमको बीच मोरङको जहदा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो । गाउँपालिकाको क्षेत्राधिकार भित्रका सबै बालबालिकाहरूलाई नेपाल सरकारद्वारा तोकिएको १३ प्रकारका खोप गाउँपालिकाका ७ वटै वडाहरूमा लगाइसकिएको गाउँपालिकाले जनाएको छ । कार्यक्रममा पूर्ण खोपको दिगोपनका लागि स्वघोषणापत्रमा हस्ताक्षर समेत गरिएको थियो । गाउँपालिका अध्यक्ष जितेन्द्र प्रसाद शाहको अध्यक्षतामा भएको कार्यक्रममा जहदा गाउँपालिकाका उपाध्यक्ष हन्ना सोरेन , प्रमुख प्रशासकिय अधिकृत दुर्गा

    • प्रकाशित मितिः असार २२, २०८०
    • 706 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा डेंगुको विरामी बढ्दै

    धरान /धरानमा डेंगु रोग माहामारीको रुपमा फैलिएको छ । उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा विभिन्न निजी अस्पताल तथा क्लिनिकमा चेक गर्न आउनेहरुमा डेंगो रोगका संक्रमण पाइएको हो । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अहिले डेंगुका विरामी बढेका छन् । प्रतिष्ठानका सह प्रवक्ता डा. चुडामणि पोख्रेलले प्रतिष्ठानमा कोशी प्रदेश र मधेश प्रदेशबाट डेंगुका विरामी अत्याधिक मात्रामा उपचारका लागि बीपीमा आएको बताए । तराई जिल्लामा मात्र देखिने डेंगु पूर्वी पहाडी जिल्ला तेह्रथुम, ताप्लेजुङ, धनकुटा, इलाम, पाँचथरबाट पनि फाट्टफुट्ट डेंगुका विरामी आएको उनको भनाइृ

    • प्रकाशित मितिः असार २२, २०८०
    • 1,145 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • 'कोशी प्रदेशको पाँचौ मुख्य मन्त्री' को हुन् त उद्धव थापा ?

    धरान /कोशी प्रदेशको पाँचौ मुख्य मन्त्रीमा नेपाली काँग्रेसका नेता उद्धव थापा चुनिएका छन् । प्रदेशका मुख्य मन्त्री बनेका नेपाली काँग्रेसको कोशी प्रदेश सांसदीय दलका नेता थापाको राजनीतिकलाई संक्षेपमा भन्नुपर्दा उनी नेपाली काँग्रेसका पुराना कार्यकर्ता हुन् । झापा जिल्लाका बासिन्दा उद्धव थापाले बीपी कोइरालाको सुरक्षा दस्ता हुदै काँग्रेस प्रदेश सभापति सम्मको तय गरिसकेका छन् । २०३४ सालमा विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा शुरु गरेका थापा दुई कार्यकाल सभापति, २०३६ सालको जनमत संग्रहमा पञ्चायती व्यवस्था विरुद्ध बहुदलीय व्यवस्था स्थापनाका लागि उनी प्रचार अभियानमा सक्रिय भएर लागेका थिए । बीपी क

    • प्रकाशित मितिः असार २२, २०८०
    • 1,137 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी प्रदेशको पाचौं मुख्यमन्त्रीमा उद्धव थापा

    मोरङ्ग/ कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्वव थापालाई प्रदेश प्रमुख पर्शुराम खापुङले नियुक्त गरेका छन्। बिहीबार नेपालको संविधानको धारा ६८ को उपधारा ९२० बमोजिम प्रदेश प्रमुख खापुङले थापालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। थापाले आफ्नो दलका २९ प्रदेशसभा सदस्य, माओवादी केन्द्रका १२ जना, नेकपा एकीकृत समाजवादीका ४ जना, जनता समाजवादी पार्टीका १ जना र सभामुख बाबुराम गौतम सहित ४७ सदस्यको समर्थन रहेको भन्दै दाबी पेश गरेका थिए। समानुपातिकबाट प्रदेशसभा सदस्य, प्रदेश संसदीय दलको नेता हुँदै झापाली नेता थापा प्रदेशको पाँचौं मुख्यमन्त्री बन्न सफल भएका छन्। संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई व

    • प्रकाशित मितिः असार २१, २०८०
    • 825 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एसइईको परिक्षाफल सार्वजनिक (यी तरिकाबाट हेर्न सकिन्छ)

     काठमाडौं/  राष्ट्रिय परीक्षा बोर्डले २०७९ को माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षाफल बिहीबार सार्वजनिक भएको छ ।   बोर्डका अनुसार परीक्षामा ३.६ देखि ४ जीपीएल ल्याउनेको संख्या २२ हजार ४ सय ७५ रहेको छ ।   जुन कुल परीक्षार्थीको २.९ प्रतिशत रहेको बोर्डले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । एसइईको नतिजा हेर्ने तरिकाहरु   त्यस्तै ३.२ देखि ३.६ जीपीए ल्याउनेको संख्या ५५ हजार ६९ र २.८ देखि ३.२ जीपीए ल्याउनेको संख्या ७२ हजार ३६२, २.४ देखि २. ८ जीपीए ल्याउनेको संख्या ८९ हजार ३३१ जना रहेको छ । सबैभन्दा धेरै २ देखि २.४ जीपीए ल्याउने विद्यार्थी छ

    • प्रकाशित मितिः असार २१, २०८०
    • 974 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved