समाज

    Showing 3,791-3,800 of 6,831 items.
  • तेस्रो अशोक वास्फोर स्मृति बास्केटबल शनिबार देखि

    धरान/  तेस्रो अशोक वास्फोर स्मृति बास्केटबल प्रतियोगिता पुष ७ गतेदेखि १४ गते सम्म हुने भएको छ । आयोजक डाइनामिक युथ क्लब धरान१८ ले विहिबार बुद्ध चोकस्थित कोइच क्याफेमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो । प्रतियोगिता धरान १६ रंगशालास्थित इन्डोर बास्केटवल कोर्टमा हुने क्लबले जनाएको छ । प्रतियोगिता लिगकम नकाउटको आधारमा हुने पनि क्लबका अध्यक्ष रवि बास्फोरले जानकारी दिए । क्लब धरान १८ स्थित वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान हाताभित्र बसोबास गर्ने युवाहरुले २०७१ सालमा स्थापना गरेको सस्था हो । प्रतियोगिताको विजेताले नगद ६० हजार र उपविजेताले नगद ३० हजार, ट्रफी, म

    • प्रकाशित मितिः पुस ६, २०८०
    • 1,555 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इटहरी उपमहानगरपालिकाले करको दर समायोजन गर्ने

    इटहरी/ इटहरी उपमहानगरपालिकाले करको दर समायोजन गर्ने भएको छ । बुधबार बसेको इटहरी उपमहानगरपालिकाको १३६ औं कार्यपालिका बैठकले कर समायोजन गर्ने निर्णय गरेको हो । कार्यपालिका सदस्य तथा वडाध्यक्ष उमेश सुवेदीको नेतृत्वमा बनेको कर समायोजन समितिले दिएको प्रतिवेदनअनुसार करको दर समायोजन गर्ने निर्णय गरिएको उपमहानगरपालिकाका नगरप्रमुख हेमकर्ण पौडेलले घोषणा गरे । उनले सम्पत्ती कर, लिखत पाससम्बन्धी व्यवस्था, निजी विद्यालयसम्बन्धी कर, वैदेशिक रोजगारीसम्बन्धी कर र साना तथा मझौला व्यवसायीहरूले तिर्नुपर्ने करहरू नगरसभाबाट घटाउने बताए । कार्यपालिका बैठकले पुस २३ गतेको लागि नगरसभाको मितिसमेत तोकेको छ । कार

    • प्रकाशित मितिः पुस ६, २०८०
    • 757 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सोचेजति काम भएन : प्रधानमन्त्री

    विराटनगर/  गठबन्धनको सिमा र परिस्थितिको अप्ठ्यारोको कारण सोचेजति काम हुन नसकेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । एक वर्षमा आफूले सोचे अनुसार रिजल्ट दिन नसकेपनि सरकार असफल भने नभएको उनले जिकिर गरे । विराटनगर विमानस्थलमा विहिबार सञ्चारकर्मीसँग कुरा गर्दैे उनले भने, ‘मैले जति सोचेको हो, त्यसरी काम भयो भन्ने मेरो दाबी छैन । गठबन्धनको सरकार हो । धेरै सिमा र अप्ठ्यारो हुन्छन्, सबैलाई मिलाएर लाने जिम्मेवारी हो । तर, सुशासन, सामाजिक न्याय, विकास निर्माणको क्षेत्रमा भएका कामले सरकार सफल छ ।’ मिडियाले पुरै विषय नबुझी लेखिदिएर नागरिकमा पनि कतिपय भ्रम सिर्जना भए

    • प्रकाशित मितिः पुस ६, २०८०
    • 587 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बिमाको समस्या समाधान गर्न उद्योगी व्यवसायीको माग

    विराटनगर/ विराटनगरका उद्योगी व्यवसायीले बीमासंग सम्वन्धीत समस्या समाधानका लागि बीमा प्राधिकरणको सक्रियताका लागि आग्रह गरेका छन । उद्योग संगठन मोरङ र नेपाल बीमा प्रँधिकरणको संयूक्त आयोजनामा बीमा क्षेत्रको नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणका अध्यक्ष एवं प्रतिनिधिहरु समक्ष समस्या समस्या समाधानका लागि सक्रिय बढाउन आग्रह गरेको हो । बीमा सम्वन्धी छलफल तथा अन्तरक्रियामा संगठनका अध्यक्ष राकेश सुरानाले उद्योग व्यवसाय क्षेत्र बिषम परिस्थितीबाट गुज्रीरहेका वर्तमान समयमा विभिन्न बीमाको प्रिमीयम शुल्कमा भईरहेको वृद्धिले उपभोक्ता थपमारमा परेको भन्दै प्रिमीयम शुल्कलाई उपभोक्ता मैत्री वनाउन प्राधिकर

    • प्रकाशित मितिः पुस ५, २०८०
    • 605 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्रधानमन्त्री पार्क सहितका ठूला परियोजना अनुगमन

    विराटनगर/  विराटनगर महानगरपालिकाले निर्माणलाई गति दिन अनुगमनलाई तीव्र पारेको छ । महानगरले अनुगमनका क्रममा निर्माणका क्रममा देखिएका समस्या तत्कालै समाधान खोज्ने गरेको छ । बहुवर्षीय योजना अन्तर्गत महानगरको करिब १७ करोड रुपैयाँ लागतमा निर्माणाधीन प्रधानमन्त्री पार्कको निर्माणको अवस्थामा बारेमा मेयर नागेश कोइरालाले अनुगमन गरेका छन् । उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, सम्बन्धित वडाका अध्यक्ष मधुबाबु तिवारी, वडाध्यक्ष कुमार पोखरेल, इन्जिनियर अर्जुन थापा, प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया साथैमा लिएर अनुगमनमा पुगेका मेयर कोइरालाले निर्माणको पछिल्लो

    • प्रकाशित मितिः पुस ५, २०८०
    • 731 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुविधा सम्पन्न अस्पताल बनाउने तयारीमा उद्योगी राउत

    विराटनगर/  उद्योगी राजेन्द्र राउतले सुविधा सम्पन्न अस्पताल बनाउने भएका छन् । देशको समग्र स्वास्थ्य सेवाको माग र आपूर्ति तथा गुणस्तर बिचको खाडल कम गर्न खुल्ला अर्थतन्त्रमा निजी क्षेत्रको सहभागिताले महत्त्वपूर्ण भूमिका निर्वाह हुने भएकोले अस्पताल सञ्चालनको तयारी गरिएको राउतले बताए । स्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले मोरङ जिल्लाको वुढिगंगा गाउँपालिका वडा नंं १ मा सुरुमा २ सय शैया क्षमताको अस्पताल निर्माण गर्न लागिएको छ । हाल यसलाई १०० शैयाको मल्टी स्पेसल हस्पिटल सञ्चालन गर्ने तयारी रहेको उनले जानकारी दिए । नेपाल सरकारबाट निर्धारित गरिएको आवश्यक कानुनी प्रक्रिया पुरा गरी

    • प्रकाशित मितिः पुस ५, २०८०
    • 553 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बिङ्गोको गोलमाल रकम गुपचुप बन्दै

    इलाम/ असोज २८ देखि मङ्सिर ८ सम्म इलाममा खेलाइएको बिङ्गो (हाउजी) खेलको गोलमाल भएको हिसाब गुपचुप बनेको छ । इलाम नगर प्रतिष्ठानको आयोजनामा ४१ दिन सञ्चालन भएको खेलको गोलमाल भएको हिसाब गुपचुप बनेको हो । खेल सम्पन्न भए पश्चात् सार्वजनिक भएको हिसाबको पारदर्शिता गर्ने भन्दै दोस्रो पटक पत्रकार सम्मेलन गरे पनि हिसाब देखाउन नसकेको समितिले अहिले हिसाब गुपचुप बनाउन थालेको हो । दोस्रो पटक गरिएको पत्रकार सम्मेलनमा दैनिक हिसाब देखाउन नसके पछि पुनः हिसाब सार्वजनिक गर्ने भनेको आयोजक अहिले चुपचाप छ । आयोजकले नै दैनिक हिसाब तत्काल सार्वजनिक गर्ने भने पनि दुई हप्ता सम्म पनि हिसाब नदेखाउनु गुपचुप बनाउन खोजेक

    • प्रकाशित मितिः पुस ५, २०८०
    • 719 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • राप्रपाका अम्बरबहादुर विष्ट कोशीको सभामुख बन्ने निश्चित !

    विराटनगर/ तत्कालिन सभामुख बाबुराम गौतमले राजीनामा दिएपछि खाली भएको कोशी प्रदेशसभाको सभामुख राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद अम्बरबहादुर विष्ट बन्ने करिब निश्चित भएको छ । सत्ता गठबन्धनमा रहेका दलले राप्रपालाई सभामुख पद लिन प्रस्ताव गरेकोमा राप्रपाले विष्टलाई अगाडि सारेको हो । यद्यपी त्यसको औपचारिक निर्णय गर्न भने बाँकी रहेको राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले जानकारी दिए । तत्कालिन सभामुख बाबुराम गौतमले राजीनामा दिएपछि १६ साउनयता कोशी प्रदेश सभामुखविहीन छ । रिक्त रहेको सभामुखको निर्वाचन अगाडि बढाउने तयारीमा दलहरु छन् । यद्यपी निर्वाचनको मिति तय भइसकेको छैन । बुधबारको कार

    • प्रकाशित मितिः पुस ५, २०८०
    • 594 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • लोपोन्मुख वन्यजन्तु र चरा अध्ययनको गन्तव्य कैयाकट्टा

    इलाम/ घना जंगलको बीचमा स्थानीय कच्चा पदार्थले बनाइएका ५ वटा घर छन् । ५ घरमा परिवार संख्या ३ मात्रै छ । घर बनाउन स्थानीय कच्चा पदार्थ प्रयोग भएकाले आकर्षक देखिन्छन् । नेपालबाट सडक नजोडिएको कैयाकट्टामा भारतीय सडक प्रयोग गरि ढुवानी गरि घरमा टिनको छानो लगाइएको छ । घरमा चिया नास्ता, खाना र पर्यटक बस्नका लागि सुविधा पनि छ । पहिलोपटक कैयाकट्टा पुग्ने जो कोहीको मनमा लाग्न सक्छ यो जंगलको बीचमा को आइपुग्ला ? जंगलको बीचमा भालुले पशु चौपाया मात्रै हैन मान्छे नै खान्छ होला कसरी बसेको ? तर यहाँ पुगेर चियाको चुस्की लिँदै स्थानीयको भनाइ सुनेपछि थाहा हुन्छ कैयाकट्टाको महत्व । कैयाकट्टामा विश्वभरका वन्य

    • प्रकाशित मितिः पुस ४, २०८०
    • 732 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • उद्योग वाणिज्य महासंघ कोशीका विभागिय समितीमा सदस्यहरु मनोनित

    विराटनगर/  नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले गठन गरेको विभिन्न समितिका सभापतिहरुले आफ्नो समितिका सदस्यहरु मनोनयन गरेको छ । महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले समितिका सदस्यहरुलाई पत्र हस्तान्तरण गरेका छन् । अध्यक्षले आ–आफ्नो समिति मार्फत महासंघको गतिविधिहरुलाई सकृय बनाउने आर्थिक विकासमा टेवा पुर्‍याउने खालका कार्यक्रमहरु हुने अपेक्षा राखेको बताए । समितीमा शिक्षा तथा सुचना समितिको सभापति रबिन कुमार दाहाल रहेका छन् भने उपसभापतिमा बिबेक मिश्रा, सदस्यहरुमा तरुण संचेती, बन्धु पोखरेल, प्रकाश उप्रेती रहेका छन् । त्यसै गरि कर तथा राजश्व समितिको सभापतिमा देवकीन

    • प्रकाशित मितिः पुस ४, २०८०
    • 678 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved