विराटनगर । प्रदेश १ का सांसदले सरकारले बजेट ल्याउनु अघि प्रदेशका सांसदसंग योजना माग्ने गरेको तर रातो किताबमा भने नअटाई दिने गरेको गुनासो गरेका छन् । प्रदेशसभाको सोमबारको बेठकको शून्य समयमा बोल्दै संमाजवादी पार्टीका सांसद रामचन्द्र लिम्बूले भने,“जुन दलबाट आएपनि हामी सांसद हो । हामीप्रति जनताले अपेक्षा गरेका हुन्छन् । लेटर प्याडमा लेखेर सरकारलाई योजना दिन्छौं तर लेखेर दिएको योजना पर्दै पर्दैनन् । ४८ घन्टासम्म रातो किताब हेर्दा पनि हामीले सिफारिस गरेको योजना पर्दैन ।” लिम्बूले आउने बजेटमा यस्तो नहोस भन्दै सरकारको ध्यानाकर्षण गराए । उनले कलडाउन लम्बिदै जाँदा मानिसहरु भोकले मर्ने अवस्
धरान । प्रदेशको आगामी आर्थिक वर्षमा धरान उपमहानगरपालिकाको लागि २ अर्ब ३ करोडको योजनाहरुको माग गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धरानले प्रदेश सरकारलाई मागपत्र पेश गरेको छ । धरानको लागि विभिन्न १ सय ५ योजनाहरुका लागि २ अर्ब ३ करोड २५ लाख रुपैयाको बजेट विनियोजन गर्न माग गरिएको नेकपाका जिल्ला सदस्य एवं धरान नगर इञ्चार्ज चोत्लुङले बताए । नेकपाको धरानमा भएका केन्द्र, प्रदेश, जिल्ला र उपमहानगर स्तरका नेता तथा प्रदेश संसद, जनप्रतिनिधी सहितको टोलिले विराटनगर पुगेर प्रदेश सरकारका मुख्यमन्त्री कार्यालय सहित सबै मन्त्रालयमा आफ्ना योजनाहरु पेश गरेको छ । धरानको दीर्घकालिन विकासको
धरान । रुकुम पश्चिममा भएको सोति नरसंहार मानवता विरोधी रहेको बताउँदै दोषिलाई हदै सम्मको कारवाहीको माग गर्दै दलित आन्दोलनका उच्चस्तरिय प्रतिनिधी मण्डलले नेपाल सरकारका गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् । नेकपा र नेपाली काँग्रेसका दलित समुदायका संसदहरु सहित विभिन्न दलित संघसंस्थाका प्रतिनिधीहरुद्वारा सामुहिक हस्ताक्षरित ज्ञापन पत्र आइतबार गृहमन्त्री राम बहादुर थापालाई बुझाएका छन् । ४ बुँदे माग सहित उनीहरुले जातीय दमनमा आधारित सामुहिक हत्याकाण्डको न्यायिक छानबिन सहित पिडितलाई न्याय तथा अपराधीलाई हदै सम्मको कारवाही गर्न माग गरेका छन् । गत जेठ १० गते अन्तरजातीय प्रेम सम्बन्धलाई विवाहमा परिणत ग
धरान । पश्चिम रुकुमको चौरजहारीमा सामुहिक दलित युवाहरुको हत्या गरेको विरोधमा राष्ट्रिय दलित पत्रकार संघ सुनसरीले दिउँसै मैनबत्ती बालेर कानुन कार्यान्यवनमा अध्यारो कुनामा बसेको सरकारको ध्यानाकर्षण गराएका छन् । संघको केन्द्रिय समितीले जारी गरेको निर्देशन अनुसार सुनसरीको कार्यसमितीले धरान स्थित इलाका प्रशासन कार्यालयको मुल गेटमा मृत्तकहरुलाई श्रद्धान्जली दिर्दै विभेद विरुद्धको कानुनलाई अक्षरशः पालना गराउन सरकारको ध्यानाकर्षण गराएको छ । संघको निर्देशन अनुसार देशका ७७ वटै जिल्ला संगठनहरुले पायक पर्ने जिल्लाका प्रशासन कार्यालय अघि शान्तिपुर्ण विरोध प्रदर्शन गरेका छन् । संघका प्रदेश समिती सचिव रणध्व
धरान । लकडाउनको अवधि पनि थप बढ्दै गए पछि चिन्तीत रहेका होटल तथा पर्यटन व्यवसायीहरुले लकडाउनको स्वरुप बदल्न सुझाव दिएका छन् । सुनसरी उद्योग वाणिज्य संघ धरानको आयोजनामा स्थानीय सरकार सँगको छलफल कार्यक्रममा होटल तथा पर्यटन व्यवसायीहरुले कोभिड–१९ को त्रासमा बस्नुभन्दा अवसर खोजिनु पर्ने सुझाव दिएका छन् । पर्यटन व्यवसायी बासुदेव बरालले कोभिड–१९को त्रासमा बस्नुभन्दा अब अवसर खोज्दै व्यवसायीहरुको आत्मविश्वास बढाउने काम गर्नु पर्ने बताए । उनले भने, “पहिले उपमहानगरपालिकालाई राहत उपलब्ध गराएको थियो, अब हामी व्यवसायीलाई अनुदान उपलब्ध गराउनु पर्दछ, त्यसको लागि ५० प्रतिशत घरभाडा छुट दिनल
काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार आज साँझ ५.३० बजे प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने तय भएको हो । उत्त सम्वोधनको नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछ । प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्नु अघि ५ बजे मन्त्रिपरिषद्को बैठक पनि बस्दै छ । बैठकमा विदेशमा समस्यामा परेका नेपालीलाई ल्याउने विषयमा छलफल हुने बताईएको छ । यसै विषयमा छलफल गर्न आईतबार नै मन्त्रिपरिषद् बैठक बोलाइएको थियो । तर, अन्तिम समयमा बैठक स्थगित भएको थियो । त्यही बैठक सोमबार साँझ ५ बजे बस्ने
विराटनगर । प्रदेश १ को बर्खे अधिवेशन दुईवटा हलमा संचालन हुने तय भएको छ । यही जेठ १४ गते सरकारले अधिवेशन बोलाएको छ । हाल प्रदेशसभा रहेको तत्कालीन जिल्ला विकास समितिको सभाहललाई नै प्रदेशसभा हल बनाइएको छ । यसअघि नै सांघुरो रुपमा संचालन हुँदै आएको थियो । तर, कोरोना कहरका कारण बैठक कक्षमा दूरी कायम गर्नुपर्ने बाध्यताले झन् साँघुरो भएको हो । प्रदेशसभा सचिवालयले गरेअनुरुपको अहिलेको व्यवस्थापनअनुसार एक तिहाइ सांसदले हालको बैठक कक्षमा बस्न पाउने छैनन् । उनीहरुको लागि माथिल्लो तलामा अर्को हल व्यवस्थापन भएको छ । त्यहाँ बैठक चल्ने तलको दृश्य हेर्ने प्रबन्ध गरिने छ । सभामुखको अगाडि माथिल्लो हलमा रहने सांस
दिनेश गजमेर धरान । जताजतै कारोनाको जोखिम बढ्दै गएको छ, सरकारले सुरक्षित तरिकाले घर भित्रै बस्न उर्दी पनि जारी गरेको छ, तर सुनसरीको हरिनगरका मुसहरहरु लकडाउनको समयमा पनि घरबार विहिन बनेका छन् । सडक फराकिलो बनाउने भन्दै स्थानीय सरकारले घर भत्काइदिए पछि उनीहरु अहिले समस्यामा परेका छन् । सुनसरीको दक्षिणी क्षेत्रमा रहेका गाउँपालिकालाई सदरमुकाम इनरुवा जोडन् सहायक हुलाकी राजमार्गको काम अघि बढेको छ । राजमार्गमा पर्ने हरिनगर गाउँपालिका वडा नम्बर ३ स्थित गौतमपुरका मुसहरीका मुसहरहरु विकाश निर्माणको कामले भने घरबार विहिन हुन पुगेका छन् । सडकको मापदण्ड अनुसार सडक फराकिलो बनाउने भन्दै स्थानीय सरकारले घर
धरान । संविधान र ऐनले दिएको दलित समुदायको अधिकारलाई सहयोग पुग्ने गरि आर्थिक रुपान्तर गर्ने खालको बजेट तथा निती कार्यक्रमहरु ल्याउनुपर्ने दलित अधिकारकर्मीहरुले प्रदेश सरकारलाई सुझाव दिएका छन् । रिडेफ नेपाल र सम्बाद समुहको संयुक्त आयोजनामा जुम एप्लीकेशन मार्फत गरिएको प्रदेश सरकारको आगामी बजेट र दलित सवाल विषयक सम्बाद कार्यक्रममा सहभागि दलित अधिकारकर्मीहरुले दिर्घकालिन रुपमा प्रभाव पार्ने र अल्पकालिन रुपमा प्रभाव पार्ने खाल्का बजेटहरु प्राथमिकता अनुसारका कार्यक्रमहरु ल्याउनुपर्ने बताए । कार्यक्रममा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले बजेट तथा निती कार्यक्रम कार्यान्यवन गर्न छुट्टै निक
प्रदेश १ को बर्खे अधिवेशनको तयारी तीव्र पारिएको छ । कोरोना जोखिमका कारण प्रदेशसभाको हलमा दूरी कायम गर्दै नयाँ कुर्सी व्यवस्थापन गरिएको छ । सबै अटाउन मुश्किल हुने भएपछि केही सांसदले बैठकको प्रत्यक्ष प्रसारण हलको माथिल्लो तलामा स्क्रिनमार्फत बैठकको कारवाहीमा सहभागी गराउने सचिवालयले तयारी गरेको छ । प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीले तल ६३ वटा कुर्सी प्रदेशका सांसदहरुको लागि व्यवस्थापन गरिएको बताए । भने,‘‘नअटाउने माननीयहरुलाई स्क्रिनमा बैठक लाइभ देखाउने प्रबन्धसहित माथिल्लो तलामा व्यवस्थापन गरिएको छ ।’’ पत्रकारहरुले पनि मिडिया सेन्टर वा माथिल्लो तलामै राखिने स्क्रिन