धरान / धरानका मेयर हर्क साम्पाङलाई माफी माग्न दिएको २४ घण्टे अल्टिमेटम सकिएपछि वडाध्यक्षहरुले आन्दोलनका थप कार्यक्रम अघि बढाएका छन् । वडाध्यक्षहरुले हातमा कालोपट्टी बाँधेर नियमित कामकाज सुरु गरेका छन् । धरान उपमहानगरपालिकामा नियमित कार्यबाहेक नगरलाई दीर्घकालीन प्रभाव पार्ने निर्णयहरु कार्यपालिका सदस्यको सहमतिबिना नगर्न, नगराउन धरान कार्यपालिकामा नेतृत्व गर्ने दलका नेताले कर्मचारीको ध्यानाकर्षण गराएका छन् । मंगलबार धरान उपमहानगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराई र उपमहानगरका सबै शाखालाई ध्यानाकर्षण विज्ञप्ति बुझाउँदै दलका नेतृत्वले मेयर हर्क साम्पाङ गैरजिम्मेवार भएकाले आन्द
धरान / नेकपा एमालेको जनवर्गिय संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज धरान उपमहानगर कमिटीको प्रथम सम्मेलनले कृतमान दर्नालको अध्यक्षतामा ५१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । एमाले धरान नगर कमिटीको कार्यालयको सभाहलमा भएको सम्मेलनमा सम्पुर्ण सदस्यहरु निर्विरोध निर्वाचित भएका हुन् । सम्मेलनले नयाँ कार्यसमितीको उपाध्यक्षमा राजु हिङमाङ, लक्ष्मी लकान्द्रीलाई निर्वाचित गरेको छ । त्यसैगरि सचिवमा रोशन कुमार विश्वकर्मा, उपसचिवमा सुष्मा मंग्राती, उत्तम सुनार र कोषाध्यक्षमा यशोदा घिमिरे निर्वाचित भएका छन् । समितीको सदस्यहरुमा भालुमान विश्वकर्मा, मिन कुमार सुनाम, रिना दास, चन्द्रकला विक, पुष्प
खोटाङ / फागुन १७ गते बहुमतद्वारा प्रदेश नं. १ को नाम पारित भएपछिका दिनमा पहिचानवादीहरु निरन्तर आन्दोलनमा होमिएका छन् ।उनीहरुले प्रदेश नं. १ मा ठाउँ ठाउँमा प्रदर्शन गर्ने मात्र हैन कोशी प्रदेशको राजधानी विराटनगर केन्द्रित आमसभा, कविता गोष्ठी लगायतका कार्यक्रमलाई केन्द्रित गरेका छन् । पहिचानवादीहरु एक ठाउँमा उभिएका छन् । प्रदेश न. १ पुन नामकङ्कन संयुक्त संघर्ष समिति बनाएर उनीहरु आन्दोलनमा होमिएका छन् । सोमबार भने कोशी प्रदेशका मुख्यमन्त्री हिकमतकुमार कार्कीमाथि नै ओखलढुंगामा आक्रमणको प्रयास भएको थियो । कार्यक्रममा सहभागी हुन पुगेका मन्त्री कार्कीले कार्यक्रममा ९० प्रतिशत सांसदको समर
धरान / कोशीराजमार्गको धरानस्थित तीनकुने जिरोप्वाइन्ट सडक खण्डका विषयमा राजनीतिक दलहरुले आधिकारिक धारणा सार्वजनिक गर्न ढिलाइ गरिरहेका बेला नेपाली काङ्ग्रेसले रायसुझाव सङ्कलन गरेको छ । अन्तरक्रियामा बोल्दै अधिकांश सहभागीले बजार क्षेत्रबाट राजमार्ग लानु हितकर नभएको धारणा राखेका थिए । धरान १३ का स्थानीय कुमार भण्डारीले २ अरबको आयोजना आएर ६÷७ अरबको जनताको सम्पत्ति खेर फाल्न नहुने विचार राखे ।’ सडक छेउ बस्ने स्थानीय अपराधी होइनन्, स्थानीय सर्वस्वहरणमा पर्ने सम्भावना छ,’ स्थानीय भण्डारीले भने, ’कोशी राजमार्ग यकिन नभएको अवस्थामा मदन भण्डारी राजमार्गमा मर्ज गर्दै चत
धरान / विद्यार्थीहरुले नेतृत्व चयनका लागि मतदानमा भाग लिएका छन् । धरानमा समेत तीन क्याम्पसका ७ हजार बढी विद्यार्थी आफ्नो नेतृत्व चयन गरेका छन् । २०६५ सालपछि स्ववियु निर्वाचन नियमित रूपमा हुन सकेको थिएन । विगतमा प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत हुने स्ववियु निर्वाचन समानुपातिक प्रणालीबाट हुँदै छ । यो पटक २८ वर्ष उमेरभित्रका विद्यार्थीमात्र उम्मेदवार बन्न पाउने व्यवस्था रहेको छ ।बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदानको समय तोकिएको थियो । देशभरिका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन भएको हो । धरानमा रहेका तीन आङ्गिक क्याम्पसमा निर्वाचन भएका भन
मोरङ / प्रदेश नं. १ को नाम ‘कोशी’ भएपछि पहिचानवादीहरुले निरन्तर आन्दोलन गर्दै आएका छन् । पहिचानवादीहरुले संयुक्त रुपमा आन्दोलनलाई निरन्तता दिएका हुन् ।यसै क्रममा पहिचानवादी शक्तिहरुले आइतबार कोशी प्रदेशको राजधानी विराटनगरमा विरोध प्रदर्शन गरेका छन् । प्रदेश नं. १ पुन : नामाकरण संयुक्त समितिको नाममा उनीहरुले आन्दोलन गरेका हुन् । आन्दोलनलाई दबाउन प्रहरीले अश्रुग्याससँगै हवाइफायर गरेको थियो । आन्दोलनकारीहरुले निषेधित क्षेत्र तोर मुख्य मन्त्री कार्यालय नजिकै प्रदर्शन गर्ने क्रममा अश्रुग्याँस र हवाई फायर गरेको आन्दोलनमा समावेश एक पहिचानवादी नेताले बताए । सोही क्रममा प्र
धरान / स्वकीय सचिवको हस्ताक्षर गरी अनधिकृत व्यक्तिले वडाध्यक्षहरुलाई निर्देशनात्मक पत्र काटेको विषयमा अवरुद्ध धरान कार्यपालिकामा थप तनाव देखिएको छ ।कार्यपालिका भाँडेको आरोप लगाउँदै धरान १० का वडाध्यक्ष विवेक राईलाई स्पष्टीकरण पत्र काटेपछि वडाध्यक्ष र कार्यपालिका सदस्यहरु आन्दोलित भएका छन् । असन्तुष्ट वडाध्यक्ष र कार्यपालिका सदस्यहरुले मेयर साम्पाङले माफी माग्नु पर्ने माग राख्दै २४ घण्टे अल्टिमेटसँगै ५ बुँदे मागपत्र प्रस्तुत गरेका छन् । विवादित पत्र काटेको विषयमा गत १ चैत्रमा कार्यपालिका बैठकमा वडाध्यक्षहरुले आपत्ति जनाएपछि मेयर साम्पाङले ’मैले अह्राएको’ भन्दै जिम्मा लिएका थिए
इलाम / इलाम बजारमा वितरण भएको खानेपानीको शुल्क पुरानै भनेर भनिए पनि शुल्क बढेको पाइएको छ । इलाम नगरपालिकाले आफूलाई हस्तान्तरण नै नभएको आयोजनाको खानेपानी महसुल ‘सुटुक्क’ बढाएको खुलेको हो । शुल्क महङ्गो भनेर चौतर्फी विरोध भइरहँदा खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष तथा नगर प्रमुख केदार थापाले पुरानै शुल्क भनिरहेको भनी भ्रम छरिरहेका छन् । उनले न्यूनतम शुल्क पुरानै हो भने पनि मंसिर देखिको महसुल बढेको पाइएको छ । तर नगरपालिकाले कार्यापालिकाको बैठकबाटै शुल्क बढाउने निर्णय गरेको छ तर त्यसलाई सुटुक्कै कार्यान्वयन थालिएको पाइएको हो । नगरपालिकाले परीक्षणकै रूपमा रहेको आयोजनाको पानी उपभ
धरान / पहिचानको आन्दोलनलाई सशक्त बनाएका पहिचानवादीहरुको आन्दोलनलाई प्रहरी प्रशासन लगाएर सरकारले दबाउने कोशिश गरेको पाइएको छ प्रदेश नं. १ पुन ः नामाकरण संयुक्त संंघर्ष समिति गठन गरेर चरणबद्ध आन्दोलनमा उत्रिएका उनीहरुले विहीबार विराटनगरम आयोजना भएको कविता वाचन कार्यक्रममा अभियन्ता जनऋषि राईलाई कविता वाचन गर्दै गरेको अवस्थामा पक्राउ गरी केही बेरमा छोडिदएको घट्नाले पनि पहिचानवादी शक्तिलाई सरकारको दबाउने प्रयास देखिएको हो । नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष समेत रहेका राईलाई कविता वाचन गर्ने क्रममा प्रहरीले हस्तक्षेप गरेको हो । यस घट्नाबाट पहिचानको मुद्धा लिएर आन्दोलनमा होमिएकाहरुल
धरान / धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्कराज राईका स्वकीय सचिवले धरानका २० वटै वडाध्यक्षलाई विवरण उपलब्ध गराउन नगरको लेटरप्याड र छापको दुरुपयोग गरी उर्दी जारी गरेको विषयमा कार्यपालिका बैठकमा वडाध्यक्षहरुले आपत्ति जनाएका छन् । वडाध्यक्षहरुले ‘वडाध्यक्षहरु हर्क साम्पाङ अ रिभोलुसनको नोकर हो?’ भन्दै कार्यापालिका बैठकमा आक्रोश पोखे । नियमविपरीत पत्र काटेको विषयमा मेयर र सचिवालयले माफी माग्नु पर्ने अडान लिएका छन् । तर नगरप्रमुख हर्कराज राईले माफी नमाग्ने अडान लिएका छन् । उनले विवरण माग्न आफैले अह्राएको बताए । धरान १९ का वडाध्यक्ष पूर्ण लिम्बूले सचिवालयका कर्मचारीलाई कार्बाही गर