धरान नगरसभा तयारीका लगि आज बसेको कार्यपालिकाको बैठकमा नेकपाका वडाध्यक्षहरुले पेश गरेको बजेटको सिलिङ पत्र काङग्रेस निकट वडाध्यक्षले च्यातिदिए पछि आजको कार्यपालिका बैठक स्थिगित भएको छ । बुधबार हुने भनिएको नगर सभा बैठकको तयारीका लागि मंगलबार बसेको कार्यपालिका बैठकमा वडा नम्बर १ का वडाध्यक्ष रोशन अधिकारीले नेकपा निकट वडाध्यक्षहरुले दिएको सुझावपत्र च्यादिएका हुन् । कार्यपालिका सदस्य एवम् वडा नम्बर १७ का वडाध्यक्ष मनोज भट्टराईका अनुसार बजेटको सिलिङ पत्र पेश गर्दै गर्दा वडा नम्बर १ का वडाध्यक्ष रोशन अधिकारीले पत्र च्यातिदिएको र उनि सहित काङ्ग्रेस निकट वडाध्यक्षहरुले कार्यापालिका बै
धरान । कोभिड १९ ले निम्त्याएको महामारीद्वारा सृजित संकटले धरान नगरवासीमा पारेको प्रभावलाई लाई सम्बोधन हुने गरि आर्थिक वर्ष २०७७/७८ को निति तथा कार्यक्रमहरु बजेटमा समेट्न नेकपाले आफ्नो स्थानीय तह संसदिय दललाई निर्देशन दिएको छ । नेकपा धरान उपमहानगर कमिटीले मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै स्थानीय तह संसदीय दललाई लकडाउन अवधिको वार्षिक शुल्क, कर लगायत धरानको गौरबको आयोजनालाई निरन्तरता दिने गरिको बजेट विनियोजन गर्न निर्देशन दिएको हो । लकडाउनको समयमा नगरवासीको समस्यालाई सम्बोधन गर्न आर्थिक वर्ष २०७६÷७७ मा लागु गरेको वार्षिक शुल्क र करहरुमा ३ महिनाको मिनाहा गरी राहत दिनुपर्ने निर्णय गरिएका
बराहक्षेत्र/ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आर्थिक वर्ष ०७७/७८ का लागि वराहक्षेत्र नगरको नीति तथा कार्यक्रम र बजेट सम्बन्धी सरोकारवालासँग राय, सुझाव संकलन गरी प्रतिवेदन बुझाएको छ ।कार्यदल गठन गरी नेकपा नगर कमिटीले गत जेठ १६ गतेदेखि विभिन्न २० सरोकारवालासँग अन्तक्र्रिया गरेको हो । अन्तक्र्रियापछि संकलन गरिएको सुझाव नगर प्रमुख निलम खनाललाई बुझाइएको छ । नेकपाले स्थानीय सञ्चारकर्मी, निर्माण व्यवसायी, विद्यार्थी, शिक्षक, निर्वाचित जनप्रतिनिधि, कृषक, मजदुर, आदिवासी, जनजाति, दलित, महिलालगायतका सरोकारवालासँग अन्तरक्रिया गरेको नेकपा नगर अध्यक्ष कमल कट्वालले जानकारी दिए । नेकपाले प्रतिवेदनमा
धरान/ धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आज थप २७ जना डिस्चार्ज भएका छन् । १८ महिना देखि ६० वर्ष सम्मका झापाका ४, मोरङका १८, सुनसरीका ५ जना गरी २६ पुरुष र १ महिला सहित जम्मा २७ जना आज डिस्चार्ज भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । उनका अनुसार उनिहरु जेठ ३१ गते देखि असार २ गते सम्म प्रतिष्ठानको आइसोलेशन वार्डमा उपचाररत थिए । प्रतिष्ठानमा हाल ४४ जना उपचाररत छन् भने १५५ जना निको भएर प्रतिष्ठानबाट डिस्चार्ज भएका छन् । प्रवक्ता डा. सापकोटाका अनुसार पछिल्लो २४ घण्टामा थप ६ जना संक्रमितहरु प्रतिष्ठानमा भर्ना भएका छन् ।
आज थप ५३८ जनामा संक्रमण पुष्टि भएको छ । यो सगै नेपालमा संक्रमितको संख्या १० हजार ९९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले थप ३३१ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । संक्रमित मध्ये ९०जना महिला र ४४८ जना पुरुष भएको पनि उनले बताए । दैलेख दुल्लु नगरपालिका ३ का ४५ वर्षीय पुरुषको उपचारका क्रममा कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएको प्रवक्ता गौतमले बताए । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ७६ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार
धरान । लकडाउनका कारण रक्तदान कार्यक्रमहरु हुन नसक्दा धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको ब्लड बैंकमा रगतको अभाव भइरहँदा यातायात मजदुरहरुले रक्तदान कार्यक्रमको आयोजना गरेका छन् । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरान नगर समितीले मंगलबार धरान स्थित लोकतान्त्रीक चौतारीमा रक्तदान कार्यक्रम आयोजना गरेको हो । संगठननको ४१ औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा १ सय १३ पिन्ट रगत संकलन भएको छ । नेपाल रेडक्रस सोसाइटी सुनसरीको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा यातायात मजदुरहरु सहित धरानका स्थानीय, विद्यार्थीहरुले रक्तदान गरेका थिए । लकडाउनको स
मोरङ/ पथरी शनिश्चरे नगरपालिका, न्यायिक समितिको सहकार्यमा कानेपोखरी मिडिया प्रालिले पथरी शनिश्चरे नगरस्तरीय कानुनी परामर्श तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । साविकका ३ वटा गाविस हसन्दह, शनिश्चरे र पथरी लक्षित यो कार्यक्रम हसन्दह क्षेत्रका लागि असार ६ गते अमर सिंह माविको सभाहलमा, शनिश्चरे क्षेत्रका लागि असार ७ गते सरस्वती आधारभूतको सभाहलमा र पथरी क्षेत्रका लागि आज असार ८ गते हरियाली सामुदायिक वनको सभाहलमा सम्पन्न भएको छ । कार्यक्रमको पहिलो दिन प्रमुख अतिथिको रूपमा उपस्थिति यमुना विष्ट बास्तोलाले पथरी शनिश्चरे नगरमा प्राप्त विषयगत कानुन र कानुनको सुक्ष्म कार्यान्वयनको पक्ष औसत मात
धरान/ धरानस्थित बिपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आज थप १३ जना संक्रमित डिस्चार्ज भएका छन् । प्रतिष्ठानको आइसोलेसनमा भर्ना भएका मोरङका १२जनार झापाको १ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । उनिहरु सबै गत जेठ २८,३१,३१ गते विपीको आइसोलेसनमा भर्ना भएका थिए । प्रवक्ता सापकोटाका अनुसार प्रतिष्ठानबाट मात्रै १२८ जना संक्रमितहरु निको भएर डिस्चार्ज भएका छन् भने ६३ जना संक्रमितहरु प्रतिष्ठानमै उपचाररत छन् ।
धरान । लकडाउनका कारण ग्यारेज तथा घरमै थन्किएका सवारी साधनको कर छुट दिने सरकारको कानुनी व्यवस्थालाई कार्यान्यवन गराउन आवश्यक निर्देशनका लागि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ प्रदेश नम्बर १ समितीले प्रदेश सरकारलाई आग्रह गरेको छ । लकडाउनका कारण यातायात व्यवसाय सँग जोडिएका करिब ४० लाख भन्दा बढी मानिसहरु प्रभावित भएको अवश्थामा प्रदेश सरकारले यातायात व्यवसायीका लागि कुनै पनि राहतको प्याकेज दिनुको साटो प्रदेश सरकारले कर राजश्वहरुमा कानुन अनुसार दिन सकिने छुटका सम्बन्धमा पनि बजेट वक्तव्य समेत उल्लेख नगर्दा दुःखी तुल्याएको बताएको छ । आइतबार प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र बहादुर
धरान । लकडाउनले सवारी साधन नचल्दा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारमा आएका मृगौला रोगीहरु समस्यामा परेका छन् । सवारी साधन नचल्दा प्रतिष्ठानमै बस्न बाध्य बनेका बिरामीहरुले डाइलासिस गर्दा सरकारले दिइने सुविधा समेत नपाएको र खाना बस्न समेत समस्या भएको छ । लामो समयको लकडाउनले गर्दा धरान स्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डायलासिसका लागि आएका बिरामीहरु अलपत्र परेका छन् । हप्तामा दुई पटक डायलासिस गर्नुपर्ने बिरामीहरु सवारी साधन संचालन नहुँदा प्रतिष्ठानमै बस्न बाध्य छन् । बिरामीहरुलाई एका तिर खाने र बस्नेकै समस्या रहेको छ भने अर्को तिर डायलासिसका लागि सरकारले दिएको निशु