समाचार

    Showing 7,281-7,290 of 8,664 items.
  • उच्चबार एशोसिएशनको अध्यक्षमा  खड्का

    इलाम /  नेपाल बार एशोसिएशन उच्च अदालत बार एशोसियशन इलामको अध्यक्षमा बीरबहादुर खड्का चयन भएका छन् । शुक्रबार सम्पन्न बार एशोसिएशनको तेह्रौ साधारणसभाले खड्कालाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको हो । समितिको उपाध्यक्षमा तारानिधि घिमिरे, सचिवमा जीवन कोइराला, कोषाध्यक्षमा मणिराम निरौला चयन भएका छन् । समितिको सदस्यहरुमा जसबहादुर लुङ्गेली, खगराज कट्टेल, सुधिर बोहोरा, उत्तम पौडेल, हरि सुवेदी र विद्या सापकोटा चयन भएका छन् । साधारणसभाले किरण सुनुवार, याम लिम्बु र भीम प्रसाद रिजाललाई पार्सद चयन गरेको छ ।   

    • प्रकाशित मितिः असोज २, २०७७
    • 819 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • स्थानीय सरकारको धज्जी उडाउँदै चिया उद्योग, नगर प्रमुख भन्छन मापदण्ड नमानेर धरै छैन

    इलाम /  इलाम सूर्योदय नगरपालिका–१० की चिया कृषक साधना फागो भन्छिन,“आन्दोलन गरेरै समय जाने रहेछ । अब त हैरान भइसक्यो ।” उनका अनुसार किसानको चियाको लागत मात्रै प्रतिकिलो ३८ रुपैयाँ पर्छ तर प्रतिकिलो २० देखि ३० रुपैयाँमा चिया बेच्नु परेको छ । मूल्यकै लागि असारको पहिलो सातादेखि चिया किसान आन्दोलनमा छन् । उद्योगीले चियाको तोकिएको मूल्य नदिएकाले किसानमा उत्रिएका हुन् । तर, आन्दोलन गरेको लामो समय भइसक्दापनि उद्योगीले चियाको मूल्य दिएका छैनन् । हरियो चियाको मूल्य न्यूनतम् प्रति किलो ४० रुपैयाँ दिनु पर्ने प्रावधान स्थानीय सरकार(सूर्योदय नगरपालिका)ले बनाएको छ । तर, मापदण्डको धज्ज

    • प्रकाशित मितिः असोज २, २०७७
    • 726 पटक पढिएको
    • " भगीरथ भण्डारी"
  •  इलाममा रोबर्टको निर्माण

    इलाम /  इलामका युवाहरुले निर्माण गरेको मानव निर्मित यन्त्र (रोबर्ट) को प्रदर्शन गरेका छन  । इलामका ५ जना युवाहरुले निर्माण गरेको यन्त्रको  प्रदर्शन गरेका हुन  । बिशेष गरेर अस्पतालमा प्रयोग गर्ने गरि मानव निर्मित यन्त्र निर्माण गरिएको हो । कोरोनाका कारण बिरामीलाई औषधि दिन डाक्टर तथा नर्सहरु डराईरहेको अवस्थामा रोवर्बले नै औषधि पुर्याउन सहयोग गर्ने अपेक्षा छ ।  करिव डेढ महिना लगाएर निर्माण गरेको रोबर्ट अस्पतालमा नै प्रयोग गर्न निर्माण गरिएको हो ।  रिमोर्ड कन्ट्रोलको माध्यमबाट कुन बेडमा कुन औषधि लैजानु पर्ने, कति पटक औषधि सेवन गरेको भन्ने लगायतको जानकारी सोहि रो

    • प्रकाशित मितिः असोज २, २०७७
    • 559 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • गाडि खुल्यो यात्रु पाएन, खर्च उठाउनै धौं धौं

    धरान । बिहिबार देखि देशै भर यातायातका साधनहरु खुले पनि यात्रु नपाउँदा धरानबाट छुट्ने सवारीसाधनहरु कमै मात्रामा संचालनमा आएका छन् । लामो समय देखिको लकडाउनका कारण थन्किएका सवारी साधनहरु खुल्न थाले पनि यात्रु नपाउँदा खर्च समेत उठाउन समस्या भएको छ । कोरोनाको महामारीलाई नियन्त्रण गर्न गत चैत्र ११ गते देखि ठप्प रहेका सवारी साधनहरु विहिबार देखि खुलेका छन् । यातायात व्यवसायीहरुले सुरक्षा मापदण्ड पुरा गर्दै सवारी साधन संचालनमा ल्याएका छन् । लामो तथा छोटो दुरीका सवारी साधनहरु बसपार्क सम्म आइपुगे पनि यात्रु पाएनन् । यात्रुहरु भने फाट्ट फुट््ट मात्र देखिए । जसले गर्दा संचालनमै समस्या आएको छ । यात्रु नपाउ

    • प्रकाशित मितिः असोज २, २०७७
    • 2,021 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रेस संगठन रामधुनीमा शिशिर भट्टराई

    धरान । प्रेस संगठन नेपाल रामधुनी नगर कमिटीको संयोजकमा शिशिर भट्टराई चयन भएका छन् । संगठनको विहिबार भएको रामधुनी नगर स्तरिय भेलाले भट्टराईलाई संयोजकमा चयन गरेको हो । उनको संयोजकत्वमा ७ सदस्यीय प्रेस संगठन नेपाल रामधुनी नगरकमिटी चयन भएको छ । कमिटिको सहसंयोजकमा मान्यता साह चयन भएकी छिन् । सदस्यहरुमा तुलसी खँड्का, प्रकृति रौनियार, सुरज सदा, अमन ढुंगेल र अन्जना चौधरी चयन भएका छन् । कार्यक्रममा नेकपा सुनसरी संगठन विभाग प्रमुख नन्दकुमार बस्नेतले नवनिर्वाचित कमिटिलाई पद तथा गोपनियताको सपथ गराएका थिए । कमिटिलाई बधाई तथा शुभकामना व्यक्त गर्दै उनले जस्तो सुकै प्रतिकुल परिस्थितीमा पनि पत्रकारिता स्वच्छ,

    • प्रकाशित मितिः असोज २, २०७७
    • 668 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बास्केटबल खेलाडिलाई डिपोट स्कुलले दियो छात्रवृत्ती

    धरान । धरान बास्केटबल संघको सिफारिसमा डिपो स्कुलले १५ जना विद्यार्थी खेलाडिहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । संघले पाचौ बास्केटवल ट्यालेन्ट हन्ट कार्यक्रम वाट उत्कृष्ट १५ जना विद्यार्थीलाई डिपो स्कुलमा छात्रवृत्तिको लागि सिफारिस गरको थियो । धरान १८ स्थित डिपोट स्कुलको सभाहलमा विहिवार एक कार्यक्रमको आयोजना गरि संघ, विद्यालय, छात्रवृत्ति पाएका विद्यार्थी र अभिभावक बिच सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । संघको तर्फ वाट संघका केन्दिय उपाध्यक्ष सुरजकुमार लामा र विद्यालयका तर्फ वाट विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्रवणकुमाल लिम्वुले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता पत्रमा उल्लेख ग

    • प्रकाशित मितिः असोज २, २०७७
    • 907 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वडा कार्यालयबाट सेवा सुविधा उपभोग गर्न कठिनाई भएको भन्दै सिमा हेरफेरको माग

    धनकुटा / धनकुटाको पाख्रीवास नगरपालिका–३ कसेनी टोलमा बसोबास गर्दै आएका स्थानीय टोलबासीहरुले वडा कार्यालयबाट सेवा सुविधा उपभोग गर्न कठिनाई भएको भन्दै सिमा हेरफेरको माग गरेका छन् । साबिक पाख्रीवास नगरपालिका–४ का स्थानीयवासीहरुले हाल वडा नं. ३ बाट सेवा सुविधा उपभोग गर्न समस्या भएको भन्दै उल्लेख गर्दै सिमा हेरफेर गर्न माग गर्दै नगरपालिकामा ज्ञापन–पत्र बुझाएका हुन् । पाख्रीवास नगरपालिका–३ कसेनी टोलमा बसोबास गर्दै आएका करिब ६० घर टोलवासीले हाल पाख्रीवास कृषि अनुसन्धान केन्द्र नजिकै रहेको ४ नम्बर वडा कार्यालयबाट प्रवाह हुने सेवा सुविधा लिन अत्यान्तै कठिनाई भएको भन्दै नगर प्रमु

    • प्रकाशित मितिः असोज २, २०७७
    • 497 पटक पढिएको
    • " सन्तोष रुचाल"
  • साँगुरीगढी गाउँपालिका–६ सिम्सुवामा बेवारिसे शव फेला

    धनकुटा / धनकुटाको साँगुरीगढी गाउँपालिका–६ सिम्सुवामा बेवारिसे शव फेला परेको छ । सिम्सुवास्थित कोशी राजमार्ग नजिक करिब ५०÷५५ बर्ष उमेरको एक पुरुषको शव फेला परेको हो । राजमार्गबाट करिब ३० मीटर नजिक बाँसको झ्याङमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी ध्रुव श्रेष्ठले बताए । किरा परेर लास सड्न थालिसकेको छ । मृत्तकको पहिचान गर्न नै समस्या भएको डिएसपी श्रेष्ठले बताए । शवको पहिचानका लागि जिल्ला मातहतका सबै प्रहरी कार्यालयहरुलाई खबर गरिएको प्रहरीले बताएको छ । बाँसको झ्याङमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मृतकको हुन् र के कारणले मृत्यू भयो भन्ने खुल्न सकेको छ

    • प्रकाशित मितिः असोज १, २०७७
    • 784 पटक पढिएको
    • "सन्तोष रुचाल"
  • कोरोनाबाट थप २४ घण्टामा १२ सय ४६ जनामा कोरोना भाइरस संक्रमण ,१ हजार २ सय ४३ जना डिस्चार्ज भएर घर फर्किए

    काठमाडौ /  बिहिबार  थप १२ सय ४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगै नेपालमा संक्रमितको संख्या ५९ हजार ५ सय ७३ जना  पुगेको छ । नेपालमा मृतकको संख्या ३८३ जना पुगेको छ ।   पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ४३  जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या ३५ हजार ७०० जना रहेका छन् । 

    • प्रकाशित मितिः असोज १, २०७७
    • 534 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • अब धरानमा घरमै बसेर अनलाईनबाट कर तिर्न सकिने

    धरान । धरान उपमहानगरपालिकालाई कर तिर्न लाइन बस्नु पर्ने तथा नगरपालिकानै पुग्नु पर्ने बाध्यताको अन्त्य भएको छ । देशमै पहिलो पटक धरान उपमहानगरपालिकाले अनलाईनबाटै कर तिर्न सकिने प्रणाली शुरु गरे पछि घर मै बसेर कर तिर्न सकिने भएको छ । धरान उपमहानगरपालिकालाई करदातामैत्री बनाउन अनलाईन प्रणालीबाट कर तिर्न सकिने व्यवस्था गरेको हो । उपमहानगरपालिकाले कर प्रणालीलाई सहज, व्यवस्थित र पारदर्शी बनाउने उद्देश्यले अनलाइन कर प्रणाली सेवा सुरु गरेको छ । सेवाग्राहीले आफुले तिर्नु पर्ने सम्पूर्ण कर विश्वको जुनसुकै ठाउँबाट पनि अनलाइन प्रणाली मार्फत भुक्तानी गर्न सकिने व्यवस्था गरेको धरान उपमहानगरपालिकाका सुचना महा

    • प्रकाशित मितिः असोज १, २०७७
    • 1,342 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved