विराटनगर । जर्बजस्ती करणीका घटनामा संलग्न तीन जना प्रतिवादीलाई मोरङ प्रहरीको टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलबारी नगरपालिका वडा नं. ३ सिमपानेका चक्रबहादुर चौधरी, सकुमान तामाङ छन । कात्तिक १३ गते राति अन्दाजी पौने १२ बजेतिर मोरङ बेलबारी नगरपालिका वडा नं १ अमना सिसौलीको जंगलमा वेलबारी नगरपालिका वडा नं ३ बस्ने वर्ष २१ को सुमन भन्ने सुकमान तामाङले सोही ठाउँका बर्ष ५० को चक्र बहादुर चौधरीको सहयोगमा १४ वर्षीया नावालकमाथि जबरजस्ती करणी गरेको प्रहरीको भनाई छ । प्रतिवादी सुकमान तामाङ सहयोगी चक्र बहादुर चौधरी समेतलाई जिल्ला अदालत मोरङबाट म्याद थप भई अनुसन्धान शुरु भएको जिल्ला प्रहरी कार्यालय
विराटनगर । प्रदेश १ मा तीव्र गतिमा फैलिरहेको कोरोनाको संक्रमण मुख्यत मोरङमा केन्द्रीत भएको तथ्यांकले देखाएको छ । परीक्षण भई कोरोना पोजेटिभ भएकाहरुको तथ्यांकले संक्रमण मोरङ र त्यसमा पनि प्रदेश राजधानी विराटनगर केन्द्रीत भएको देखिन्छ । प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कको पछिल्लो तथ्यांकअनुसार प्रदेशभर कूल संक्रमितको संख्या १९ हजार ७९१ पुगिसकेको छ । तीमध्ये मोरङमा मात्र संक्रमितको संख्या ९ हजार ३५२ जना छ । जिल्लामा कोरोना संक्रमणबाट ७० जनाले ज्यान गुमाई सकेका छन । प्रदेशको आंकडा हेर्दा कूल संक्रमितमध्ये ४७ दशमलब २५ प्रतिशत मोरङका छन । मोरङमा ५ हजार
धरान । सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत सुनसरीको क्षेत्र नम्बर १ का १ हजार फुसका घरमा जस्तापाता लगाईदिने भएको छ । फुसको घर भएका विपन्न परिवारको घरधुरीमा निशुल्क जस्तापाता लगाइदिने भएको हो । सुनसरी क्षेत्र नम्बर १ का संघीय सांसद जय कुमार राईको पहलमा धरान, बराहक्षेत्र र रामधुनीका १ हजार घरधुरीमा जस्तापाता लगाइदिने भएको हो । सांसद राईको अध्यक्षतामा जिल्ला समन्वय समितीको कार्यालयमा भएको बैठकमा धरानका ३ सय ३१, रामधुनीको २ सय २४ र बराहक्षेत्रका ४ सय ४५ घरधुरीमा फुसको छानो हटाएर जस्तापाता लगाइदिने निर्णय भएको छ । लाई सरकारले निःशुल्क जस्तापाता जडान गरिदिने भएको छ । जस्तापाता जडान गर्न प्रति
धरान । कोरोना संक्रमण पुष्टि भएका सबै बीमितहरूलाई एक हप्ताभित्रै दाबी भुक्तानी दिनुपर्ने बीमा समितिले निर्देशन दिएको छ । कोरोना बीमाको दाबी रकम भुक्तानीमा ढिलाइ भएको गुनासो आए पछि सरकारले ७ दिनभित्रै दाबी भुक्तानीको व्यवस्था गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिए पछि बीमा समितीले सोही अनुसार सबै बीमा कम्पनीहरुलाई सात दिन भित्र भुक्तानी दिन निर्देशन जारी गरेको हो । अर्थ मन्त्रालयले मंगलवार बीमा समितिलाई निर्देशन दिएको थियो । बीमा समितिले मंगलवार नै एक परिपत्र जारी गर्दै कम्पनीहरूलाई तोकिएको समयावधिभित्रै दाबी भुक्तानी दिन निर्देशन दिएको हो । कोरोना पुष्टि भएका बीमितले समयमै दाबी पाउनेछन् । पेन्डि
इलाम / इलाम बजारमा सुविधा सम्पन्न ‘सिटी मार्ट’ सपिङ कम्प्लेक्स निर्माणको काम अन्तिम चरणमा पुगेको छ । इलाम नगरपालिकाले आर्थिक वर्ष २०७४÷७५ बाट निर्माण शुरु गरेको कम्प्लेक्सको काम अन्तिम चरणमा पुगेको हो । ९ करोड ३८ लाख रुपैयाँ लागत अनुमान गरिएपनि निर्माणको अन्तिम चरणमा १३ करोड लागत पुगेको इलाम नगरपालिकाका इन्जिनियर दीपक गुरागाईंले बताए ।उनले भने ‘भवनको भित्रिकाम सबै सकियो अव फिनिसिङ र बाहिर इन्टर लकिङको काम मात्रै बाँकि रहेको बताए ।’ भवनमा ९२ सटर र २ वटा लिफ्टसहितको रहेको ‘व्यापारिक प्रयोजनका लागि भवन निर्माण गरिएको हो । सिटी मार्टका लागि पार्किङस्थलको
धरान । धरानको विकाश र समाज परिवर्तनका अभियन्ता गजेन्द्र इस्वो (गजेन्द्र दाई) को आज बिहान करिब ४ बजे निधन भएको छ । केही दिन अघि कोरोना संक्रमण देखिए पछि उनको उपचार विराटनगर स्थित न्युरो अस्पतालमा उपचार भइरहेको थियो । भुतपुर्व बिट्रिश गोर्खा सैनिक संघका पुर्व अध्यक्ष समेत रहेका इस्वो धरानको विकाश र समाज परिवर्तनका लागि अभियन्ता थिए । उनका पहलमा विभिन्न समयमा थुप्रै विकाश निर्माणका कामहरु भएका छन् । किरात याक्थुङ चुम्लुङका केन्द्रिय सचिव तथा वर्तमान सल्लाहाकार इस्वो विदेशको लोभ त्यागरेर देशमै बस्दै आएका थिए । उनका थुपै्र सहकर्मीहरु बेलायत पलायन भएका छन्, तर उनी देशमै रहेर विकाशमा लागेका थि
विराटनगर। प्रदेश १ मा आज २सय५९ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ९२, मोरंगमा ८०, झापामा ६१, उदयपुर, ते¥हथुम, संखुवासभा, इलाम र ओखलढुङ्गामा २–२, धनकुटा, भोजपुर र ताप्लेजुङ १–१ र प्रदेश १ बाहिरका १३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीको धरानमा ५६, इटहरीमा १७, कोशी गाउँपालिकामा ११, दुहवी र इनरुवामा २–२, देवानगञ्ज, भोक्राहा, बराहक्षेत्र र रामधुनी १–१, मोरंगको विराटनगरमा ३७, सुनबर्षीमा ७, कटहरी र रंगेलीमा ६–६, सुन्दरहरैचा ५, कानेपोखरीमा ४, लेटाङमा ३, रतुवामाईमा २, उर्लाबारी, केराबारी, धनपालथान, जहदा, बुढीगंगा, पथरीशनिश्चरे र ग्रामथानमा १&
इलाम/ इलाम नगरपालिका सातमा निर्माणधिन सिटिमार्टको नालीमा सेफ्टी टेड्ढी बगाउने पाँच घरलार्ई नगरपालिकाले कार्वाहीगर्ने भएको छ । सिटिमार्टको नालीमा सेफ्टी टेड्ढी बगाउने धनमान बराईली,दुर्गा श्रेष्ठ मदन,कल्याण खाकी,इश्वर चिपालु र राजेन्द्र श्रेष्ठ रहेको इलाम नगरपालिकाले जनाएको छ । उनीहरुको घरमा भएको सेफ्टी टेड्ढीदेखि पाईप जडान गरेर नालिमा लगाएको पाएपछि कार्वाही गर्ने भएको हो । गरपालिकाले अनुसूची १६ को ऐनको दफा १७ अन्र्तगर्त सार्वजनिक नाली तथा ढलमा जथाभावी सेफ्टी टेड्ढीको मल बगाएमा वा जथा भावी फोहोर मैला थुपारेमा फोहोर मैला विधेयक व्यवस्थापन विधेयक , नियमावली अनुसार पहिलो पटकलाई एक हजार रुपैय
विराटनगर । पछिल्लो २४ घण्टामा कोरोना विराटनगरमा दुई जना कोरोना भाईरस संक्रमितको मृत्यु भएको छ । कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्र र नोबेल शिक्षण अस्पतालमा दुई पुरुषको मृत्यु भएको अस्पतालले जनाएका छन । कोसीमा मृत्यु हुनेमा विराटनगर महानगरपालिका वडा नम्बर ३ का ७० वर्षीय वृद्ध छन । उनमा गत कात्तिक ७ गते कोरोना पुष्टि भई उपचारार्थ अस्पताल भर्ना गरिएको थियो । नोबेल शिक्षण अस्पतालमा झापाको दमक नगरपालिका वडा नम्बर २ का ७२ वर्षीय वृद्ध पुरुषको पनि मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिएका छन । संक्रमण पुष्टि भएपछि उनलाई कात्तिक १२ गते अस्पतालको आइसोलेसनमा भर्ना गरेर उपचार
धरान । प्रत्येक वर्ष संघीय कृषि मन्त्रालयले विश्व खाद्य दिवसको अवसरमा प्रदान गर्दै आएको कृषि थोक बजार उत्कृष्ठ पुरस्कार यस वर्ष पनि धरान स्थित कृषि उपज बजार स्थलले प्राप्त गरेको छ । धरान १३ स्थित कृषि थोक बजार यो बर्ष पनि देशभरिका थोक बजारहरुमध्ये सर्वोत्कृष्ट हुन सफल भएको छ । यो वर्षको पुरस्कार कृषि बजार सातौं पटक हो । यस अघि २०६१, २०६३, २०६८, २०७२ र २०७५ देखि लगातार प्राप्त गर्दै आएको छ । सरकार मातहतमा रहेका ११ वटा कृषि बजार मध्ये धरान स्थित कृषि बजार उत्कृष्ठ बन्न सफल भएको छ । त्यसै गरि उत्कृष्ठ व्यापारीमा कृषि बजारकै थोक ब्यपारी अजय कुमार गुप्ता राष्ट्रिय स्तरमा तेश्रो हुन सफल हुनु भएका छ