समाचार

    Showing 6,181-6,190 of 8,619 items.
  • कोरोना संक्रमितको उपचारका लागि बुधबारे जेसीजको आर्थिक सहयोग

    झापा । बुधबारे जेसीजले कोरोना संक्रमितको उपचारका लागि आर्थिक सहयोग गरेको छ । बुद्धशान्ति गाउँपालिकाले सञ्चालनमा ल्याएको आइसोलेसन केन्द्रमा रहेको संक्रमितको उपचारमा सहयोग पुगोस् भनेर बुधबारे जेसीजले सोमबार २५ हजार रुपैँया सहयोग गरेको हो । बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेश भुजेललाई हस्तान्तरण गरिएको रकम हस्तान्तरण कार्यक्रमका संयोजक समेत रहेका बुधबारे जेसीजका उपाध्यक्ष विनोद रिजालले जानकारी दिए । गाउँपालिका अध्यक्ष भुजेलले कोरोना संकटका बेला बुधबारे जेसीजले खेलेको भूमिका र गरेको सहयोगको प्रशंसा गरेका छन् । रकम हस्तान्तरण कार्यक्रममा बुधबारे जेसीजका अध्यक्ष अनिल वाग्ले, पूर्व अध्यक्ष सेमन्

    • प्रकाशित मितिः जेठ १०, २०७८
    • 599 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘रेल्वे युथ क्लब’द्वारा ‘कोभिड १९ राहत कोष’ स्थापना

    धरान । धरान १७ स्थित ‘रेल्वे युथ क्लब’ले ‘कोभिड १९ राहत कोष’ स्थापना गरेका छन् । क्लबका पदाधिकारी तथा सदस्यहरुले बन्दाबन्दीका कारण आर्थिक रुपमा विपन्न र दैनिक ज्यालादारी गरेर जिविकोपार्जन गर्ने मजदुर परिवारका लागि कोभिड १९ राहत कोष स्थापना गरेका हुन् । राहत कोषका संयोजक एवं नेपाली कांग्रेस धरानका युवा नेता नरसिंह राईले कोषमा ४३ हजार ६ सय ८० रुपैयाँ जम्मा भएको जानकारी दिए । विषम् परिस्थितिमा १७ नं. वडा भित्र रहेका अति विपन्न, गरिब, दैनिक ज्यालादारी काम गरेर खाने मजदुरहरुका लागि खाद्यान्न, औषधी, फ्रि एम्बुलेन्स सेवा उपलब्ध गराउने उद्देश्यका साथ ‘रेल्वे युथ क्लब&r

    • प्रकाशित मितिः जेठ १०, २०७८
    • 791 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वीपीको कोभिड अस्पतालमा दुई जनाको मृत्यु

    धरान । धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचार गराइरहेका २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । गत मंगलबार कोभिड अस्पताल भर्ना भएका मोरङको सुन्दरहरैचा १० का ७२ वर्षिय एक वृद्ध र आइतबार भर्ना भएका धनकुटा ४ का ६४ वर्षिय अर्का वृद्धको मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता चुरामणि पोखरेलले जानकारी दिएका छन् । सुन्दरहरैचाका वृद्धलाई उच्च रक्तचान सहित मधुमेहको बिरामी थिए । उनलाई गत मंगलबार कोरोना संक्रमण देखिए लगत्तै कोभिड अस्पताल भर्ना भएका थिए । त्यस्तै धनकुटाका वृद्धलाई वैशाख २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । तर उनी हिजो मात्रै अस्पताल भर्ना भएका थिए

    • प्रकाशित मितिः जेठ १०, २०७८
    • 602 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पिडितहरु न्यायको पर्खाइमा

    धरान । जातीय विभेदकै कारण भएको रुकुम पश्चिम चौरजहारी हत्याकाण्डको आज एक वर्ष पुग्दा पनि पिडितहरुले न्याय पाउन सकेका छैनन् । आरोपी ३४ जना विरुद्ध जिल्ला अदालतमा मुद्धा दर्ता भए पनि अझै फैसला हुन सकेको छैन् । प्रेम विवाह गर्न चौरजहारी नगरपालिका ७ सोती पुगेका जाजरकोट भेरी नगरपालिका वडा नम्बर ४ का नवराज विक सहित ६ जनाको हत्याकाण्डलाई दलित अधिकारकर्मीहरुले कालो दिनका रुपमा लिएका छन् । रुकुम पश्चिमको चौरजहारी स्थित सोतीमा गत जेठ १० गते ६ जनाको ज्यान जानेगरी भएको घटना जातीय छुवाछुतका आधारमा भएको विभिन्न छानबिन समितिले निष्कर्ष निकालेको थिए । जातीय भेदभाव र छुवाछुतका कारण नवराज विक र मल्ल थरकी युवत

    • प्रकाशित मितिः जेठ १०, २०७८
    • 688 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • शव व्यवस्थापनमा नेपाल स्काउट पनि खटिने

    धरान । कोरोनाको महामारीले मृत्युदर बढ्दै शवहरुको ब्यबस्थापन गर्न नेपाल स्काउटको टोलि पनि खटिने भएका छन् । नेपालि सेनाको टोलिले हाल सम्म शव ब्यबस्थापन गर्दै आए पनि हरेक स्थानमा पहँुच र ब्यबस्थापन सम्भब नभएकाले स्काउटालाई पनि परिचालन गर्ने तयारी भएको हो । नेपाल स्काउट प्रदेश तदर्थ समितीले नेपाली सेनाको सहकार्यमा शव ब्यबस्थापनको तालिम शुरुवात गरेको छ । झापामा आइतबार देखि बुधबार सम्म प्रदेश समितीको आयोजना र नेपाली सेनाको प्राबिधिक सहकार्यमा तालिम संचालन हुनेछ । झापा जिल्लाका भद्रपुरमा भइरहेको तालिममा जिल्लामा १७ जना स्काउटरहरु सहभागि भएका छन् । कार्यक्रममा नेपाली सेनाका तर्फबाट पहिलो चरणमा श्री

    • प्रकाशित मितिः जेठ १०, २०७८
    • 792 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • माछा मार्ने क्रममा अर्जुनधाराका धनेन्द्र तामाङको मृत्यु

    सुनसरी । झापा अर्जुनधारा नगरपालिका ११ रेखा खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ३८ बर्षीय धनेन्द्र तामाङ रहेका छन् । आईतबार बेलुका साथीहरुसंग माछा मार्ने क्रममा करेन्ट लागी घाईते भएका तामाङको उपचारको लागी बिएण्डसि अस्पताल बिर्तामोड पुर्याउन साथ मृत्यु भएको हो । घटनाको सुचना पाए लगतै ईलाका प्रहरी कार्यालय अनारमणीबाट प्रहरी टोली खटि गई तामाङसंग गएका साथीहरु सोही स्थानका ३८ बर्षीय दिलबहादुर खजुम लिम्बु र ईलाम घर भई सोही स्थान बस्ने ३२ बर्षीय रमेश एक्तेन लिम्बुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जनाएको छ ।

    • प्रकाशित मितिः जेठ १०, २०७८
    • 1,081 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • संसद विघटन विरुद्ध प्रतिरोध गर्न मोरङ कांग्रेसको आह्वान

    विराटनगर । नेपाली कांग्रेस मोरङले संसद विघटन विरुद्ध राजनीतिक र न्यायिक प्रतिरोध गर्न आह्वान गरेको छ । आइतबार प्रेस विज्ञप्ति जारी गर्दै कांग्रेस मोरङले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको मिलेमतोमा चालिएको संसद विघटन गर्ने कदमको राजनीतिक र न्यायिक रुपमा प्रतिवाद गर्न आह्वान गरेको हो । नेपाली कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बूद्वारा हस्ताक्षरित विज्ञप्तिमा राष्ट्रपतिद्वारा विधि प्रक्रिया मिचेर प्रधानमन्त्रीको मतियार बनी मध्यरातमा प्रतिनिधिसभा विघटन गरी मध्यावधि निर्वाचनमा मुलुकलाई धमेल्नु कोरोनाबाट प्रताडित जनताको जीवनसँग भोटको सौदाबाजीको सुरुवात भएको उल्लेख छ

    • प्रकाशित मितिः जेठ १०, २०७८
    • 282 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विशिष्ठलाई उच्च सुरक्षामा, गाउँ शहरमा भद्रगोल

    इटहरी । प्रदेश एकको राजधानी मोरङको बिराटनगर स्थित मुख्यमन्त्री कार्यालयको मुख्य गेटैमा राखिएको छ, हात धुने साबुन पानी ,सेनीटाइजर । कार्यालय प्रवेश गर्ने जो कोहीलाइ पनि ज्वरो नाप्ने सहित साबुन पानीले हात धुएर सेनिटाइजर लगाएर मात्रै प्रवेश गर्न दिइन्छ । मन्त्रालयका प्रत्येक कोठै पिच्छे सेनिटाइजर राखिएको छ । कसैमा शंका लागे तुरुन्तै पिसिआर जाँचको व्यवस्था पनि गरिएको छ । मोरङकै बिराटनगर स्थित सिमा नाका जोगवनीमा त्यस्तै स्वास्थ्य सुरक्षाको व्यवस्था गरिएको छ । अहिले नाका पुरै बन्द गरिएको अवस्था छ । तर पनि त्यहा रहेका नेपाली तथा भारतीय उच्च अधिकारीहरूका लागि भनेर उच्च सुरक्षाका साथ सेवा सुविधा दिइए

    • प्रकाशित मितिः जेठ ९, २०७८
    • 1,111 पटक पढिएको
    • "तेजबहादुर बन"
  • कोरोना संक्रमित उदयपुरकी महिलाको मृत्यु

    धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थित कोभिड अस्पतालमा उपचार गराइ रहेकी उदयपुरकी ३४ वर्षिय एक महिलाको मृत्यु भएको छ । वैशाख २७ गते कोरोना संक्रमण पुष्टि भएकी उनको आज दिउँसो मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ११ की महिलालाई वैशाख २७ गते नै भर्ना गरिएको थियो । उनको नियमअनुसार शव व्यवस्थापन भइरहेको प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणी पोखरेलले जानकारी दिए ।

    • प्रकाशित मितिः जेठ ९, २०७८
    • 982 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वीपीका पदाधिकारी चै कमिशनको खेलमा, कर्मचारीलाई आर्थिक संकटको बहाना

    धरान । एकातिर प्रमुख पदाधिकारीहरु कमिशनको खेलमा तानातान छन्, अर्को तिर कोरोना संक्रमित बिरामीहरु सँग प्रत्यक्षरुपमा सेवा दिइरहेका नर्सहरु सेवा सुविधाको माग गर्दै आन्दोलित हुनु परेको अवश्था छ धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा । कुर्सीमा बसेर भ्रष्टाचार गर्न अनेक बहाना खोज्ने प्रमुख पदाधिकारीहरु प्रतिष्ठानको सेवा सुविधा लिएर बसेका छन्, त्यही बिरामीको प्रत्यक्ष सेवामा दिनरात काम गरिरहेका नर्सहरु तलब, भत्ता सहित सेवा सुविधाको माग गरिरहेका छन् । आइतबार नर्सहरुको टोलिले प्रतिष्ठानका प्रमुख ४ पदाधिकारी सहित मेट्रोनलाई ७ बुँदे मागपत्र बुझाएका छन् । प्रतिष्ठानका कर्मचारीलाई आर्थि

    • प्रकाशित मितिः जेठ ९, २०७८
    • 654 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved