मोरङ/ माछा पोखरीमा डुबेर मोरङमा एकजनाको मृत्यु भएको छ । मोरङ बिराटनगर महानगरपालीका ११ मा रहेको माछा पोखरीमा डुबेर सोही स्थानका २८ वर्षीय सुजन कामतको मृत्यु भएको हो । गत पौष १५ गते देखी हराइरहेका कामतको खोजतलासी गर्ने क्रममा हिजो (मंगलबार) पोखरीमा मृत्त अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालले जनाएको छ । घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
सुनसरी/ राष्ट्रिय जागृती क्लब र धरान फुटबल क्लब जारी सुनसरी जिल्ला स्तरिय ए डिभिजन लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् । लिग अन्तर्गत मंगलबार भएको तेस्रो चरणका अन्तिम खेलहरुमा जित निकाल्दै समुह ख बाट समुह बिजेता र उपबिजेता बन्दै दुबै क्लब सेमिफाइनल प्रवेश गरेका हुन् । यो सँगै जिल्ला लिगको सेमिफाइनल समिकरण समेत पुरा भएको छ । अब सेमिफाइनलमा धरान फुटबल क्लबले न्यू स्टार क्लब बराहक्षेत्रसंग बिहिबार पहिलो खेल खेल्दा सोही दिन राष्ट्रिय जागृती क्लबले धरानको गोधुली फुटबल क्लबसंग दोस्रो खेलमा प्रतिष्पर्धा गर्नेछ । इटहरी रंगशालामा मंगलबार भएको पहिलो खेलमा जागृती क्लबले लगातार तेस्रो जीत निका
मोरङ/ लाखौं रुपैयाको घोटाला लुकाउन मोरङ स्थित रंगेली नगरपालिका ९ मा रहेको त्रिमुर्ती बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सहितका सञ्चालकहरुले आफु अनुकुल साधारणसभा गराउन लागेका छन् । संस्थाका अध्यक्ष चन्द्रप्रसाद निरौलाको समुहले सहकारीबाट लाखौं रुपैया अपचलन गरेको अडिट रिपोर्ट सहित छानबिन समितीको प्रतिवेदनले पुष्टि गरिसकेको छ । १५ वर्ष देखि अध्यक्ष पदमै रहेका निरौलाले आफ्नो कार्यकालमा गरेको अपचलनहरु लुकाउन आर्थिक वर्ष २०७७÷७८ को साधारणसभा आफु अनुकुल गराउन लागेको शेयर सदस्यहरुको आरोप छ । आर्थिक वर्ष २०७४÷७५ को साधारणसभामा निरौलाले गरेको आर्थिक अपचलन बाहिरिएको थियो । उनले गरेको ल
धरान/ मोरङ व्यापार संघको ३३ औं कार्यकारिणी समितिको सदस्य पदका लागि मंगलबार निर्वाचन सम्पन्न भएको छ । संघको पदाधिकारी निर्वाचनका लागि बनेको आयोगका अनुसार उम्मेदवारहरु सर्वसम्मत निर्वाचित भएका हुन् । कार्यकारिणी समितिको सदस्य पदका लागि परेको वाणिज्य तर्फ ८ जना र उद्योग तर्फ ८ जना उम्मेदवार निर्विरोध भएका हुन् । संघको विधान, नियमावली अनुसार उम्मेदवारी परेकाले निर्विरोध भएको आयोगले जनाएको छ । निर्वाचनबाट वाणिज्य तर्फ देवाशिष गोल्छा, मनिष मारु, श्याम राठी, संजय श्रेष्ठ, अनिल कुमार साह, विनित सिंघानियां, सुशिल सुराना र राजेश अग्रवाल रहेका छन् भने उद्योग तर्फ नवीन रिजाल, आशिष जाजु, दिपेश सुवेद
धरान/ चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा अतिरिक्त शुल्क माग गरेको भन्दै नोबेल मेडिकल कलेजमा चरणबद्ध आन्दोलनमा रहेका एमबीबीएस विद्यार्थीहरुलाई एमाले निकट अनेरास्ववियु मोरङले समर्थन जनाएको छ । नोबेलले अतिरिक्त शुल्क नबुझाउने एमबीबीएसमा भर्ना भएका नयाँ विद्यार्थीलाई प्रवेशमा रोक लगाएको विरोधमा अस्पताल परिसरमा विद्यार्थीहरुले आन्दोलन गरेका हुन् । अनेरास्ववियुले समर्थन जनाउँदै आन्दोलनमा सहित नेताहरू सहभागी भएका छन् । मंगलबार अनेरास्ववियू र एमबीबीएस अध्ययनरत विधार्थीहरुले संयुक्त आन्दोलन गर्दै मानव साङ्लो बनाएर अस्पताल परीषर घेरावन्दी गरेका थिए । त्यस्तै कागजको नमूना पैसा बनाएर अस्पताल प्रशा
मोरङ । खानेपानीको टं्याङकी भर्न र बन्द गर्न सहयोग पुग्ने स्वदेशमै निर्मित ‘अटोमेटिक वाटर लेभल कन्ट्रोलर’ बजारमा आएको छ ।स्वदेशमा उत्पादित ‘लकडाउन वाटर लेभल कन्ट्रोलर’ नाम दिइएको उपकरण विराटनगरमा सोमबार एक कार्यक्रमका बीच लन्च गरेर बजारमा ल्याएको हो । विराटनगर १६ मा रहेको सुवाल उद्योगले उपकरण उत्पादन गरि बजारमा ल्याएको हो । सेन्सरयुक्त उपकरणले खानेपानीको ट्याङकी खाली हुँदा अटोमेटिक रुपमा अन भएर मोटर चल्ने तथा ट्याङकीको लेभल अनुसार पानी भरिसक्दा आफैं बन्द हुने सुवाल उद्योगका संचालक केशवलाल सिंह सुवालले बताए । कोरियन टेक्नोलोजीको कन्ट्रोलर आफुहरुले विराटनगरमैं उत्पादन शु
धरान । करिब तिन वर्ष अघि निर्माण सम्पन्न भएको सुनसरीको इनरुवा स्थित बसपार्क अझै पनि संचालनमा आउन सकेको छैन् । संघीय सरकारले विनियोजन गरेको रकम उपलब्ध नगराएको भन्दै विरोध स्वरुप इनरुवा नगरपालिकाले बसपार्क संचालन गर्न नमाने पछि करिब तिन वर्ष देखि अलपत्र बनेको छ । इनरुवा नगरपालिका–४ मा निर्मित सुविधासम्पन्न बसपार्क सञ्चालनमा आउन नसकेपछि बसपार्कको प्रतीक्षालय, टिकट काउण्टरसहितका भित्तामा अनावश्यक कुरा लेख्ने क्रम बढ्दो छ । अहिले बसपार्कमा लागुपदार्थ दुव्र्यसनीको अखडा बन्दै गएको छ भने युवायुवतीहरुले टिकटक बनाउने, डेटिङ गर्नेको स्थलको रुपमा परिणत भएको छ । बसपार्कमा इनरुवा, भोक्राहा, हरिनगरका
धरान । नेपाल आदिवासी जनजाती पत्रकार संघ सुनसरीको अध्यक्षमा नविन गुरुङ निर्वाचित भएका छन् । संघको नयाँ सदस्य तथा नविकरण सदस्यहरुको नामावली सार्वजनिकमा विवाद देखिए पछि गत मंसिर २८ गते सम्पन्न फोनिजको अधिवेसनको बन्द सत्र स्थगित भएको थियो । फोनिजको प्रदेश समितीको रोहबरमा सोमबार सम्पन्न निर्वाचन समितीको बैठकले अध्यक्ष गुरुङलाई सर्वसम्मत चयन गरेको हो । नयाँ कार्यसमितीको उपाध्यक्षमा सुनिल चौधरी, सचिवमा सुम्निमा राई सहसचिवमा एलन गच्छदार र कोषाध्यक्षमा राजकुमारी चौधरी रहेका छन् । त्यसै गरि सदस्यहरुमा बसन्त बान्तवा, मौसमी लिम्बु, विश्व राई, रश्मी प्रधान, स्वर्णिम हाङ फोम्बो र कमला चौधरी रहेका छन् । १३
धरान/ धरान मेघा कलेज (हिमालयन स्कुल) मा आइतबार बिहान बेग्लै चहलपहल थियो । सबै विद्यार्थी र शिक्षक–शिक्षिकाहरू आ–आफ्नो जातीय पोशाकमा सजिएर आएका थिए । साँच्चै त्यहाँ नेपालको सांस्कृतिक विविधता प्रस्ट देखिँदै थियो । कलेजले त्यस दिन ‘कल्चरल डे’ (सांस्कृतिक दिवस) का रूपमा मनाउने घोषणा गरेको थियो । यसै कारण विद्यार्थी र शिक्षक–शिक्षिकाहरू जातीय पोशाकमा ठाँटिएर आएका थिए । अरू बेला विदेशी पोशाकमा देखिनेहरू पनि त्यस बेला जातीय पोशाकमा सजिएका थिए । मौलिक जातीय पहिरनमा सबैजना निकै खुलेका थिए । मौलिक जातीय पहिरनमा आउने विद्यार्थी र शिक्षक–शिक्षिकालाई कलेजले पुरस्कृत प
धरान/ पुस्तकको सिद्धान्तलाई अभ्यासमा जोड दिदैं धरान–१५ स्थित हिबिस्कस इङ्ग्लिस बोर्डिङ स्कुलले साईन्स ल्याब सुरु गरेको छ ।स्कुलले ८ लाख रुपैयाको लागतमा सुरु गरेको ल्याबमा फिजिक्स, केमेष्ट्रि र बायोलोजी सम्बन्धी पुस्तकमा आधारित अभ्यास गराईने गरेको स्कुलका कोअर्डिनेटर विजय सिंह थेवेले बताए । स्कुलले कक्षा ४ देखि कक्षा ११ सम्मका विद्यार्थीलाई ल्याबमा अभ्यास गराउँदै पढाउन सुरु गरेको हो । उनका अनुसार ल्याबमा अहिले ६ वटा माईक्रोस्कोप सहित अन्य आवश्यक उपकरण राखिएको छ । त्यसमध्ये अँध्यारो कोठामा पनि विद्युतबाट चल्ने उपकरण पनि राखिएको उनले बताए । विद्यार्थीलाई सानैदेखि अभ्यासमुलक सिकाईमा जो