समाचार

    Showing 4,881-4,890 of 8,575 items.
  • इटहरीको मेयरमा दुई स्वतन्त्र सहित सात

    धरान । सुनसरीको इटहरीमा पहिलो दिनको मनोनयनमा मेयर पदमा ७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । दुई स्वतन्त्र र ५ साना दलका उम्मेवारले मनोनयन दर्ता गराएका हुन् । पहिलो दिनको उम्मेदवार मनोनयनमा मेयरमा पदम अधिकारी र डिल्लीराम दाहालले स्वतन्त्र उम्मेदवारी दिएका छन् । दलगत संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट भिमकुमार लिम्बु, मंगोल नेशनल अर्गनाइजेशन पार्टीबाट दिपेन्द्र राई, मौलिक जरोकिलो पार्टीबाट मेयरमा रामेश्वर थापाले उम्मेदवारी दिएका छन् । त्यस्तै, नागरिक उन्मुक्ति पार्टीबाट अक्षय कुमार चौधरी र खम्बुवान राष्ट्रिय मोर्चा नेपालबाट देशमाया राईले मेयरमा उम्मेदवारी दिएकी छन् । उपमेयरमा २ जनाको उ

    • प्रकाशित मितिः वैशाख १२, २०७९
    • 1,074 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • 'लक्का जवान' वैशाख २३ देखि

    धरान । हास्य विधामा बनेको चलचित्र ‘लक्का जवान’ बैशाख २३ गते देखि देशैभरि लाग्ने भएको छ । चलचित्रका निर्माता तथा हास्यकलाकार शिवहरि पोडेलले चलचित्र गाउँ घरमा भएको कथा बस्तुलाई प्रस्तुत गरिएको बताए । शुक्रबार धरानमा पत्रकार सम्मेलन गर्दै चलचित्रमा ४० प्रतिसत कलाकारहरु हास्य कलाकारहरु रहेको उनले बताए । चलचित्रको कुल लागत रिलिज हुने दिन सम्म २ करोड ४० लाख पुगेको उनले बताए । चलचित्र निर्माणमा धेरै मेहेनत गरिएकाले हास्य विधामा उत्कृष्ट चलचित्र बनेको उनले बताए । उनले भने, फिल्मको गितहरुमा पनि धेरै मेहनत गरेका छौं, एउटा गितमा १ सय २५ देखि ८० जना कोरस कलाकार समेत रहेका छन् ।’ चलचित्

    • प्रकाशित मितिः वैशाख १२, २०७९
    • 1,100 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानको मेयरमा एक स्वतन्त्र सहित छ

    धरान । देशभरका स्थानीय तहमा चुनावी सरगर्मी बढेको छ । हरेक स्थानीय तहमा आइतबार साना तथा स्वतन्त्र उम्मेदवारहरुले मनोनयन दर्ता गरेका छन् । धरानमा पनि साना तथा स्वतन्त्र उम्मेदवारहरुले मनोनयन दर्ता गरेका छन् । निर्वाचन अधिकृतको कार्यालय धरानका अनुसार आइतबार मेयरका लागि ६ जनाले उम्मेद्वारी दर्ता गराएका छन् भने उपमेयरमा ४ जनाले उम्मेद्वारी दिएका छन् । धरानमा एक स्वतन्त्र सहित ५ जनाले मेयरमा उम्मेदवारी दर्ता गराएका हुन् । मेयरमा हर्क साम्पाङ राईले स्वतन्त्र उम्मेदवारी दिएका छन् भने मेयर पदका लागि संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट अमर बहादुर लिम्बु, राष्ट्रिय जनमुक्ति पार्टीबाट राजेश कुमार र

    • प्रकाशित मितिः वैशाख १२, २०७९
    • 765 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरान खानेपानी परियोजना: सम्झौता सकिएको अढाइ वर्षपछि मेयरले थाहा पाए

    धरान । एसियाली विकास बैंङ्क (एडीबी) को ऋण तथा अनुदान सहयोगमा धरानमा सञ्चालित खानेपानी परियोजनाको म्याद सकिएको करीब अढाइ वर्षपछि मात्रै मेयर तिलक राईले यस बारे थाहा पाए । गत चैतमा भएको एक छलफलका क्रममा मन्त्रालयका पदाधिकारीहरूले जानकारी गराएपछि मात्रै उनले परियोजनाको म्याद अढाइ वर्षअघि नै सकिएको थाहा पाए । पाँच वर्ष भित्र सक्ने गरी सन् २०१२ मा शुरु भएको परियोजना निर्धारित समयमा नसकिएपछि दुई वर्ष अवधि थप गरिएको थियो । परियोजनाको थपिएको म्याद सन् २०१९ डिसेम्बर ३१ अर्थात् २०७६ पुसमा सकिएको थियो । २०७६ मङ्सिर १४ मा भएको उपनिर्वाचनबाट मेयरमा निर्वाचित भएर उनले कार्यभार सम्हालेको पनि एक महिना भइसके

    • प्रकाशित मितिः वैशाख १२, २०७९
    • 3,108 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘काँग्रेस र कम्युनिष्टको दम्भले गठबन्धन तोडियो’

    २०५८ सालदेखि राजनीतिक जीवनमा प्रवेश गरेका जनता समाजवादी धरानका अध्यक्ष ताजुव लिम्बु धरानेहरुका लागि नौलो नाम होइन । नेपाल कम्युनिस्ट पार्टी एमालेको विद्यार्थी संगठन अखिल नेपाल विद्यार्थी युनियनबाट प्रभावित बनेर राजनीतिक रुपमा प्रशिक्षित भएका हुन् । २०६२÷०६३ को जनआन्दोलनमा नेकपा एमालेको तर्फबाट सहभागिता जनाएका लिम्बु ०६४ सालको पहिलो संविधानदेखि भने राजनीतिमा पूर्ण सक्रिय रहे । मास्टर डिग्रीको कोर्ष पूरा गरिसकेपछि ०६५÷०६६ सालदेखि भने उनी एमालेको युवा संगठन युवा संघमा रहेर काम गरे । एमालेको वहुदलीय जनवादबाट आकर्षित लिम्बु युवासंघमै रहेको समयमा एमालेले उठाएको पहिचानको मुद्दामा अभिप्र

    • प्रकाशित मितिः वैशाख ११, २०७९
    • 1,011 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सवारी दुर्घटनाबाट १ जनाको मृत्यु १० जना घाईते

    धरान । सुनसरीको बराहक्षेत्र नगरपालिकापा ४ पिडारी चतारा झुम्का भित्री सडक खण्डमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ११ जना घाईते भएका छन् । शनिबार दिउँसो पौने १ बजे चताराबाट झुम्कातर्फ जाँदै गरेको प्रदेश १ ०२ ००१ ख ९५०४ नम्बरको बस अनियनन्त्रीत भई नहरको पुलको रेलिङमा ठक्कर खाई दुर्घटना हुँदा बस धनि बराहक्षेत्र नगरपालिका १ चतरा घर भएका ४० बर्षीय सरोज खड्का सहित ११ जना घाईते भएका हुन् । घाईतेलाई तत्काल उपचारको लागि वि.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा खड्काको उपचारको क्रममा मृत्यु भएको हो । बस चालक बराहक्षेत्र १ चताराका २५ बर्षीय सनम श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लि

    • प्रकाशित मितिः वैशाख ११, २०७९
    • 932 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • गठबन्धनले महिला सहभागिता शुन्य

    धरान । प्रदेश १ निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको सहकार्यमा जनता मिडिया हव धरानले महिलाहरुको राजनीतिमा उपस्थिति र पहुँचका विषयमा सरोकारवालाहरुसँग अन्र्तक्रिया गरेको छ । धरानमा आयोजित अन्र्तक्रियामा महिलाहरुलाई राज्यका निर्णायक तहमा पु¥याउन राजनीतिक दलहरु भन्दा माथि उठेर अभियान चलाउनु पर्ने सहभागिहरुले बताएका छन् । कार्यक्रमकी प्रमुख अतिथि १ नं. प्रदेश सभा सदस्य सावित्री जोशी श्रेष्ठले संविधानमै महिलाको हक अधिकार ३३ प्रतिशत कायम गराउन सफल भए पनि राजनीतिक दल र राज्यका निकायमा संविधानमा उल्लेख भए अनुसारको महिलाको सहभागीता नभएको बताईन । कार्यक्रममा धरान उपमहानगरपालिकाकी उममेयर म

    • प्रकाशित मितिः वैशाख ११, २०७९
    • 873 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ज्योतिद्वारा मृत्युदाबी भुक्तानी

    धरान । सवारी दुर्घटनामा परि ज्यान गुमाएका सेमसङ मगरका परिवारलाई ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबि भुक्तानि प्रदान गरेको छ । गत कात्तिक २८ गते मृत्यु भएका तामाङको परिवारलाई कम्पनीले मंगलबार बिमा वापतको रकम प्रदान गरेको हो । मगरले १ लाख बराबरको जीवन बिमा गरेका थिए । कम्पनीका शाखा प्रमुख धनु श्रेष्ठका अनुसार मगरका बुवा कुमार मगर आमा शकुन्तला मगरलाई १ लाख १ हजार २५ रुपैया बराबरको चेक हस्तान्तरण गरिएको छ । मगरले ३ महिना अघि १ लाख रुपैयाँको बिमा गरेका थिए । बिमा गरेको ३ महिनामा उनको सवारी दुर्घटना परि मृत्यु भएको थियो । कम्पनीले धरान ५ देवि गाउँ स्थित मगरको निवासमै पुगेर चेक मार्फत रकम

    • प्रकाशित मितिः वैशाख ११, २०७९
    • 1,328 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इलाममा साविककै उम्मेदवारको दबदबा

    धरान । स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार मनोनयन दर्ता मितिको संघारमा इलामका राजनीतिक दलहरु आफ्ना उम्मेदवारको अन्तिम नाम टुङ्गो लगाउन जुटेपनि जिल्लाका ठूला दलहरु नेकपा एमाले र नेपाली कांग्रेसले आधिकारिक उम्मेदवारको नाम सर्वजनिक गरिसकेका छैनन् । नेकपा एमालेको जिल्लाका ८१ वटै वडाका वडाध्यक्षसहितको नाम फाइनल भइसकेको बुझिएको छ । यसअघि सूर्योदय, देउमाई, रोङ र माङ्सेबुङ गाउँपालिकाका प्रमुख र उप–प्रमुखहरुको नाम सर्वसम्मत ढंगले एमालेले टुङ्ग्याएको थियो । आधिकारिक उम्मेद्वार सार्वजनिक नभएपनि काङ्ग्रेसमा पनि अधिकाँश पालिकाका उम्मेदवारका नाम बाहिर आउन थालेका छन् । गठबन्धन र प्रतिपक्षी एमालेबा

    • प्रकाशित मितिः वैशाख ११, २०७९
    • 779 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इलाममा तिन प्रमुख र उपप्रमुखको राजिनामा

    धरान । बैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि ११ गतेको लागि तय भएको मनोनयन दर्ता गर्न इलामका जनप्रतिनिधिले राजिनामा दिएका छन । इलामका १० पालिका मध्ये तीन नगरपालिकाका प्रमुुख र उपप्रमुखले राजिनामा दिईसकेका छन । त्यस्तै माईजोगमाई गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष र सन्दकपुर गाउँपालिकाका अध्यक्षले राजिनामा दिइकेका छन । सूर्याेदय नगरपालिका प्रमुख रणबहादुुर राई, उपप्रमुख दुर्गादेवी भट्टराई, माई नगर प्रमुख दीपककुमार थेबे, उपप्रमुख विष्णुमाया रिमाल र देउमाई नगरपालिका प्रमुख सूर्य पोख्रेल र उपप्रमुख पविमाया राईले पदबाट राजीनामा दिएका छन् । सन्दकपुर गाउँपालिका अध्यक्ष उदयबहादुर राईले पनि पदबाट राजीन

    • प्रकाशित मितिः वैशाख ११, २०७९
    • 703 पटक पढिएको
    • " भगीरथ भण्डारी"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved