धरान । धरानमा विगतको मतपरिणाम भन्दा फरक परिणाम आउने संकेत देखिएकोछ । विगतमा वडाहरुमा जितेका दलका प्रतिनिधि हेरफेरसँगै पहिलो पटक स्वतन्त्र उमेद्वारले नेकपा एमाले र गठबन्धनका दललाई पछि पार्दै बाजी मार्ने संकेत देखिएको छ । धरानमा लाकतानित्रक गणतन्त्र स्थापना पछि भएको दोस्रो स्थानीय निर्वाचनमा पहिलो निर्वाचन भन्दा दोस्रो निर्वाचनमा मत परिणाम फरक ढगले आएको छ । ०७४ सालकोपहिलो स्थानीय निर्वाचनमा उपमहानगरपालिकाको प्रमुख, उप्रमुखसहित अधिकांश वडाहरु नेकपा एमालेले जितेकोे थियो । तर ०७९ को दोस्रो स्थानीय निवाृचनमा भने स्वतन्त्र उमेद्वार हाबी देखिएको छ । एमालेले ०७४ सालमा १४ वडासहित मेयर र उपमेयर जितेको
धरान । सरकारले गणतन्त्र दिवस त्रि–दिवसीय कार्यक्रमका साथ मनाउने भएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा विहीबार बसेको गणतन्त्र दिवस–२०७९ मूल समारोह समितिको बैठकले गणतन्त्र दिवस तीन दिनसम्म देशभरि विभिन्न कार्यक्रम गरी मनाउने निर्णय गरेको हो । गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बसेको मूल समारोह समितिको बैठकले दिवस यही जेठ १४, १५ र १६ विशेष कार्यक्रम गर्ने निर्णय गरेको हो । समितिले जेठ १४ गते संघ, प्रदेश र स्थानीय तहका सबै सरकारी कार्यालयले राष्ट्रिय झण्डा एवं व्यानर सजाएर साँझ दिपावली गर्ने र आम नागरिकलाई दिपावली गर्न अनुरोध गर्ने निर्णय गरेको छ । यस्तै १५ गते रा
धरान । लिम्बु जातिको धर्मशास्त्र मुन्धुमलाई मौलिक दृष्टिकोणबाट अनुसन्धान गरिने भएको छ । यस्को लागि अमेरिका स्थित मिचिगन युनिभर्सीटीका प्रोफेसर डा.मारोहाङ लिम्बु याक्थुङको नेतृत्वमा लिम्बुहरुको अन्तर्राष्ट्रिय टोली नेपाल आएको छ । टोलीले मुन्धुममा वर्णित पूर्वी नेपालका स्थलहरुको अध्ययन, अवलोकन र अग्रजहरुसंग अन्तरकृया गर्नेछ । अनुसन्धान हिमालयन याक्थुङ अल्चर स्टडीबाट गरिने भएको हो । छोटकरीमा हियाक्स नामक संस्था विदेशमा बसोबास गर्दै आएका लिम्बु याक्थुङ समुदायको प्राज्ञिक संस्था भएको बताइएको छ । धरानमा मंगलवार टोलीसंग डा.राम नारायण कन्दङवा, प्राडा. गोबिन्द तुम्बाहाङ, सहप्राध्यापक चन्द्र लिम्बु फोम
धरान । कोरोना सक्रमणका कारण राष्ट्रिय स्तरका पत्रपत्रिका समेत प्रभावित भएको समयमा धरानबाट प्रकाशित दिव्य रोशनीले भने हरेक आरोह अवरोधको सामाना गर्दै निरन्तर प्रकाशित गर्दै आएको छ । श्रमजीवि महिला पत्रकार मनिता चाम्लिङद्वारा सम्पादित÷प्रकाशित दिव्य रोशनीले स्थानीय तथा राष्ट्रिय स्तरमा सूचना प्रवाहमात्र गर्दै आएको छैन, सुनसरीलाई कार्यक्षेत्र बनाएर स्थानीय तथा राष्ट्रिय स्तरमा पत्रकारिता गर्नेहरुलाई सम्मान एवम् पुरस्कार समेत गर्दै आएको छ । यसै क्रममा १८ औं बार्षिकोत्सवको अवसरमा धरानलाई कार्यक्षेत्र बनाई पत्रकारिता गरिरहेका तीन जना पत्रकार र एक जना सामाजिक अभियन्ता सम्मान गरेको छ । धरान
धरान । मोरङको सुनवर्षी नगरपालिकामा विजय जुलुसमा हिँडेको ट्याक्टर दुर्घटनामा परेको छ । सुनबर्षी नगरपालिका वडा नम्बर ६ स्थित सिटौला टोलमा नेकपा एमालेको विजय जुलसमा गएको ट्याक्टर दुर्घटना हुँदा १३ जना घाइते भएका हुन् । को २ च १४३७ नम्बर को ट्याक्टर दक्षिणबाट उत्तर तर्फ जाने क्रममा अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर १३ जना घाइते भएका छन् । दुर्घटनामा घाइते भएका मध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइते हुनेमा २६ बर्षका जलन्धर राजवंशी र ४० बर्षीय राजकुमार सहनीको अवस्था गम्भीर रहेकोले थप उपचारका लागि नोवेल अस्पताल विराटनगर पठाइएको जिल्ला अस्पताल रं
धरान / धरान वडा नम्बर १९ मा नेकपा ऐमालेका उम्मेदवार पुर्ण बाहादुर लिम्बू वडा अध्यक्षमा पुनः दोहोरिएका छन् । ७४ सालको निर्वाचनमा वडाध्यक्षमा निर्वाचित भएका उनि पुनः वडाध्यक्षमा निर्वाचित भएका हुन् । निर्वाचन अयोगले दिएको जानकारी अुनसार लिम्बुले ९ सय २८ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका राज कुमार थोप्रा लिम्बूले ८ सय ४५ मत प्राप्त गरेका थिए । लिम्बू सँगै उनका प्यानलबाट महिला सदस्य झुमा देबि गुरुङले ९ सय ५३ मत दलित महिला सदस्यमा चन्द्रमाया विश्वकर्मा ९ सय २७ मत र खुल्ला सदस्यमा लोकेन्द्र राईले ८ सय ८७ मत र जयरत्न थलङ्ग (लिम्बू ) ८ सय ९८ मत प्राप्त गर्दै विजय भ
धरान/ धरानमा स्वतन्त्र उम्मेद्वार हर्क साम्पाङले गठबन्धका उम्मेद्वार किशोर राईलाई १ सय ४० मतले पछि पारेका छन् । निर्वाचन अयोगले दिएको पछिल्लो जानकारी अनुसार साम्पाङले ८ हजार ८ सय १८ मत प्राप्त गर्दा काँग्रेसका उम्मेद्वार राईले ८ हजार ६ सय ७८ मत प्राप्त गरेका हुन् । त्यस्तै, एमालेकी उम्मेद्वार मञ्जु भण्डारीले ७ हजार ६६ मत प्राप्त गर्दै तेस्रो स्थानमा छिन् । गठबन्धनबाट उमेयरको उम्मेद्वार बनेका अइन्द्र बेघा ९ हजार ७ सय ४५ मत प्राप्त गर्दै अग्र स्थानमा रहेका छन् भने एमालेका उम्मेद्वार पदम लिम्बु ९ हजार ४ सय १ मत प्राप्त गर्दे उनलाई पच्छाइरहेका छन् ।
धरान/ धरान उपमहानगरपालिको १२ नं. वडाको १ हजार मत गणना गर्दा नेकपा एमालेका उम्मेद्वार अगाडी रहेका छन् । निर्वाचन आयोगले दिएको जानकारी अनुसार एमालेका वडाध्यक्ष टंक बहादुर राई १ सय १८ मतले मतान्तर काँग्रेसका उम्मेद्वार भन्दा अगाडी रहेका हुन् । काँग्रेसका उम्मेद्वार ३ सय ७१ मत प्राप्त गरी उनलाई पच्छाइरहेका छन् । त्यस्तै मेयर तर्फ एमालेकी मञ्जु भण्डारीले २ सय ४० मत प्राप्त गर्दा काँग्रेसका किशोर राईले ३ सय ४७ प्राप्त गर्र्र्दै अग्रस्थानमा रहेका छन् । त्यसगरी स्वतन्त्र उम्मेद्वार हर्क साम्पाङले २ सय ८५ मत प्राप्त गरेका छन् । १२ नं. वडामा कुल १ हजार ६ सय ७९ मत खसेको थियो ।
धरान । आफूले ४० वर्षदेखि पाल्दै आएको ‘टुप्पी’ काटिदिएको भन्दै मोरङका एक ब्राम्हणले कारवाहीको माग राख्दै प्रहरीमा उजुरी दिएका छन् । मोरङ कटहरी गाउँपालिका ४ घर भइ विराटनर १२ मा बस्दै आएका ५२ वर्षीय मनोज शर्माको कम्मरसम्मको एक फिट लामो ‘टुप्पी’ काटिदिनेलाई कारवाहीको माग राख्दै मोरङ प्रहरीमा उजुरी परेको हो । शर्माको टुप्पी कटहरी गाउँपालिका ४ का फिरोज मियाँले काटिदिएका हुन् । मियाँले १३ वैशाखमा राती साढे ७ बजे कटहरी ४ मा टुपीमा तानेर कैचीले जवरजस्ती काटिदिएको शर्माको भनाई छ । आफ्नो बारीको पानी तान्ने पम्प चोरी गर्ने फिरोज मियाँले टुप्पी काटिदिएको शर्माको आरोप छ । कटहरी ४
धरान । भिक्टोरी आवासीय विद्यालयले अभिावक दिवसमा विभिन्न विधामा उत्कृष्ट भएका विद्यार्थीहलाई पुरस्कृत गरेका छ । कार्यक्रममा वर्षभरी विभिन्न विधामा उत्कृष्ट भएका विद्यार्थीहरुलाई पुरस्किृत समेत गरिएको हो । जुनियरतर्फ १ देखि ५कक्षासम्मकै उत्कृष्ट विद्यार्थी एमी पालुङ्गालाई पृरस्कृत गरिएको थियो भने कक्षा ६देखी ७ सम्म सिनियर तर्फ अखिल तिम्सिना पुरस्कृत भएका थिए । यसैगर्री कक्षा ४ का गणेश गुरुङ, कक्षा ७ की प्रतिमा लिम्बु र कक्षा ८ की तान्छोना लिम्बुलाई सर्वाेतकृष्ट विद्यार्थी पुरस्कृत भएका थिए । यस्तै विद्यालयमा प्रतिशत उपस्थिति जनाउने जुनियरतर्फ कक्षा २ का जेनिश गुरुङ र सिनियरतर्फ कक्षा ६ का आक