समाचार

    Showing 4,711-4,720 of 10,030 items.
  • संवेदनशील समुहकालागि इलामको वायु अत्यन्तै जोखिम

    इलाम / इलाम भन्ने वित्तिकै सुन्दर र स्वच्च भनेर चिनिन्छ । चियासँगै र अन्य बोटबिरुवाले हरियाली हुनु र उद्योग कल कारखाना नभएको कारण पनि इलामको वातावरण स्वच्छ छ भन्ने बुझाई छ । तर पछिल्लो समय इलामको वातावरण दिन प्रतिदिन प्रदूषण हुन थालेको पाइएको छ । सदरमुकाम स्थित उद्योग वाणिज्य सङ्घ सँगै रहेको अमेरिकन कर्नरका मापन गर्ने डिभाइस राखिएको छ । वायुको प्रदूषण मापनका लागि इलाममा राखिएको डिभाइसले इलामको वायु प्रदूषण जोखिममा रहेको कर्नरका हेम सागर पौडेलले जानकारी दिए । नेपालको सन्दर्भमा वायु गुणस्तर सम्बन्धी राष्ट्रिय मापदण्ड २०६९ ले पिए म दुई दशमलव पाँच मापन गर्दा प्रतिघन मिटर वार्षिक ४० माईक्रोग

    • प्रकाशित मितिः वैशाख १९, २०८०
    • 988 पटक पढिएको
    • " भगीरथ भण्डारी"
  • नोबेल न्यूरो सर्जरी विभागको वार्षिकोत्सव सम्पन्न

    मोरङ /  नोबेल शिक्षण अस्पतालको न्यूरो सर्जरी विभागले ७ औं वार्षिकोत्सवको अवसर पारेर न्यूरोभास्कुलर र न्यूरोक्रिटिकल सम्मेलन आयोजना गरेको छ । नोबेलमा अत्याधुनिक न्यूरो सर्जरी सेवा सुरु गरिएको वर्षलाई आधार मानेर वार्षिकोत्सव मनाउँने क्रममा नेपाल र भारतका बरिष्ठ न्यूरो सर्जनहरुको सहभागितामा सम्मेलन आयोजना गरिएको हो ।

    • प्रकाशित मितिः वैशाख १९, २०८०
    • 698 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बराहाको १२ औं साधारणभा सम्पन्न

    विजयपुर / बराह सञ्चालनका लागि बराह बचत तथा ऋण सहकारी संस्था लि र बराह पीडित संघर्ष समितिबीच १८ बुँदे सहमति भएको छ । बराहको १२ औ साधारणसभाको अवसरमा धरान ८ मा रहेको बराह बचत तथा ऋण सहकारी संस्थाकै हलमा बराहलाई सहज सञ्चालनका लागि निकास दिने विषयमा सहमति भएको हो । सहमतिमा अहिलेको असहज परिस्थितिलाई मध्यनजर गरी बराहलाई सहज रुपमा सञ्चालन गर्न दिने उल्लेख छ । बराहले सम्पूर्ण शेयर सदस्य, बचतकर्ताहरुको रकम फिर्ता गर्न नसकेको स्वीकार्दै सहज वातावरण बनाइदिएर एक पटक मौका दिन बराह सञ्चालक समितिका पदाधिकारीहरुले अनुरोध गरेका थिए ।   सोही अनुरोधलाई स्वीकार गर्दै बराह पीडित संघर्ष समिति, शेयर

    • प्रकाशित मितिः वैशाख १८, २०८०
    • 1,200 पटक पढिएको
    • "स्नेहा श्रेष्ठ ।"
  • सञ्चारकर्मी माथिको अपमानजनक र अमर्यादित व्यावहारप्रति दलहरुको आपत्ति

    धरान / धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पछिल्लो समय सञ्चारकर्मीप्रति गरेको अपमानजनक र अव्यहारिक व्यवहारप्रति धरानका ५ राजनीतिक दलहरुले आपत्ति जनाएका छन् । उनीहरुले लोकतन्त्र स्थापनामा ठूलो भूमिका निर्वाह गर्ने सञ्चारकर्मीमाथि सामाजिक सञ्जालमा अपशब्द प्रयोग गरी सञ्चारकर्मीहरुमाथि भएको अमर्यादित व्यवहारप्रति ध्यानाकर्षण भएको बताउदै आपत्ति प्रकट गरेका हुन् । नेपाली काँग्रेस धरान नगर समितिका सभापति श्याम पोख्रेल, नेकपा एमाले धरान नगर कमिटीका अध्यक्ष हर्कजंग हेभेङ, नेकपा माओवादी केन्द्रका धरान नगर अध्यक्ष सूर्यबहादुर भट्टराई (मनोज), जनता समाजवादी धरान नगर कमिटीका अध्यक्ष ताजुव लिम्बु, ने

    • प्रकाशित मितिः वैशाख १८, २०८०
    • 934 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मजदुरका पक्षमा निरन्तर खबरदारी आवश्यक ( सम्पादकीय )

    मे १ अर्थात् अन्तर्राष्ट्रिय श्रमिक दिवस । यो दिन संसारभरि नै विभिन्न कार्यक्रम आयोजना गरेर श्रमिक–मजदुरका हक अधिकारबारे चर्चा गरिन्छ । सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झना गर्दै विश्वभर यसै दिन श्रमिक दिवस मनाउने गरिन्छ । सो आन्दोलनको क्रममा सिकागोको हेय मार्केट भन्ने ठाउँमा बम विस्फोट भएको थियो । सो बम विस्फोटमा कसको संलग्नता थियो भन्ने नखुले पनि प्रहरीले आन्दोलनरत् मजदुरमाथि व्यापक दमन गरेको थियो । त्यस बेला प्रहरीको गोली लागेर सातजना मजदुरको ज्यान गयो । दमन भए पनि अन्ततः मजदुर आन्दोलन स

    • प्रकाशित मितिः वैशाख १८, २०८०
    • 672 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • अन्तर्राष्ट्रिय श्रमिक दिवस नारामा मात्र सीमित

    धरान / धरानमा विभिन्न राजनीतिक पार्टीहरुले १३४ औं अन्तर्राष्ट्रिय दिवस मनाइरहदा केही मजदुरहरु भने काममा व्यस्त देखिएका थिए । उनीहरुलाई अन्तर्राष्ट्रिय श्रम दिवस मे १ मा पर्छ भन्ने कुरा समेत थाहा थिएन । जीवनयापन गर्नकै लागि उनीहरुले कामलाई निरन्तता दिएका थिए । धरान १५ का राज तामाङ राजमिस्त्री हुन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसमा उनी पसिना काढेर घर बनाउने काममा गारो लाउनमा व्यस्त थिए । ८ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन गर्नुपर्ने माग राखेर मजदुरहरुले प्रत्येक बर्ष मे १ तारिखका दिन अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउने गरे पनि सीमितलाई मात्र यो कुरा थाहा छ । धेरै जसोको दिनचर्या का

    • प्रकाशित मितिः वैशाख १८, २०८०
    • 808 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ठेकेदारको ढिलासुस्ती विरुद्ध सांसद सडकमा

    मोरङ/ समयमै निर्माण सम्पन्न गर्नुपर्ने भवन ठेकेदार कम्पनीले अलपत्र पारेको भन्दै प्रदेश सांसदहरुले आइतबार विराटनगरमा दुई घण्टा चक्काजाम गरेका छन् । सगरमाथा लोकमार्गअन्तर्गत पर्ने महुरे–फोक्सिङटार सडक खण्ड निर्माण व्यवसायीले निर्माण कामलाई बीचैमा छोडेर अलपत्र पारेको भन्दै उनीहरुले चक्का जाम गरेका थिए । खोटाङ प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित एमाले सांसद पाँचकर्ण राईको नेतृत्वमा आइतबार २ घण्टा सडक अवरुद्ध पारेका थिए । राइले भने ‘खोटाङको लाइफलाइनका रूपमा रहेको गाईघाट–दिक्तेल सगरमाथा राजमार्गअन्तर्गत महुरे–फोक्सिङटार सडकखण्ण्को कालोपत्रे नगरी अलपत्र रुपमा छ

    • प्रकाशित मितिः वैशाख १८, २०८०
    • 698 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पुनको आन्दोलनलाई धरानका विद्यार्थीको समर्थन

    धरान / नेपाल सरकारसँग चार बुदे माग राख्दै शुक्रबारबाट आन्दोलनरत राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनको आन्दोलनलाई धरानका युवाहरुले समर्थन जनाएका छन् । धरानको भानुचौककामा भएको कार्यक्रममा उनीहरुले पुनले राखेको माग जायज भएको भन्दै समर्थन जनाएका हुन् ।युवाहरुले भानुचौकमा कोणसभाको आयोजना समेत गरेका थिए । सुमन श्रेष्ठको संयोजकत्वमा भएको कार्यक्रममा उनीहरुले नवप्रबर्दनको लागि हरेक बर्ष १.प्रतिशत बजेट छुट्टाउने ब्यवस्था गर्नुपर्ने, उधमशिलताको विकास गर्न नवउधमीको पहिचान र प्रबर्द्धन समिति बनाउनुपर्ने, सृजनशील नेपालीले निर्माण गरेको सामानहरुलाइ थप विकास गर्न सहयोग गर्नुपर्ने लगायत लेखिएको

    • प्रकाशित मितिः वैशाख १८, २०८०
    • 757 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कानेपोखरी गाउँपालिकाको केन्द्र सारिने

    मोरङ / मोरङको कानेपोखरी गाउँपालिकाको प्रमुख प्रशासकीय भवन सहितको केन्द्र सार्ने गाउँसभाले निर्णय गरेको छ ।गाउँसभाको आज बसेको बैठकमा भएको मतदानमा २७ जनाले सार्ने पक्षमा मतदान गरे भने ७ जनाले यथास्थानमा राख्नुपर्ने पक्षमा मतदान गरेका थिए । ४ जनाको मत बदर भएको थियो । पालिकाकी अध्यक्ष राजमती इङ्नामको तर्फबाट वडा नम्बर २ का वडाध्यक्ष सुशील बुढाथोकीले गाउँसभामा पालिकाको केन्द्र पालिकाले खरिद गरेको वडा नम्बर ५ भौंसाबारीमा सार्ने प्रस्ताव गरेका थिए । उक्त प्रस्तावमा सहमति हुन नसकेपछि मतदान भएको थियो। मतदानका क्रममा २७ जनाले सार्नुपर्ने पक्षमा मत दिएको गाउँपालिकाका उपाध्यक्ष भोला अधिकारीले जानकारी दि

    • प्रकाशित मितिः वैशाख १८, २०८०
    • 840 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • भिडियो सार्वजनिक गर्ने भन्दै बलात्कार

    मोरङ / जबरजस्ती करणी गरेको आरोपमा मोरङ प्रहरीले एक जना युवालाई पक्राउ गरेको छ । विराटनगरकी एक किशोरीलाई विगत ६ बर्षदेखि ब्लाकमेलिङ गर्दै बलात्कार गरेको भन्दै मोरङ प्रहरीले विराटनगर– ६ का ३० बर्सिया मो. परिजवान अन्सारी पक्राउ गरेको हो । विराटनगरमा चश्मा पसल सञ्चालन गर्दै आएका अन्सारीले ती किशोरीलाई २०७४ सालबाट बलात्कारको भिडियो बनाएर सामाजिक सञ्जालमा पोष्ट गर्ने धम्की दिँदै बलात्कार गर्दै आएको प्रहरीको भनाई छ । अन्सारीले ती किशोरीलाई १५ वर्षको उमेरदेखि बलात्कार गर्दै आएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले जानकारी दिए । उनले भने ‘जबरजस्ती करणी गरेपछि पीडि

    • प्रकाशित मितिः वैशाख १८, २०८०
    • 761 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved