समाचार

    Showing 3,931-3,940 of 10,031 items.
  • शान्ति सुरक्षामा प्रहरीको भूमिका महत्वपूर्ण : कार्की

    विराटनगर/  विराटनगर महानगरपालिकाकी कार्यबाहक मेयर शिल्पा निराैला कार्कीले प्रदेश राजधानी विराटनगरलाई सुरक्षित राख्न नेपाल प्रहरीको भूमिका महत्वपूर्ण रहेको बताईन । ६८ औं प्रहरी दिवसका अवसरमा कोशी प्रदेश प्रहरी कार्यालयले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै कार्कीले प्रदेश राजधानी विराटनगरमा शान्ति सुरक्षा कायम गर्न प्रहरीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरिन् । राजधानी सुरक्षित भयो भने प्रदेशका अन्य स्थान पनि सुरक्षित हुने उनको भनाइ थियो । सीमित स्रोत साधनका बाबजुत पनि शान्ति सुरक्षा कायम गर्न नेपाल प्रहरीले खेलेको भूमिका महत्वपूर्ण रहेको कार्यबाहक मेयर कार्कीले बताईन । उनले

    • प्रकाशित मितिः असोज २८, २०८०
    • 633 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मन्दिर आसपासका क्षेत्रमा सरसफाई

    धरान/  नेपालीहरुको राष्ट्रिय पर्व दशै नजिकिदै जाँदा धरानको धार्मिक क्षेत्र आसपासका सडक सरसफाई शुरु भएको छ । अन्य दिनमा सरसफाई नभए पनि चाडवाड नजिकिएसँगै धरान १४ विजयपुर क्षेत्रमा रहेका सडकहरु सरसफाइ गरिएको हो । सरसफाई अभियानको अगुवाई पूर्व प्रहरी संघ धरानले गरेको छ । यसमा वहालवाला प्रहरीले समेत प्रहरीलाई सहयोग गरेको छ । धरान १४ विजयपुरमा रहेको दन्तकाली मन्दिरदेखि दुईधारेसम्म रहेका सडक आसपासमा भएका फोहोरहरु सरसफाई गरिएको हो । बहालवाला प्रहरी र पूर्व प्रहरी गरेर १ सय जनाको टोलीले सरसफाई गरको पूर्व प्रहरी संघ धरानका अध्यक्ष कालुराम राईले बताए । उनले सरसफाई अभियान निरन्तर गर्ने बताए

    • प्रकाशित मितिः असोज २८, २०८०
    • 664 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्रहरी दिवसको अवसरमा विद्यालयलाई सहयोग

    धरान/  नेपाल प्रहरी श्रीमति संघले धरान १६ मा रहेको भगवती आधारभूत विद्यालयका विद्यार्थीहरुलाई स्टेशनरी सामाग्री सहयोग गरेको छ । संघकी अध्यक्ष अजिता देवकोटा वास्तोलाको उपस्थितिमा ६८ औ प्रहरी दिवसको अवसरमा विद्यालयमा अध्ययनरत ९० जना विद्यार्थीहरुलाई प्रति विद्यार्थी एउटा व्याग, तीवटा कपी, एक प्याकेट प्यानसिल वितरण गरेको हो । प्रहरी संगठनको स्थापना २०१२ असोज ३१ गते भएको हो । संगठनको स्थापना भएकै दिन प्रहरी दिवसको रुपमा मनाउने गरिएको छ । सामाजिक कार्यमा सक्रिय यो संघले स्थापनाकालदेखि नै प्रहरी परिवारका महिलाहरुको मात्र नभएर सहाराविहीन, अशक्त, ज्येष्ठ नागरिक र निम्न आए भएका विद्यार्थीहर

    • प्रकाशित मितिः असोज २६, २०८०
    • 814 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुरक्षाका कारण विस्थापित हुने अवस्था : व्यवसायी

    धरान / नेपालीहरुको चाड दशै भित्रिसक्दा पनि व्यपारीहरुको व्यापार व्यवसाय डामाडोल भएको भन्दै उद्योगी तथा व्यवसायीहरुले निर्धक्कसँग व्यापार गर्ने वातावर तयार पारिदिन प्रशासन समक्ष माग राखेका छन् । सुनसरी उद्योग वाणिज्य संघ धरानले बुधबार संघकै कार्यकक्षमा आयोजना गरेको दशै, तिहार तथा छैठ पर्वको शुभकामना तथा चाडपर्व लक्षित सुरक्षा चुनौतिका विषयमा आयोजिक कार्यक्रममा अधिकांश व्यवसायीहरुले सुरक्षा नभएको, प्रहरी प्रशासनले अनाहकमा व्यवसायीलाई दुः ख दिएको, बैंकको व्याजदरले व्यवसायी उठ्नै नसक्ने अवस्था भएको, स्थानीय सरकार र कर कार्यालयले अनाधिकृत रुपमा कर असुली गरेको लगायतका विषयमा प्रशासन समक्ष उठाए

    • प्रकाशित मितिः असोज २५, २०८०
    • 737 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बिपीमा १ सय ४० जना चिकित्सकद्वारा सामूहिक राजीनामा

    धरान/वृत्ति विकासको माग गर्दै आन्दोलनरत धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका १ सय ४० जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन् । ७ वर्षदेखि बढुवा रोकिएको भन्दै आन्दोलनरत चिकित्सकहरूले बुधबार स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई मन्त्रालयमै भेटेर सामूहिक राजीनामा पत्र बुझाएका हुन् । चिकित्सकहरूले स्वास्थ्य मन्त्री बस्नेतलाई भेटी प्रतिष्ठानको अवस्था र चिकित्सक शिक्षकको बढुवा रोकिएको गुनासो सहित मङ्गलवार ज्ञापन पत्र बुझाएका थिए । तर आफूहरूको मागप्रति मन्त्री बस्नेत गैर जिम्मेवार बनेपछि राजीनामा दिनुपरेको प्रतिष्ठानका सहप्राध्यापक डा. एसपी रिमालले जानकारी दिए । प

    • प्रकाशित मितिः असोज २५, २०८०
    • 777 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी सरकारबारे गठबन्धनको ७ बुँदे गठबन्धन र कांग्रेसभित्र तीन दिनको टाइमलाइन

    काठमाण्डौं/  कोशी प्रदेशको राजनीतिले सत्ता गठबन्धनमा हलचल ल्याइसकेको छ । कांग्रेसभित्रकै एकले अर्कोलाई निषेध गर्ने राजनीति देखेर प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भने आजित भएका छन् । कोशीमा गठबन्धनको बहुमत छ तर एक महिनापछि विश्वासको मत लिनेबेला सभाध्यक्षले मत दिन पाउँदैनन् । एमालेले उपसभामुखलाई फेरि पनि अनुपस्थित गराउने निश्चित छ । त्यो अवस्थामा कोशी मध्यावधिमा जान्छ । मध्यावधिमा जान नदिनका लागि राप्रपालाई मुख्यमन्त्री दिने विकल्पमा अझै गठबन्धन तयार छैन । हिजो एमालेलाई प्रतिगामीसँग मिलेको आरोप लगाउने गठबन्धन आज त्यही कथित प्रतिगामी शक्ति राप्रपालाई फकाउन प्रयासरत

    • प्रकाशित मितिः असोज २५, २०८०
    • 677 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्रधानमन्त्री स्वरोजगार कार्यक्रम उद्देश्य अनुरुप प्रभावकारी भएन

    धरान/ श्रम शक्तिलाई दक्ष र व्यवसायिक बनाउदै स्वदेशमा नै रोजगारी अभिवृद्धि गर्ने उद्देश्यले नागरिकको रोजगारीको हकलाई मैलिक हकको रुपमा व्यवस्था गर्न पाँच बर्ष अगाडि शुरु गरिएको प्रधानमन्त्री स्वरोजगार कतिपय स्थानीय तहमा यो प्रभावकारी ढंगबाट सञ्चालन भएको छ भने कतिपय ठाउँमा प्रभावकारी हुन सकेको छैन । एक सय दिनलाई लक्षित गरी ल्याइएको रोजगार कार्यक्रमले निम्न आय भएका र श्रम गरेर गुजारा चलाउनेहरुलाई भने सहज बनाएको छ । नेपालको संविधानको धारा ३३ मा प्रत्येक नागरिकको रोजगारीको हकलाई मौलिक हकको रुपमा व्यवस्था गरिएको छ ।संिवधानकै धारा ५१ ले रोजगारीका सम्बन्धमा राज्यका नीति के हुने भन्ने विषयलाई स्प

    • प्रकाशित मितिः असोज २५, २०८०
    • 722 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कार्यथलो अभियानमा चालकहरुले भने : गाडी चलाएर जीवन चल्छ जस्तो लाग्न छोड्यो

    धरान/ धरान काकडभिट्टा रुटका बस चालक विकि प्रधानले मजदुरहरुले काम गरिखान सक्ने अवस्था नभएको बताए । उनले भने सडक सिमित छ तर सवारीसाधनको संख्या अत्यधिक हुँदा ट्राफिक समस्या विकराल रहेको, सडक दुर्घटनाको जोखिम तिब्र रहेको र ट्राफिक प्रहरीको असहिष्णु व्यवहार र प्रशानिक झमेलाले काम गर्न समस्या परेको बताए । प्रधानको कुरामा होमा, हो थप्दै चालक दिपक कार्कीले भने चालक भएर काम गरेको दशकौँ भयो तर, गाडी चलाएर जीवन चल्छ जस्तो लाग्न छाडेकोछ । अब त विदेश जाँउ जस्तो लागिरहेकोछ गरिखाने मजदुरलाई हेर्ने दृष्टिकोण नै गलत छ अनि विदेश नगएर के गर्नु । त्यस्तै पहाडी रुटमा लामो समयदेखि काम गरेका गोपाल थापाले भने

    • प्रकाशित मितिः असोज २४, २०८०
    • 2,038 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशीमा कांग्रेसकै सरकार बनाउन पहल

    सुनसरी/  नेपाली कांग्रेसले कोशी प्रदेशमा पुनः आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने भएको छ । मंगलबार सभापति शेरबहादुर देउवाको निवासमा बसेको शीर्ष नेताहरूको बैठकले गठबन्धनमा पहिल्यै भएको सहमति बमोजिम कांग्रेसकै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय लिएको हो । सभापति देउवाले गठबन्धनमा भएको सहमति बमोजिम कांग्रेसकै नेतृत्वमा सरकार गठन गर्नुपर्ने विषयमा अडान लिएका छन् । बैठकपछि सूचना सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले गठबन्धनमा पहिल्यै भएको सहमति बमोजिम कोशीमा कांग्रेसकै नेतृत्वमा सरकार गठनको लागि पहल गर्ने निर्णय भएको बताए । प्रदेशसभाको पहिलो दलको हिसावले मुख्

    • प्रकाशित मितिः असोज २४, २०८०
    • 561 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कर्मचारी पेन डाउनमा इलामका १० वटै पालिकाको सेवा ठप्प

    इलाम/  स्थानीय तहका कर्मचारीहरुले प्रस्तावित निजामति सेवा ऐनको मस्यौदाप्रति असन्तुष्टि जनाउँदै पेन डाउन गरेर आन्दोलनमा उत्रिएपछि कार्यलयको सेवा ठप्प भएको छ । स्थानीय तहमा कार्यरत कर्मचारीहरुको सेवा सुविधा र वृत्तिविकासको सुनिश्चितता नभएको र स्थानीय सेवाका कर्मचारीहरुलाई निजामतिको परिभाषामा नसमेटिएको भन्दै प्रस्तावित ऐनप्रति असन्तुष्टि जनाउँदै आन्दोलनमा उत्रिएपछि कार्यलयको सेवा ठप्प भएको हो । इलामका चार वटा नगरपालिका र छ वटा गाउँपालिकामा कार्यरत कर्मचारी आन्दोलनमा उत्रिएपछि अत्यावश्यक बाहेकका सबै काम ठप्प भएका छन । कर्मचारीहरुले प्रत्येक पालिकामा संघर्ष समिति बनाएरै आन्दोलनमा उत्रि

    • प्रकाशित मितिः असोज २४, २०८०
    • 651 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved