धरान / नेपाल पत्रकार महासंघ सुनसरीको पहलमा धरान १३ अमरहाटको भित्री सडक ढलान सम्पन्न भएसँगै आइतबार उद्घाटन गरिएको छ । सडकको उद्घाटन धरान उपमहानगरपालका वडा नं. १३ का वडाध्यक्ष नेत्रप्रसाद काफ्लेले एक कार्यक्रमबीच गरेका छन् । यो बाटो ५० बर्ष अगाडिको भएपनि महासंघको पहलमा तत्कालीन प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईको पालामा प्रदेश १ सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयबाट बजेट छुट्याए पनि निर्माण भने ढिलो गरि निर्माण सम्पन्ना भएको हो । नेपाल पत्रकार महासंघ सुनसरीको भवन जाने बाटो समेत पर्ने सडकको कुल लागत ९ लाख, ८३ हजार, १ रहेको छ । निर्माण सम्पन्न भएको ढलान गरकेो सो सडकको लम्बाई २२ मिटर,
मोरङ / विराटनगर –७ स्थित मेरिल्याण्ड कलेजमा आइतबार हाजिरीजवाफको आयोजना भएको छ । कक्षा – ११, १२ र विविएसका यस अघि नै कक्षागत विजय भएर फाइनलमा पुगेका विद्यार्थीहरुवीच भएको अन्तिम प्रतिस्पर्धामा कक्षा – ११ जाइ सेक्सन प्रथम, सिरिस सेक्सन द्वितिय र सुनाखरी सेक्सनले तृतीय स्थान प्राप्त गरेका थिए । प्रथम, द्वितिय र तृतीय विजयी विद्यार्थीहरुलाई मेरिल्याण्डको वार्षिक उत्सवमा पुरस्कृत गरिने मेरिल्याण्ड कलेजका प्रिन्सिपल लक्ष्मण ढकालले बताए । मेरिल्याण्ड कलेजमा पठन पाठन बाहेक विद्यार्थीहरुलाई अतिरिक्त कृयाकलाप पनि गराइने गरेको प्रिन्सिपल ढकालले बताए । मेरिल्याण्ड कलेजकी छात
इलाम / इलाम नगरपालिकाले पिउने पानीमा चर्को रकम असुल्न थालेको भन्दै विरोध सुरु भएको छ । साना सहरी खानेपानी आयोजना सम्पन्न नै भइनसकी नगरपालिकाले वितरण गरेको खानेपानीको मूल्यमा चर्को महसुल असुल्न थालेको भन्दै विरोध सुरु भएको हो । नगरपालिकाले पुरानो पाइप र धारा विस्थापित गरेर नयाँ धाराबाट पानी वितरण गरेसँगै नगरबासीले पानीको मूल्यबारे चौतर्फी विरोध थालेका छन् । पुराना धारा विस्थापित गरी गत दुई महिनादेखि नयाँ धारा मार्फत् खानेपानी वितरण गरेको नगरपालिकाले पानीको बिल काटेसँगै चर्को मूल्यको चौतर्फी आलोचना सुरु भएको हो । इलाम नगरपालिका ९ का चूडामणि खनालले मङ्सिर र पौष महिनाको खानेपानीको बिल छ हजा
धरान / धरान बास्केटवल संघको आयोजनामा फागुन ५ गते देखि हुन लागेको दोस्रो प्रदेश १ अल्फाबिटा अन्तर कलेज महिला पुरुष बास्केटबल प्रतियोगिताका प्रविधिक टिमका लागि धरान ९ स्थित मेहेर कलेक्सनले दश थान जर्सी प्रदान गरेका छन । मेहेर कलेक्सनका सञ्चालक मेहेरलाल श्रेष्ठले आइतबार आफ्नै पसलमा सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदीलाई करिव १५ हजार रुपैया वरावरको जर्सी हस्तान्तरण गरेका थिए । कलेक्सनले २०५८ साल देखि खेलकुदका सामग्री होलसेल र रिटेल गर्दै आइरहेको छ । धरान उपमहानगरपालिकाको संयोजन तथा सुनसरी बास्केटवल संघको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा प्रदेश १ बाट पुरुष तर्फ १२ टिम र महिला तर्फ ८
दुहबी / सुनसरीको दुहबी नगरपालिका विकासको आधार कृषि, उद्योग, प्रविधि, पर्यटन, खेलकुद र व्यापरको उत्थान गर्ने मुल उद्धेश्यले दुहवी नगरपालिकाके १२ औं नगरसभा दुहबी नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ ।नगरसभालाई सम्बोधन गर्दै दुहबी नगरपालिकाकी उपमेयर मेनुका पोखरेलले नगरको बिकास र समृद्धिलाई सुशासन पारदर्शिता र समुन्नतिका अधार प्रस्तुत गर्ने बताइन । नगरसभामा स्वागत मन्तव्य राख्दै प्रमुख प्रशासकीय अधिकृत राजकुमार केसीले हालसम्म भएका नगरका हरेक कार्यक्रम र प्रस्ताव सर्वसम्मत रुपमा पारित हुँदै आएकोमा कार्यपालिका र नगर सदस्यहरुलाई धन्यबाद दिए । कार्यपलिकाका सदस्यहरु, १२ वटै वडाका वडा अध्यक्षहरु सदस्यहरु
धरान / सुनसरीको धरान उपमहानगर पालिका २० लाई वेसारजोनको रुपमा विकास गरेर लाने धरान उपमहानगरपालिकाको योजना छ । सात वर्ष अगाडि त्यो क्षेत्रलाई बेसार जोन घोषणा गरिएको थियो । सुनसरी उद्योग वाणिज्य संघको सभाहलमा स्थानीय सरकार तथा व्यवसायीहरुले विष्णुपादुकालाई बेसार जोनको रुपमा विकास गर्ने योजना अगाडि सारेका थिए तर सोही अनुसार काम भने अगाडि बढ्न सकेन । साविकको विष्णुपादुका गाविस र अहिले धरान उपमहानगरपालिका वडा नं. २० विष्णुपादुका अदुवा र बेसारको बढी खेती हुने स्थानको रुपमा लिइएको छ । विष्णुपादुकामा ३ सय ५० भन्दा बढी घरधुरी रहेका छन् । बेसारमात्र एक घरले वार्षिक रुपमा ८ देखि १० क्विन्टल उत्पादन गर्छ
धनकुटा / धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले धनकुटामा खेलकुदको गतिविधिलाईलाई चलायमान बनाउँन सबै लाग्नुपर्ने बताएका छन् । उनले यसका लागि नगरमा खेलकुद गतिविधि बढाउन सम्बद्ध संघसस्थाहरुलाई आग्रह गरेका छन् । धनकुटामा सम्पन्न सहिद रामकृष्ण श्रेष्ठ अन्तर पालिका महिला फुटबल प्रतियोगिता समापन कार्यक्रममा बोल्दै मेयर तामाङले गतिविधिलाई बढाउन विभिन्न संघ संस्थालाई आग्रह गरेका छन् । मेयर तामाङले खेलकुद विकासले मात्र समग्र नगरपालिकाको विकास हुने बताउँदै खेलकुदका गतिविधि बढाएर खेल पर्यटनको विकास गर्न सकिने बताए । उनले भने–‘खेलको गतिविधिलाई बढाए मात्र खेल पर्यटनको सम्भावना हुन्छ, खेलकुद गत
विजयपुर/ तीन महिनाभित्रमा निर्माण सम्पन्न गर्ने योजना लिएर धरान १५ सेउती बगरमा रिजर्ब ट्यांक र फिल्टर निर्माणको शनिबार शिलान्यास गरिएको छ । ४६ लाख लागत अनुमान गरिएको सो ट्याङ्की निर्माणका लागि हर्क साम्पाङ सपोर्ट कमिटी युकेले ३० लाख २३ हजार ६ सय २४ रुपैया सहयोग गर्ने भएको छ । ट्याङ्कीको शिलान्यास धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई र हर्क साम्पाङ सपोर्ट कमिटी युकेका सह संयोजक प्रेम लिम्बुले संयुक्त रुपमा गरेका छन् । भालुखोलाको पानी सञ्चित गर्ने उद्देश्यले गोर्खा वेल्फेयर ट्रष्टको प्राविधिक सहयोगमा ७५ हजार लिटरको ट्याङ्की रहने मेयर साम्पाङले बताए । अपुग रकम श्रमदान तथा निर्माण
धनकुटा / खानेपानी अभाव भएको धनकुटा महालक्ष्मी नगरपालिकाका तीन वडाका नागरिकलाई अरुण नदीको पानी लिफ्टिङ गरेर खुवाइने भएको छ । संद्दीय सरकारको २० करोड लगानीमा नगरका वडा नं ५, ६ र ७ का एक हजार छ सय घरधुरीका लागि खानेपानी सञ्चालनमा आउन लागेको होे । नगरको सदरमुकाम जितपुर बजारको १६ किमी दक्षिणमा रहेको अरुण नदीबाट साढे सात किमी भर्टिकल लिफ्टिङ गरेर उक्त खानेपानी आयोजना सञ्चालनमा आउन लागेको हो । कूल लागतमध्ये १४ करोड बराबर ठेक्का भिमेश्वर आरयू मैनाली जेभी काठमाडौँले पाएको छ भने बाँकी रकमको काम उपभोक्तामार्फत हुनेछ । विसं २०७८ चैतमा सम्झौता भई निर्माणको ठेक्का पाएकोे जेभीले तोकेको समयमा काम
धरान / महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले समाजसेवा गर्ने संस्थामा राजनीति गर्नु नहुने बताएकी छन् ।मन्त्री चौधरीले नेपाल रेडक्रस सोसाइटी सुनसरी शाखाको ४८ औ जिल्ला सभाको उद्घाटनका अवसरमा बोल्ने क्रममा रेडक्रस जस्तो संवेदनशील संस्थामा राजनीति गर्नु नहुने बताएकी हुन् । मन्त्री चौधरीले रेडक्रसको केन्द्रीय कार्यालयमा अहिले गञ्जागोल भएको बताउँदै विशुद्ध सामाजिक संस्थामा लागेको यो संस्थामा यस्तो हुनु राम्रो नभएको बताइन् । उनले सामाजिक कार्यका लागि नेपाल सरकारले रेडक्रसलाई ठूलो अधिकार प्रदान गरेको बताउँदै रेडक्रसलाई ऐन, कानुनभित्र ल्याउन नसके विकराल अवस्था सिर्जना हुने बताइन् ।